कथा : नयाँ चलन

~इस्माली ~Ismali

सक्कली ब्याघ्रचर्म बैठक कोठामा सजाउँ भन्ने उसको निकै पुरानो धोको हो तर जड्डल पातलिंदै गएकोले बाघहरू पनि लोप हुँदा थिए । त्यसैले उसको इच्छा अधुरै रहिरहेको थियो । यसपालि उसले विश्वस्त सूत्रबाट थाहा पाएथ्यो कि त्यस क्षेत्रमा एउटी बघिनी अचेल आएकीले दुएक बाघहरू पनि रम्यक्रीडाका लागि आक्कल–झुक्कल देखिने गरेका थिए । त्यसैले ऊ क्याम्पफायर गर्ने गरी गोलीगठ्ठासहित सदलबल आएको थियो । सुरक्षाका लागि अग्लो मचान कम टहरा बनाएका थिए उनीहरूले र तम्तयार अवस्थामा बन्दुक सोझ्याएर बसेको थियो ऊ । अकस्मात् बघिनीलाई खेद्दै कुदेको बाघमाथि उसको नजर प¥यो र हतपत्त निशाना साधेर ट्रिगर थिचिहाल्यो उसले । ‘ड्याड्ड …, ड्याड्ड … रटटट्ट् .. गोली वर्षे असिना वर्षेझैं । नीरव–निर्जन वन थर्कियो । चराचुरुड्डीको चिरबिर बढ्यो ।

‘क्वाइँssय … ⁄ क्वाइँssय … ⁄⁄’

सुनेर ऊ पनि झस्क्यो– सदलबल । आवाज अर्को दिशाबाट आएको थियो र नजिकिएझैं भान हुन्थ्यो । आवाजसँगै नजिकै सुकेका पातहरूको स¥याक–सुरुक र च¥यामचुरुम पनि सुनियो । कान टाठा र आँखा चनाखा पार्दैै ऊ बन्दुक ताकेर सावधान सतर्क भयो । उसले देख्यो– केही जगंली हात्तीहरूले अगुवाइ गर्दै एउटा सिंगारिएको हात्तीलाई त्यतै ल्याउँदै थिए । सिँगारिएको हात्तीलाई बीचमा पारेर ठूलासाना हात्तीहरू पंक्तिबद्ध भई त्यतै आइरहेका थिए । राज्य सरकारद्वारा विशिष्ट व्यक्ति र राजकीय पाहुनाहरूलाई सम्मान, सुरक्षा र खातिरदारी दर्शाउन गरिने स्कर्टिङ गरेझैं जस्तै गरी हात्तीहरू त्यतै लस्किरहेका थिए । सिंगारिएको हात्तीमाथि हौदा पनि कसिएको थियो, एकदम आरामदायी हौदा । त्यसमाथि छतरी पनि ठडिएको थियो । मचान नजिक आइपुग्नासाथ अगाडिपट्टिबाट अगुवाइ गरिरहेका हात्तीहरू छेउ लागे । सिँगारिएको हात्ती अगाडि बढ्यो । त्यो त ऐरावत रहेछ । दरबारको हात्तीसारको ऐरावत । ऐरावतबारे थुप्रै रोमाञ्चक र साहसिक किस्साहरू लोकमा प्रचलित थियो । त्यसैले ऊ झन् विस्मित भयो । उसको दलबलमा पनि त्राहिमाम् मच्चियो । सबका हंसले ठाउँ छोडे जस्तो भयो । तर ऊ त ठहरियो क्षत्री । हिम्मत हौसला गुमाउनु भएन । त्यसैले बडो धैर्यसाथ बन्दुक तानेर उभिइरह्यो उनीहरूलाई आश्वस्त पार्दै ।

