कथा : म,कथा र अनिकास

~मनि राई ‘गोठाले’~Min Rai 'Gothale'

बर्षा राम्रोसंग निख्रीसकेको थिएन । बोटविरुवाको पातपातबाट सावनको थोपा तप्कदैथ्यो । मुबारले नौलो जनवाद र रीन्नीको सफल शल्यकृयाकाे कामना गर्दै बिहानैबाट अहिलेसम्म ४ चिलीम हुक्का गुडगुडाईसकेथ्यो । उ रीन्नीलाई बेहद प्रेम गर्छ । उसको रीन्नी प्रतीको प्रेम बडो अनौठो छ । रीन्नीलाई पनि त त्यस्तै अडबाङ्गे प्रवृृतीको मान्छे मनपर्छ नी । यो कुरा मुबारलाई थाहा छ । प्रेममा पनि जनवाद हुन्छ । एकदमै पृथक जनवाद । जुन पृथक जनवादको एउटा अभियान मुबार र रीन्नीबीच केही महिना अगाडि एउटा होटलको कोठामा भव्यताका साथ सुसम्पन्न भएकोथ्यो । त्यसको केही ब्याकफ्लासहरु मुबारको मनभित्र मडारिन्छ र मुबार कल्पनाको शुन्य मेगाओममा पुगेर एकाेहोरिन्छ ।

यो तिम्रो लुगा अस्ति फोटो खिच्दा लगाएको लुगा होईन र ?

हो त ।

सुहाएको छ तिमीलाई यसले । तिम्रो हात र आँखाहरु कति सुन्दर छ । म चलाईरहुँ यसलाई ?

रीन्नीले मुबारको दुवै हातमा च्याप्प सामाती र भनी । कति गर्मि छ नी ? यै बेला करेन्ट पनि जानुपर्ने ।

रीन्नी ढल्किन्छे बिस्तरामा बिस्तारै र मुबारलाई अपिलको नजरले हेर्छिन । मुबारले पनि रीन्नीलाई सम्मानपूर्वक हेर्छ । त्यो बीचमा…………………?

वस्तुस्थितीलाई न्युनतम बुझाईले बुझदा पनि – लु अब सकियो, वा सकिन्छ – भन्ने आममान्छेको धारणा रहन्छ त्यो बेला । के,केवल यतिनै छ ? मान्छेको विचार विचरण गर्ने गोरेटो,घोरेटो ? यती असहज र संकुचित विचारको यात्रा ? गन्तब्य ? रीन्नी मुबारको खकुलो बाहुबन्धनमा छ । रीन्नीको प्राय नयन,हातका औंलाहरु र अधरमा मुबारको हात कपासकाे तुलनामा बिस्तारै बिस्तारै अवतरण हुन्छ ।

मुबारले एकपल्ट यसो पनी भन्यो,- तिम्रो छाँती माथिको यो बटम खोल न ।

केही बटम थियो रीन्नीले लगाएको छोटो भिगला कुर्तामा । रीन्नीले माथिल्लो बटम खोल्नसाथ मुबारले अगाडि बढाईसकेको आफ्नो हात पछाडि तान्दै यसो भन्यो,-आ………… होस् , म यो रुपलाई बिगार्न चहान्न ।

रुप ? कस्तो रुप ? के को रुप ? प्रेमकाे पनि रुप हुन्छ । बिना श्रृङगारीक रुप । निश्कलंक मनको विम्वमा यो देखिन्छ र यसले महान सुन्दरताको प्रत्याभूति दिन्छ । नारीहरु जीवनमा सबैभन्दा धेरै,सबैभन्दा एकैपल्ट धेरै त्यो बेला खुसी हुन्छ, जब उनीहरु कुनै सृजनशिल विचार र शुभेच्छाको सरोवरमा डुबुल्कि मारेको हुन्छ र उनीहरु त्यो बेला जीवनमा प्रथमपल्ट गर्भवती भएकी हुन्छ । त्यो भन्दा यताको,त्यो जतिको होईन र सब त्यो भन्दा निरर्थक हो । त्यो होटलको बन्द कोठामा एउटा अपत्यारीलो अवस्थाबाट मुबार र रीन्नी बाहिरीन्छ । त्यहाँ त्यो भएन । जुन कुरा मान्छेहरुले पत्याउँदैन त्यो भएन भनेर । तर शाश्वत सत्य बाहिरको मान्छेहरुले नपत्याएको कुरा चैं होईन ।

