खोलापरि हरियो कलकलाउँदो घाँस उम्रेको देखेर एउटा बोकालाई लोभ लाग्यो । तर ऊ खोला तरेर परि जान सक्तैनथ्यो । उसले एउटा उपाय सोच्यो ।
खोलाको तिरैमा एउटा सुरिलो रुख थियो । रुख मुन्तिर मुसाको परिवार बस्थ्यो । बोकाले मुसालाई भन्यो, “मुसा भाइ, मलाई एउटा गुन लाउनु पर्यो । तिमीहरु जुन रुखको जरामा बसेका छौ त्यो रुखको जरा खनेर त्यसलाई खोलामाथि पल्टाइ दियौ भने म त्यसमाथि चढेर खोलापारि गएर हरिया घाँस खान पाउँछु । तिमीहरुले पनि खोलापारि गएर घाँसका पोटिला बिउ खान पाउँछौ ।”
मुसाले भन्यो, “दढीवाल दाइ, यो काम हामीबाट हुँदैन, किन भने आफू बसेको आफै भत्काउनु बुद्धिमानी होइन ।”
बोका निराश भयो । त्यो साल त्यत्तिकै बित्यो ।
अर्को वर्षत्यो रुखको हाँगामा चिलले गुड बनायो, फुल पार्यो र चल्ला काढयो । माउ चिलले रुखको फेँदमा बस्ने मुसाहरुलाई पालैपालो मारेर आफ्जा चल्लालाई ख्वाउन थाल्यो । मुसाहरु रिसले चूर भए । उनीहरुले रुखको वरिपरि खाल्टो खन्न थाले । रुख ढलेर चिलको गुँड भत्क्यो । चल्लाहरुको ललह बिलह भयो ।
ढलेको रुखको टुप्पाले खोलापारिको बगरमा टेकेको देखेर बोका मख्ख पर्यो । ऊ दिनदिनै रुखको पुलमाथिबाट खोलापारि गएर हरिया घाँस खान थाल्यो र निक्कै मोटायो ।
(स्रोत : Binaya Kasajoo’s Blog)