‘क्वाइँssय … ⁄ क्वाइँssय … ⁄⁄’को मधुर गर्जनसहित अगाडिको दुवै खुट्टा उचाल्दै पछिल्लो खुट्टाको आडमा मात्र निमेषभर उभियो ऐरावत । लामो सुँडलाई हावामा गोलाकार घुमायो एकपटक र सुँडबाट पानीको फोहोरा निकालेर अभिषेक गरेझैंको शैलीमा मचानमा रहेका तिनीहरूलाई अभिषेक ग-यो । पछिल्लो हात्तीले राता फूलहरू फुलेको एउटा हाँगो भाँचेर ल्यायो र सिँगारिएको हात्तीलाई दियो । ऐरावतले सुँडको टुप्पोले हाँगाका फूलहरू थुतेर उनीहरू भएतिर हु-र्यायो र त्यसपछि मचानको परिक्रमा गर्न लाग्यो । अरू हात्तीहरू पनि त्यसका पछि पछि लागे । पाँचपटक परिक्रमा गरिसकेपछि अरू हात्तीहरू छेउ लागे र साबिकैका ठाउँमा उभिए तर ऐरावतले चाहिं फेरि पहिलेझैं पछिल्ला दुई टाँगका बलमा उभिएर अभिवादन ग-यो अनि ठ्याक्क मचानमुनि ठिड्ड उभियो । हात्तीको यो क्रीडा देखेर दलबदलका अन्य सदस्यहरू त अचम्म मानिरहेकै थिए तर ऊ पनि कम विस्मित थिएन । हात्तीहरूको क्रियाकलाप र अभिनय देख्दा उसले झट्ट सरकसका हात्तीहरू सम्झ्यो । बैंशालु उमेरमा हेरेको हिन्दी फिलिम ‘हाथी मेरा साथी’ पनि सम्झ्यो उसले । यी हात्तीहरूले त्यो फिलिम हेरेका थिए वा यिनको व्यवहारबाट प्रेरित भएर त्यो फिलिम बनेको थियो, त्यो निक्र्योल गर्नपट्टि ऊ लाग्दैलागेन । सरकसका हात्ती ती थिंदै थिएनन् तर दरबारको हात्तीसारमा बस्ने हात्ती भएकोले ऐरावतमा त्यस्तो विशिष्टता हुनुलाई उसले स्वाभाविकै ठान्यो । हात्तीको व्यवहारले उसलाई झट्ट आनी मैंयाहरूले माघ महिनामा सुन्ने गरेको स्वस्थानी ब्रतकथाको सम्झना गरायो । नवराज नामधारी गरिब ब्राम्हणलाई हात्तीले अभिषेक गरी लावण्य देशको राजा बनाइदिएको कुरो सम्झ्यो उसले । पत्नीले स्वस्थानी ब्रत लिइदिएकीले त्यसको प्रतापले नवराज राजा बन्यो भने उसकी मैयाँले पनि सालिन्दा स्वस्थानी ब्रत लिएर नियमनिष्ठापूर्वक शालीनदीमा पूजाआजा गर्ने गरेकी छ । यो सब त्यसैको सुखद परिणाम हुनसक्छ । पोहोरै पनि शिवरात्रीका बेला राजवाडबाट आएको सिद्ध जोगीले उसलाई देख्नासाथ राजयोग परेको छ, बहुतै उच्च ओहोदाको सम्मान मिल्नेछ भनेको थियो । अब भने उसलाई हात्तीक्रीडाको अर्थ लाग्न थालेजस्तै भयो ।

‘क्वाइँssय ….. क्वाइँssय ….’ गर्दै ऐरावत फेरि लाडिलो स्वरमा करायो । सुँड उसका निकट पु¥यायो । उसले सुँड सुम्सुम्याइदियो । ऐरावतले सुँडको मुखले हौदातिर संकेत ग¥यो । शायद ‘हौदामा बस’ भनेको हुनसक्छ भन्ठान्यो उसले । संभवतः ऐरावत स्वस्थानीकथाको झंै नवराजको खोजीमा आएको हुनसक्छ, तर … ⁄ सोच्दासोच्दै द्विविधामा प-यो र अनि ‘जे त होला’ भन्ठान्दै आना दलकाहरूसँग भन्यो, “यसले मलाई लान खोेजेजस्तो छ । म हौदामा बस्छु । मिलेसम्म तिमीहरू पनि बस्नु तर जोरजबर्जस्ती नगर्नू । हामीले ऐरावतका इच्छाअनुसार चल्नुपर्दछ ।”

