तीम्रो एउटा-‘आदेश’ मा
हजार मरेको रात,
अनी
तीम्रो एउटा ‘सपना’ को लागी
टूहूरा-टूहूरी को साथ
कती चाडो-भूल्यौ तीमीले
बीधूवा को रीत्तो-‘सीउडो’
र
भरी-भरी ‘सपना’ |
हासी-हासी दीएको ‘बलीदान’
र
घाइते सपना को ‘पहीचान’
आज,
रोइ-रोइ मागनू पर्छ भने
महाशय !
की लाश देउ-थवाङ्गे ‘मगर’ को
की आश देउ-रोल्पाली ‘रहर’ को
र,
फीर्त़ा लेउ हाम्रो
मूरी-मूरी ‘रगत’ |
मूटू मा-‘आणबीक’ बोकेर
ज्वालामूखी को-‘लाभा’झैै
नाचनू को पीडा
आजकल,
आफ्नै – आगन ले ‘बाङ्ग्गो’ देखछ
अनी
हत्केला को मूटू ले पनी-प्रश्न गर्छ
महाशय !
म,
‘मगज’ लाई सम्झाउन सकीन
म,
‘मूटू’ लाई बूझाउन सकीन
म हारे आफ्नै ‘माटो’ संग |
आशा ले-‘आत्महत्या’ गरेपछी
जीउदो तीम्रो-‘रूप’
र,
मूर्दा हाम्रो-‘रहर’
रगत को खोला तरे पछी
तीमीले बीर्से को-‘लौरो’
हो त्यही -लौरो
पून एकपटक-‘टाउको’ को खोजी मा छ
तर
माफ गर महाशय !
यसपटक-मूल्य टोकीदैन |
016/011/013
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )