जीवनी : शंकर लामिछाने

~सुरेश प्राञ्जली~suresh pranjali

आधुनिक निबन्धलेखनमा सिद्धहस्त मानिने शंकर लामिछानेले नेपाली साहित्यको जगमा असंख्य इँटा थपेका छन् । विशेषगरी नेपाली निबन्धलेखन परम्परामा भिन्न शिल्प र शैली लिएर उदाएका लामिछानेले आफू हिँड्ने बाटो आफंैले खने । नेपाली ‘नन फिक्सन’ को फाँटलाई उचाइमा पुर्‍याउने काममा उनको भूमिका अत्यन्तै उल्लेखनीय छ ।

नेपाली निबन्धमा ‘चेतनप्रवाह शैली’ -स्टि्रम अफ कन्सिअसनेस) लाई स्थापित गराउने लेखक हुन् उनी । पश्चिमा साहित्यका आधुनिक लेखक जेम्स जोयसले महाकाव्य ‘युलिसिस’ मार्फत यो शैलीलाई जसरी स्थापित गर्ने काम गरे त्यसरी नै लामिछानेले ‘एब्स्ट्रयाक्ट चिन्तन ः प्याज’ मार्फत यो ‘चेतनप्रवाह शैलीShanker Lamichhane‘ लाई अंकुराउने कार्य गरे नेपाली साहित्यमा । जीवन आफ्ना लागि भन्दा पनि अरूका लागि आदर्श भएर बाँच्नुपर्दाको पीडाले गर्दा व्यक्तिगत जीवन स्वेच्छाले बाँच्न नपाउनु नै आजको मानवको गुनासो बनेको छ । यद्यपि त्यो गुनासोलाई निबन्धशिल्पी शंकर लामिछानेले न्यूनीकरण गर्ने प्रयास गरेका छन् । हामीले भोगेको जीवन केवल अनुभूति मात्र हो ।

व्यावहारिक रूपमा सार्थक नहोला तर पनि एउटा कल्पनालाई आधार बनाएर बाँचिरहेका हुन्छौं हामी । ‘अल्बर्ट कामु’ र ‘सामुअल बेकेट’ को विसंगतवादसँग अति निकट सम्बन्ध राख्ने लामिछानेका निबन्धहरूले विश्वको परिप्रेक्ष्यमा भिन्न नेपाली स्वाद प्रवाह गरेका छन् । वस्तुलाई उनी आफ्नो अध्ययन, भोगाइ तथा व्यवहारको गाढा रंग ठान्छन् । जीवनलाई प्याजको बोक्रासँग तुलना गर्छन् । प्याजको गुदी नभेट्टाए झैं जीवनको सार भेट्टाउन नसकिने भाव व्यक्त गर्छन् उनी अर्थात् जीवन भन्नु नै रहस्य र भाव मिसिएको अनुभूति मात्र हो । उनका निबन्धमा विश्वमा बढ्दै गएको वैज्ञानिक आविस्कार एवं अनुसन्धानको प्रभाव परेको पाइन्छ । उनी आधुनिक वैज्ञानिक चिन्तनबाट प्रभावित निबन्धकार भएकाले चामत्कारिक वैज्ञानिक आविस्कार र त्यसबाट साहित्य र अन्य क्षेत्रमा पर्ने असर आफ्ना निबन्धहरूमा व्यक्त गरेका छन् । व्यक्ति शंकर लामिछानेले भोगेको जीवन नै निबन्धकार लामिछानेको जीवनको ‘पोटे्रट’ हो । जीवनप्रति नैराश्य हुँदाहुँदै पनि आदर्शजीवनको खोजी उनका निबन्धको विशेषता हो । निबन्धमा आजको पुस्ताले भोगेको र भोलिका पीँढीले भोग्नुपर्ने पीडालाई छर्लङ्ग प्रतिविम्बित गरेका छन् लामिछानेले । लेखनका अधिकांश विधामा कलम चलाए पनि लामिछानेले लेख्न सुरु गरेको उपन्यास भने अधुरो नै रह्यो । ‘गौंथलीको गुँड’ मा समेटिएका कथाहरूमा ‘अस्तित्वगत चेतना’ को आभास हुन्छ झन्डै ‘जाँ पाल सार्त्र’ लाई चुनौती दिने गरी । ‘विम्ब प्रतिविम्ब’ मा परिचयात्मक निबन्धहरू संग्रहित छन् । त्यसैगरी ‘गोधूलि संसार’ का निबन्धहरू व्यवहारवादी र जीवनवादी विषयवस्तुमा आबद्ध छन् । ‘शंकर लामिछाने’ उनको आत्मकथात्मक कृति हो जहाँ जीवन बाँच्ने क्रमका गुनासाहरू समेटिएका छन् । कवि भूपि शेरचन र भीमदर्शन रोकालाई अति निकट ठान्ने लामिछानेले आफूलाई कहिल्यै लेखक मानेनन् ।

बरु आफू ठट्टामा लेखक बनेको जिकिर गरिरहे । उनलाई आफू छिटो जन्मेकामा गुनासो रहिरह्यो । अनि प|mेन्च दार्शनिक रोलाँ बार्थले ‘दी डेथ अफ दी अथर’ को कुरा गरिरहँदा नेपाली लेखक शंकर लामिछानेले भने एक हजार वर्षपछि जन्मिने इप्सा बोकिरहे । उनले बारम्बार दोहोर्‍याइरहने वाक्य हो, ‘म एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ ।’ असलमा, उनी एक इमानदार लेखक हुन् । उनले ‘प्लेगियारिज्म्’ -साहित्यिक चोरी) को आरोप कति सहजै स्वीकार गरे । माइकल कर्वीको लेखमा आधारित भनी लेखिएको ‘आभा गार्देको सौन्दर्यशास्त्र’ नामक लेखउपर कुमुदिनीले तेर्साएको तगाराले उनको लेखनयात्रामा पूर्णविराम लगाइदियो । तर अफसोच ! कुमुदिनीको हुन् ? हालसम्म बाहिर आउन सकेकी छैनन् ! -यस्ता महान् लेखकको यात्रालाई बर्जित तुल्याउने वास्तविक कुमुदिनीसँग एकपटक भेट गर्ने ठूलो धोको छ मेरो, खुल्ला आह्वान पनि हो यो ।) विसं १९८४ साल चैतमा जन्मेका यी महान् लेखकको मृत्यु मेनेन्जाइटिजका कारण २०३२ माघ १० गते भयो । ‘के गरे देखिन् मैले ठीक हुन्छ ?’ भन्दै एकदिन देवकोटाकामा पुगेका थिए उनी र त्यसदिन महाकवि देवकोटाले ‘रिपिटिसन अफ वर्क अन दी सेम लाइन ह्याज नो मिनिङ’ भनेपछि लामिछाने आफ्नै पृथक् बाटो पैलाउन लागिपरेका थिए । जुन बाटाले आज पनि अझ बढी फराकिलो भएर सबै लेखकलाई हिँडाइरहेको छ ।

सुरेश प्राञ्जली

(स्रोत : Synergyfm)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in स्रष्टा जीवनी and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.