दलका सदस्यहरूले नाइँनास्ती गर्ने कुरै थिएन, सहमति जनाए ।

ऊ सरक्क मचानबाट ओल्र्यो । ‘के हो ? कसो हो ?’ भन्ठानेर ऊ बन्दुक भिरेरै ओल्र्यो । ‘विना बन्दुक क्षत्रिय र शिकारीको काँध शोभा दिंदैनन्’ भन्ने स्वर्गीय जिज्युबुबाज्यूको महावाणी पनि सम्झ्यो उसले र ऐरावतका पिठ्यूँमा कसिएको हौदामा सरक्क बस्यो ऊ । अरूहरू पनि चढ्न खोज्दै थिए, सुँडले छेक्दै आपत्ति जनायो ऐरावतले र जुरुक्क उठिहाल्यो । ‘तिमीहरू आनै बन्दोबस्तले आऊ’ मात्र भन्न भ्यायो उसले ।

प्रफुल्ल मुद्रामा कान हल्लाउँदै सुँड नचलाउँदै ऐरावत अगाडि लम्क्यो । अरू हात्तीहरू फेरि अघिकै झैं स्कर्टिङ गर्दै लम्के अगाडि पछाडि । आरण्यक क्षेत्र समाप्त भएपछि केही हात्तीहरू स्कर्टिङ पंक्ति छाडेर सरक्क छेउ लागे । अब ऐरावतका अघिल्तिर दुई र पछिल्तिर दुई हात्तीहरू मात्र थिए । अब यी हात्तीहरू राजमार्गमा पुगे । साँघुरो राजमार्ग, तुरुन्तै ट्राफिक जाम भइहाल्यो सडकमा विना माहुते हात्तीको सवारी । बीचमा हौदामाथि ऊ एक्लै बसेथ्यो, छत्तरी ओढेर । राजमार्गका दुवै किनारमा नरनारीहरूको पटेर लस्कर कौतूहलपूर्ण मुद्रामा शोकाकूल उभिएझैं लाग्थे । ठाउँ ठाउँमा सौभाग्यवती गृहलक्ष्मीहरू हातमा नैवेद्य–प्रसादसमेत पूजाका थाली लिई बसेथे र परैबाट फूलअछेता पर्सेर पूजा गर्दथे, मस्तक नुहाएर ढोग गर्दथे । हात्तीले सुँड लम्काएको छ भने प्रसादको दुनो–बोहोतो पनि अर्पण गर्दथे भने कतिपय ठाउँमा त युवायुवतीहरूले उसलाई देख्नासाथ मुन्टो बटारेथे र ‘यस्तालाई पो राजा मान्नुपर्ने ⁄’ भन्दै खिसीट्युरी गरेथे । ‘एक मन त बजियाबजिनीहरूलाई सुइँक्याइदिऊँ कि’ जस्तो नि लागिरहेथ्यो उसलाई तर ‘जोशमा होश गर्नू’ भन्ने सद्वचन सम्झेर बल्लतल्ल सम्हालेथ्यो आफैंलाई । दिनभरिको बाटो हिँडाएर अपरान्हतिर ती पञ्चगजहरूले उसलाई एउटा ठूलो दरबारमा पु-याएथे । दरबारमा पण्डित–पुरोहितहरू पहिल्यैदेखि स्वस्तिशान्ति र यज्ञहवन आदि गर्दै थिए । उसलाई देखेपछि उनीहरूको अनुहारमा कान्ति छाएझैं देख्यो उसले तर प्रकटमा केही बोलेन ऊ । उनीहरूको क्रियाकर्म, यज्ञहवन हेरिरह्यो । ‘भाग्य मेरो चम्केकै हो’ भन्ठान्यो मनमनै ।

संभवतः सम्पूर्ण विधिविधान सम्पन्न गरिसकेपछि उसलाई मुकुट लाइदिने उपक्रम गर्दै तिनीहरूले सोधे, “आजदेखि हजुर यस देशको राजा बन्नु हुनेछ । ऐरावतले हजुरलाई राजाको रूपमा छनोट गरेर हामीउपर ठूलो गुन लाएको छ । यस राज्यको चलनअनुसार अब उप्रान्त यो राज्य हजुरको र हजुर यस राज्यको हुनुहुनेछ । भन्नुस् हजुरलाई मञ्जुर छ यो कुरो ?”

“गुरु, यो सब के भैरहेको छ । म त एकदम अनभिज्ञ छु । सविस्तार बताउनुस्” उसले अज्ञेयता जाहेर गर्दै सोध्यो ।

उनीहरूले सबै कुरो बताए र ऐरावतले उसलाई राजाको रूपमा छनोट गरिसकेकाले त्यसमा स्वीकृतिका लागि अनुरोध गर्दै फेरि सोधे, “हजुरलाई मञ्जुर छ त ?” सोध्ने व्यक्ति पुरोहितहरूमध्येको मूल व्यक्ति हुँदो हो ।

धेरैथोक स्वस्थानी ब्रतकथाको पोस्तकमा वर्णन गरेजस्तै भएको थियो । लावण्य देशमा झैं त्यस देशमा पनि राजा चाहिएको रहेछ । हुन त ऊ पनि निपुण, देश–देशावर पनि घुमको–देखेको तर आफू समेत सम्पूर्ण देशवासीहरू अचानक टुहुरा बनिसकेको कुरोबाट अनभिज्ञ थियो ऊ । कति दुर्भाग्यपूर्ण र दुःखद कुरो । थाहा होस् पनि कसरी ⁄ ऊ त शिकारको सौखिन, शिकार खेल्नमै मस्त थियो ।

“के भन्नुहुन्छ, हजुर ?” उही पुरोहितले सोधेथ्यो फेरि ।

“गुरु, यो राज्य मेरो त ठीक छ तर म यस राज्यको भन्नुको आशय के हो ?” मुकुट धारण गर्ने प्रफुल्लताले उल्लसित मनले किञ्चित् असहमति जनाउँदै सोध्यो उसले ।

“अब हजुरको आनो भन्ने केही रहँदैन । जसरी यो राज्य अब हजुरको भयो, त्यसैगरी अब हजुर यस राज्यको हुनुभयो । यस गणराज्यको चलन यस्तै छ ।” मूल पुरोहित जुम्ला हात पार्दै विनीत स्वरमा बोले ।

“अनि मेरा बन्धु–बान्धव, इष्टमित्र, मातापिता, जहान–परिवार नि ?” सशंकित हुँदै सोध्यो उसले ।

“उहाँहरू सबै राज्यको हुनुभयो । हजुरको पिताज्यू राजपिता, माताज्यू राजमाता, भार्या रानी हुनुभयो, छोराहरू राजकुमार भए, छोरी राजकुमारी ।” मूल पुरोहितले भने ।

“अनि मेरो घर–बड्डला, जेथाजिमिन, स्वर्णआभूषण र विशाल वैभव ?” उसको शंका झन् झन् सल्किंदै गयो ।

“ती सब पनि राज्यका भए । राज्यचाहिँ हजुरको भयो । यत्रो राज्य, यो वैभव ⁄ यस्तो भोग पाउन त प्रारब्धमै हुनुपर्छ । ऐरावतले हजुरलाई त्यसै छानेको होइन । ऐरावत आफैं पनि विलक्षण प्रतिभा भएको हात्ती हो र यो हात्तीहरूको पनि राजा हो– गजराज ⁄” गुरु पुरोहितले भने ।

“यी कुरा त मलाई राज्यले दिएका होइनन्, पुख्र्यौली पेवा हुन् ।” उसले विमति जाहेर ग¥यो ।

“तर ती राज्यभित्रै आर्जित हुन्, त्यसैले राज्यकै हुन् । जब हजुर राज्यकै मालिक हुनुभयो भने त्यति जाबो कुरामा पनि …, हात्ती छि¥यो, पुच्छर अड्कियो किन पार्नु ⁄” मूल पुरोहितले फेरि पनि सम्झाउन खोजे ।

अरू पण्डितहरूले तिनकै कुरामा सही थापे ।

ऊ बडो असमञ्जसमा प¥यो । मुकुट लगाऊँ, आनो भन्नु केही नरहने भो, नलगाऊँ नवराज हुन नपाइने भो ⁄ द्विविधामा उसले यताउता हेरिरह्यो । त्यसैबेला उसको नजर परबाट त्यतै आइरहेको नरनारीहरूको समूहमा प¥यो । त्यो समूह नजिक आएपछि देख्यो उसले अबिरमा रड्डिएका ती त बडो हर्षउल्लासमा मग्न भएर उसैको जयजयकार गर्दै झन् झन् उसका नजिक आउँदै थिए । ती सब स्वजन थिए– मातापिता, बन्धु–बान्धव आदि । ती सबलाई आनै आँखाले देखेपछि आनै कानले आनो जयजयकार सुनेपछि उसको मन झन् पुलकित र आल्हादित भयो र प्रसन्न चित्तले आदेश दियो, “मञ्जुर छ, शास्त्रका सम्पूर्ण विधिहरू पूरा गर्नु ।”

सब विधिविधान सुसम्पन्न भयो । मूल पुरोहितले मुकुट पहिराइदिए । जयजयकार भयो । शंखघण्ट बज्यो । अभिवादन चढाए सबले । अबदेखि ऊ त्यस गणराज्यको राजा भयो । ‘अब त तिमीहरू सबै मेरा अधीनमा भयौ ।’ गम्यो मनमनै, “हेरौंला, तिमीहरूको पाइन ।”

यसरी ऊ त्यस देशको राजा भयो । ऐरावतले छानेको राजा भएकोले ऊ ऐरराज भनी चिनिन थाल्यो । तर अचम्म मान्यो उसले किनभने राजा त भयो ऊ तर जनताहरूमा कुनै उत्साह छाएन, उमड्ड आएन । उनीहरू त शोकबाट या त उठ्न सकेका थिएनन् या त उसलाई हृदयदेखि स्वीकार गर्न सकिरहेका थिएनन् । ‘यो संक्रमणकाल हो । एउटा स्थिति भोगिरहेकाहरूका लागि तुरुन्तै अर्को स्थिति स्वीकार्न सुरु सुरुमा असहज त हुन्छ नै तर बिस्तारै बिस्तारै सब ठीक भइहाल्छ ।’ आफन्तहरूले सल्लाहसुझाव र हौसला दिए ।

दानदक्षिणाले उसले गुरु र पुरेतका मन जित्यो, पदपगरी गुथाएर भाइ–भारदारका मनमा आसन जमायो, दयामाया देखाएर गरिब दुःखीका मनमा पस्यो, सरसल्लाह, छलफल–बादविवादको सौहाद्र्रताबाट बुद्धिजीवीका मन छाम्यो । इतिहास खोतलेर उसले बुद्धिजीवीहरूलाई लिच्छविको गणतन्त्रदेखि संसारका कुना कुनामा अहिले अभ्यास भैरहेको असल र उन्नत प्रजातन्त्रका उदाहरण दिई गणतन्त्रको बखान पनि सुनायो । जनताका इच्छा विपरीत कुनै शासनव्यवस्था टिक्ने त के चल्नै सक्दैन भनी उही टिप्पणी गरिदिन्थ्यो ।

“आहा ⁄ हाम्रा ऐरराज कति ज्ञानी ⁄ कस्तो खुला हृदयका ⁄ कति महान् ⁄⁄⁄” भन्न थालेथे जनहरू । यसरी ऊ जनजनका मनमा पनि पसेथ्यो ।

एकदिन अचानक ऐरावत बिरामी भयो र तुरुन्तै त्यसको इहलीला समाप्त भयो । ऐरावतको मृत्युबारे नानाथरी अफवाह फैलियो । ‘अब कस्तो ऐरावत आउने हो ? कहिले आउने हो ?’ खुल्दुली खेलिरह्यो तिनका मनमा । साता बित्यो, महिना बित्यो, ऋतु बित्यो, वर्ष बित्यो । हात्तीसारमा कुनै ऐरावत आएन । जनजनका मनमा चिसो प¥यो । यो भेउ पाएर ऐरराजले भने, “हामीले काल सुहाउँदो व्यवहार–रीति बसाउनुपर्छ । चौपायाले दोपाया छान्ने हैन दोपायाले जगत्माथि शासन गर्ने हो । म त ऐरावतकै छनोट हुँ, त्यसैले मेरो छनोट ऐरावतकै छनोटसरह हुनेछ । हाम्रो राजकुमार जत्तिको विलक्षण प्रतिभा यस मुलुकमा अर्को हुन सकोइनन्, त्यसैले मेरा उप्रान्त यस धरतीका ऐरराज हाम्रा जेठा राजकुमार हुनेछन् ।” यसरी उसले नयाँ चलनको थालनी गरिदियो ।

जनजन स्तब्ध भए । ‘ऐरावतको परम्पराको हाम्रो गणतन्त्र मासियो पो ।’ बुज्रुकहरूले गुनासो गरे । सल्लाह–साउती चल्न थाल्यो जनजनमा । ऐरराजले यसको पनि भेउ पायो । त्यसैले एकदिन उसले दरबार बसायो ।

सबै भेला भए– सभाभवनमा । दरबार सुरु भयो । “ऐरावतको गणतान्त्रिक परम्परालाई युगकाल सुहाउँदिलो पारेर हामीले आधुनिकीकरण गरेका छौं । यसमा हाम्रा जनता, बुद्धिजीवीहरूको राय के होला ? शासनव्यवस्था जनताकै रायबमोजिम चलोस् भन्ने हाम्रो मनसुवा हो ।” उसले भन्यो ।

“यहाँ छलप्रपञ्च भएको छ । जनताको मतको कदर हुने परम्परा मासिएको छ ।” नवजवान बुद्धिजीवीले असहमति जाहेर ग¥यो ।

“राम्रो, एकदम राम्रो विचार ⁄” नवजवानको विचारको सराहना गर्दै उसले थपडी बजायो क्ल्याप, क्ल्याप, क्ल्याप ⁄

थपडीको आवाजसँगै छन्द्रड्ड आवाज आयो । अर्को क्षण त्यस नवजवानको शिर भुइँमा गुँडुल्कियो, धड धड्याम्म ढल्यो । सबैले माथि सिलिङतिर हेरे । सबैको शिरमाथि चमचमाउँदो तलवार हावाको स्पर्शले हलुका हल्लिइरहेको थियो, धार तल्तिर फर्केको तलवार अब झर्क कि तब झैं भान हुन्थ्यो । सबका सब स्तब्ध भए ।

“चर्को उत्तेजनाले नवयुवकले मानसिक सन्तुलन गुमाएको हुँदो हो, सरकार । आगे, सरकारको जो विचार ⁄” सेतै फुलेका एकजना बृद्ध पुरोहितले भने, “नराम्रो चलनको सुधार र राम्रोको निरन्तरता संसारको रीत नै हो ।”

“त्यै त, जनइच्छा मुताबिकको हाम्रो गणतान्त्रिक अभ्यास मन नपर्नु पर्ने त कुनै कारण छैन ।” ऐरराजले भन्यो ।

“सरकारको जय होस् ।”

सभाले ऐरराजको जय जयकार ग-यो– तुमुल ध्वनिका साथ । त्यसै क्षण केही खैलावैला पनि भयो । ऊ मुसुमुसु हाँसिरह्यो ।

सभा विसर्जन भयो । सभाभवनभित्र शिरविनाका केही धडहरू लडिरहेका थिए । छेउमा शिरहरू छट्पटाइरहेका थिए– मानो धडमा जोडिनका लागि बल गरिरहेका होऊन् ।

त्यस मुलुकमा नयाँ चलनको थालनी भैसकेको थियो ।

(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.