मोबाईलको रिङ बज्दा मुबार झस्केर वर्तमानमा आउँछ । गर्भनरले थप एक चिलीम हुक्का मुबारको अघाडि राखेर उ टि.भी सिरीयलमा पुगिसकेकी हुन्छे ।

हेलाे…………..।

हेलो…………..।

दाई नमस्कार ,

हुन्छ ,हुन्छ , म आउँछु ।

अँ…………अँ………..। अस्पतालको नाम पिकअभियान । ठाँउ चैं मनकोलनी ।

ल ल वाई र एस.के ।

रीन्नी र मुबारको त्यो क्षणिक भेटले त्यो वातावरणमा शनिबार १२ वैशाख २०७२ ल्याउँछ ,तर मानव सद्भावको । त्याे बुद्दमार्गी असहज परिस्थितीमा सबैको मनभित्र एउटा प्रश्नवाचक संकेत चैं देखापर्छ की, आखिरी के ? कसरी ? किन ? कुन ? के भएर ? को ? आदि ईत्यादी ।

साँच्चै प्रेम भन्ने कुरा कति शक्तिशाली । अल्पमत, बहुमत दुबैलाई यसले सरल, साम्य र अमुक बनाउँछ । पिकअभियानबाट फर्केपछि त्यो रातभर मुबारले रीन्नीको सफल शल्यकृयाको निम्ति प्रार्थना गरिरह्यो । अहिले वर्षात पूर्ण थामिसकेको छ, र बोटविरुवाको पातहरु पनि ओभानो देखिन्छ । अलकत्रे सडकमा पातुलो तहको रुपमा बगेको पानीको फिँजिन्दो त रंङ्गमा मान्छेहरु र सवारीसाधनहरुको विम्व अष्टबक्र भएर विग्रदै,तन्किदै मुबारको झ्यालको उघारीएको पल्लापटि आएको छ । पिकअभियान मनकोलनीको कुरा उप्काउँदै रीन्नीले फोनमा मुबारलाई यसो भनेकी थिई,- तपाईलाई त्यहाँ एकपल्ट छुन कस्तो मन लागेकोथ्यो मलाई त ।

यै चहान्थ्यो मुबारको पनि । मन र आकृती मिल्दैन मान्छेको । स्विकारोक्तिभावमा शिर हल्लाए पनि प्रतिकुल मन त सहजै भाँप्न सक्छ यै लिलामय मनले । रीन्नी मनकोलनी पिकअभियानबाट विदा भएर गाँउ गई । मुबार यही छोडिए को छ । आखिरी के चहान्छ मनले ? मनले की देहले ? मनले मागेको कुरा पूर्ण गराउने पनि देहले नै त हो । अनि देहले मागेको कुरा पूर्ण गराउने पनि त मनै त हो । यति हुँदाहुँदै पनि मन र देहको किन छैन सामाञ्जस्ता ? मुबार पनि आफुसंग आफै अनुत्तरीत छ । उसलाई आफुसंगै घृणा लाग्यो । उहाँको त्यो कति निर्दोष आँखा थियो । ईश्वरीय प्रगाढ आतिथ्य सत्कार थियो त्यो उहाँसंगको प्रथम भेटमा । अब के यसैको शैयामा हामी दुई चैं छदम् प्रेमको प्रेममयी खेल खेलौं त ?

गर्भनरले पल्लो कोठाबाट कराएर सोधी,- ठुलो बाबा, अर्को चिलीम भरिदीउँ ?

लेन त ले ।

मुबारको सानो कोठा धुँवामय भयो र हुक्काको गडगडाहट्ले गुञ्जियो । तर उसको मनमा रीन्नी छदैथ्यो । र कोठाको शुन्य आयतनमा रुमलिएको धुँवाहरुमा बिस्तारै बिस्तारै रीन्नीकै मुखाराबिन्दको प्रतिविम्व बन्दैथ्यो ।

२१ श्रावण २०७२ काठमाण्डौं

(स्रोत : Dainikpost)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.