~सुरज सोडारी ‘अज्ञात’~
मैले बाँचेको युग जहाँ,
गर्भिणिँले हस्पिटलको साटोमा
पानी पँधेरो , मेला-पातमा गर्बशाया गर्छिन्
पहाडको बैंश
अरब मलायामा सेताम्मे फुल्छ
रातो पासपोर्ट लिएर उडेको
मदनको भेट मुना संग अन्तिम चोटि
त्रीभुवान बिमानास्थलबाट ओर्लिएपछि
सिधै डाइसेक्सन रुममा डि.एन.ए र पोस्टमार्टम पछी हुन्छ
र कलीला आशाहरुले रंगिन सपनाको औपचारिक दाहासंस्कार गर्छन
मैले बाँचेको युग जहाँ,
ढिकि जाँतोले आधुनिकतालाई चुनौती दिन्छ
पहराबाट लडेर कयौं भाँचिन्छन
पहाडका हात-खुट्टाहरु
र यहाँ सिकारी लहराले
प्लास्टर अफ पेरिसको काम गर्छ
यहिँ बाट जान्छन
राता- रात यर्शागुम्वा, चिरैतो र अँलेचि
तर कहिल्यै फर्कन जानेन
खोटो सिक्कामा आदान-प्रदान हुने
सिटामोलका ट्याबलेटहरु
यहिँ त होनि
टाईफाइड सहिदहरु
शोक योद्दाहरुको प्रेरणा र नियाती छन्
मेरो युग जहाँ,
भरियाले बोकिदिएका आयोडिनले
मेरो युगलाई पोलियो हुनबाट बचाउँछ
छन त छन यहाँ
सोर बर्शे युबती झैं माधकता
सुन्दर र सौम्या संस्कार्,
हिमालको मुस्कान्,
काफल चरिको गित,
झर्नाको सुसेलि,
जहाँ सेक्सपीएरका रोमियो जुलिएट हराउन सक्छन्
राता-रात जन्मिन सक्छन
हेमिङवेका महाकाब्या
तर यहाँ हिँउ खाएर बाँच्न सकिन्न
कोदो फल्दैन ढुङ्गामा
कोशी पिएर जुनि कट्दैन
सबैले सोचे जस्तो
राजा महाराजाको सामन्ति ईलाका
बिल्कुल होईन मेरो पहाड्
अझै पनि छ हावाईजहाजले बोक्न नसकेको
सुदुर पश्चिमको भोक,
बारुदको गन्ध ,
बन्दुक र नालहरुका डाम्,
चिच्याहट , रोदन र आक्रान्त छ
सायाद तिमीले जे देख्यौ त्यै भन्यौ
जुन काठमाण्डौका आँखिझ्याल बाट देखिन्छ
पहाड केवल काठमाण्डौ होईन
– सुरज सोडारी “अज्ञात”
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )