~कोमल पौडेल~
एका देशमा एउटा गरीब देशको डाक्टरले बिदेशमा गएर पढ्न भनेर हिडेछ रे । त्यो धेरै टाढाको देशमा खुशी हुँदै ठुलो ज्ञान प्राप्त गर्ने भए भनेर अघोर खुशी हुँदै कलेज भर्ना भएछ । त्यो पढ्ने ठाउमा बेला बेलामा भुत आएर उसलाई तर्साउने रहेछ । यस्तो अति राम्रो देशमा पनि कहाँबाट भुत आउने उसलाई त विस्वास नै लागेनछ । कहिले भुत कक्षाको साथी भनेर कहिले भुत शिक्षक भनेर आउने रहेछ रे । उसलाई भुत र मान्छे छुट्याउन बहुत मुस्किल परेछ ।
भुत बेला बेलामा मान्छे भन्दा असल भएर प्रस्तुत हुने रहेछ । जनतन पढाइ सकेछ अनि एउटा अस्पतालमा काम गर्न लागेछ । डाक्टर बिचरा अति इमान्दार्, सोझो, मेहनती रहेछ । खुब दुखसँग काम त गर्दोरहिछ तर भुतले पछ्याउन छोड्छ भन्ने उसको ठुलो आशा चकनाचुर भएछ त्यो अस्पताल त झन भुतको अस्पताल पो रहेछ । त्यहाँ काम गर्ने पनि भुत्, आउने बिरामी पनि भुत्, पाउना आउने पनि भुत्, कही मान्छे आए भने भुतले छलेर भुतै भैहाल्ने रहेछन । उपचार गर्न लाग्दा बिरामी पनि भुत भएर तर्साउने रहेछन । उसको घरमा पनि आएर रातभर भुतले सताउन थालेछन । कहिले घाटी कोपर्ने कहिले पेट छेड्दिने कहिले गर्दन छेड्दिने भुतलाई जे गरेर दुष्ट मन शान्त हुन्थ्यो त्यही गर्थे ।
कहिले मेरुदण्डमा रोप्थे, कहिले गर्दनबाट छेद्थे, कहिले कलेजोमा त कहिले मुटुमा घोज्थे । कहिले नरम्ररी तर्साउने सातोपुत्लो खाएछन । उ त बिचरा काडै काडामा धारिलो हातीयारमा टेकेर हिडेको जस्तो लाग्न थालेछ । बसमा, रेलमा पसलमा बील तिर्ने ठाउहरुमा जताततै भुतले सताउन थालेछ । अब यो नदेखिने भुतको कुनै उपाए छैन । सानो हुँदा नदेखिने गरी दुख दिने काम भुतले गर्छ भन्ने कथा सुनाउनुहुन्थ्यो बुवा आमाले यस्तो पो हुदोरहेछ भन्दइ डाक्टरले सोच्ने रहेछ । तर उम्कने केही उपाए पाएन न भुतका लागी न्यायालय छ न त पुलिस नै भुतका लागी कानुन पनि छैन सजाय पनि छैन । जे मन लाग्छ त्यही गर्दै हिड्छ र मान्छेलाई दुख दिन्छ यो मान्छेले हारेको अवस्था हो भन्दइ चित्त बुझाउन त खोज्छ तर जब पछी लागे पछी भुतले हैरान पार्ने रहेछ ।
फेरी जती धेरै मान्छेलाई सतायो त्यती धेरै भुतको नाइकेले सुबिधा र रकम दिने रहेछ त्यसैले बिचरा असल मान्छेलाई सताउने भुत जताततै सलबलाउने रहेछन । बौद्दिक र असल मान्छेलाई अझ बढी हैरान पार्दो रहेछ किनकी भुतले जितेर बस्न चाहन्छ । भुतले छलेर त्यो टापुमा कोही अपाङ्ग भएका रहेछन कोही असममै मृत्यु वरण गर्न बाध्य भएका रहेछन । सन्सार नै भुतको हो जस्तो लागेछ । जहाँ पुग्दा पनि भुतले पछ्याउन थालेछ । यस्तो सुन्दर मानव जीवन भुतलाई पो सुम्पेछन भन्दइ भुतबाट मुक्ती पाउने उपाए खोज्दै थिए ।
एक दिन भुतको बैठक रहेछ नाइके कहाँ कती जना मान्छेलाई छलिरहेकाछौ । र उनीहरु के के गर्छन किन छल्न आवस्यक परो रु भन्दइ भुतको बैठक बसेर छलफल गरेछन ।
उनीहरु त जङल्मा बाग जस्तै ठान्थे त्यो टापुमा आफुलाई । मान्छे त उनीहरुका दास जस्तै थिए जे लगायो त्यही गर्थे नगरे भुतले छलिहाल्थ्यो । रिपोर्ट बुझाउदै जादा त्यो डाक्टरको पालो आएछ । एउटा भुतको क्षत्रीय नाइके जुरुक्क उठेछ र भनेछ यो डाक्टरलाई किन छलियो रु त्यती आवस्यक लागेन । एउटाले टाउको कनाउँदै भनेछ भविश्यमा खतरा हुनसक्छ । तर त्यस्तो खतरा होला जस्तो नियत त देखिएको छैन भन्दइ अर्कोले थपेछ । डाक्टरलाई छल्न नपाए अरु धेरैको सुबिधा कटिने भयो भनेर केही निराश भएछन । भुतको नाइके एकछिन मौन रह्यो र सोच्यो अनि डाक्टरको रिपोर्ट पढ्यो । अहिलेलाई यो डाक्टरलाई नछल्ने तर नीगरानीमा राख्ने । यो मान्छे निर्दोष देखिन्छ । अहिलेलाई छल्ने र सताउने नगर्ने भन्ने भुतको बैठकले निणय गरेछ । बिचरा लामो समय देखी छलेर सताइएको डाक्टर जनतन लतृरहेकोथियो भुतले दिन सम्म दुख दिएछ। तर्साउन सम्म तर्साएछ। भुतले पनि एक दिन न्याय गर्ने रहेछ डाक्टरले भुतबाट न्याय पायो । डाक्टर त्यही टापुमा सहज तरिकाले भुत र मान्छेको सेवा गर्दै बस्न सक्ने भएछ । भुतबाट मुक्ति पाएपछी सेवा दिने क्षमतामा पनि बृद्दी भएछ ।
कोमल पौडेल
कार्तिक २६, २०७२
हेल्सिन्कि, फिन्ल्याण्ड
(स्रोत : DCNEPAL)