सक्कली ब्याघ्रचर्म बैठक कोठामा सजाउँ भन्ने उसको निकै पुरानो धोको हो तर जड्डल पातलिंदै गएकोले बाघहरू पनि लोप हुँदा थिए । त्यसैले उसको इच्छा अधुरै रहिरहेको थियो । यसपालि उसले विश्वस्त सूत्रबाट थाहा पाएथ्यो कि त्यस क्षेत्रमा एउटी बघिनी अचेल आएकीले दुएक बाघहरू पनि रम्यक्रीडाका लागि आक्कल–झुक्कल देखिने गरेका थिए । त्यसैले ऊ क्याम्पफायर गर्ने गरी गोलीगठ्ठासहित सदलबल आएको थियो । सुरक्षाका लागि अग्लो मचान कम टहरा बनाएका थिए उनीहरूले र तम्तयार अवस्थामा बन्दुक सोझ्याएर बसेको थियो ऊ । अकस्मात् बघिनीलाई खेद्दै कुदेको बाघमाथि उसको नजर प¥यो र हतपत्त निशाना साधेर ट्रिगर थिचिहाल्यो उसले । ‘ड्याड्ड …, ड्याड्ड … रटटट्ट् .. गोली वर्षे असिना वर्षेझैं । नीरव–निर्जन वन थर्कियो । चराचुरुड्डीको चिरबिर बढ्यो ।
‘क्वाइँssय … ⁄ क्वाइँssय … ⁄⁄’
सुनेर ऊ पनि झस्क्यो– सदलबल । आवाज अर्को दिशाबाट आएको थियो र नजिकिएझैं भान हुन्थ्यो । आवाजसँगै नजिकै सुकेका पातहरूको स¥याक–सुरुक र च¥यामचुरुम पनि सुनियो । कान टाठा र आँखा चनाखा पार्दैै ऊ बन्दुक ताकेर सावधान सतर्क भयो । उसले देख्यो– केही जगंली हात्तीहरूले अगुवाइ गर्दै एउटा सिंगारिएको हात्तीलाई त्यतै ल्याउँदै थिए । सिँगारिएको हात्तीलाई बीचमा पारेर ठूलासाना हात्तीहरू पंक्तिबद्ध भई त्यतै आइरहेका थिए । राज्य सरकारद्वारा विशिष्ट व्यक्ति र राजकीय पाहुनाहरूलाई सम्मान, सुरक्षा र खातिरदारी दर्शाउन गरिने स्कर्टिङ गरेझैं जस्तै गरी हात्तीहरू त्यतै लस्किरहेका थिए । सिंगारिएको हात्तीमाथि हौदा पनि कसिएको थियो, एकदम आरामदायी हौदा । त्यसमाथि छतरी पनि ठडिएको थियो । मचान नजिक आइपुग्नासाथ अगाडिपट्टिबाट अगुवाइ गरिरहेका हात्तीहरू छेउ लागे । सिँगारिएको हात्ती अगाडि बढ्यो । त्यो त ऐरावत रहेछ । दरबारको हात्तीसारको ऐरावत । ऐरावतबारे थुप्रै रोमाञ्चक र साहसिक किस्साहरू लोकमा प्रचलित थियो । त्यसैले ऊ झन् विस्मित भयो । उसको दलबलमा पनि त्राहिमाम् मच्चियो । सबका हंसले ठाउँ छोडे जस्तो भयो । तर ऊ त ठहरियो क्षत्री । हिम्मत हौसला गुमाउनु भएन । त्यसैले बडो धैर्यसाथ बन्दुक तानेर उभिइरह्यो उनीहरूलाई आश्वस्त पार्दै ।
‘क्वाइँssय … ⁄ क्वाइँssय … ⁄⁄’को मधुर गर्जनसहित अगाडिको दुवै खुट्टा उचाल्दै पछिल्लो खुट्टाको आडमा मात्र निमेषभर उभियो ऐरावत । लामो सुँडलाई हावामा गोलाकार घुमायो एकपटक र सुँडबाट पानीको फोहोरा निकालेर अभिषेक गरेझैंको शैलीमा मचानमा रहेका तिनीहरूलाई अभिषेक ग-यो । पछिल्लो हात्तीले राता फूलहरू फुलेको एउटा हाँगो भाँचेर ल्यायो र सिँगारिएको हात्तीलाई दियो । ऐरावतले सुँडको टुप्पोले हाँगाका फूलहरू थुतेर उनीहरू भएतिर हु-र्यायो र त्यसपछि मचानको परिक्रमा गर्न लाग्यो । अरू हात्तीहरू पनि त्यसका पछि पछि लागे । पाँचपटक परिक्रमा गरिसकेपछि अरू हात्तीहरू छेउ लागे र साबिकैका ठाउँमा उभिए तर ऐरावतले चाहिं फेरि पहिलेझैं पछिल्ला दुई टाँगका बलमा उभिएर अभिवादन ग-यो अनि ठ्याक्क मचानमुनि ठिड्ड उभियो । हात्तीको यो क्रीडा देखेर दलबदलका अन्य सदस्यहरू त अचम्म मानिरहेकै थिए तर ऊ पनि कम विस्मित थिएन । हात्तीहरूको क्रियाकलाप र अभिनय देख्दा उसले झट्ट सरकसका हात्तीहरू सम्झ्यो । बैंशालु उमेरमा हेरेको हिन्दी फिलिम ‘हाथी मेरा साथी’ पनि सम्झ्यो उसले । यी हात्तीहरूले त्यो फिलिम हेरेका थिए वा यिनको व्यवहारबाट प्रेरित भएर त्यो फिलिम बनेको थियो, त्यो निक्र्योल गर्नपट्टि ऊ लाग्दैलागेन । सरकसका हात्ती ती थिंदै थिएनन् तर दरबारको हात्तीसारमा बस्ने हात्ती भएकोले ऐरावतमा त्यस्तो विशिष्टता हुनुलाई उसले स्वाभाविकै ठान्यो । हात्तीको व्यवहारले उसलाई झट्ट आनी मैंयाहरूले माघ महिनामा सुन्ने गरेको स्वस्थानी ब्रतकथाको सम्झना गरायो । नवराज नामधारी गरिब ब्राम्हणलाई हात्तीले अभिषेक गरी लावण्य देशको राजा बनाइदिएको कुरो सम्झ्यो उसले । पत्नीले स्वस्थानी ब्रत लिइदिएकीले त्यसको प्रतापले नवराज राजा बन्यो भने उसकी मैयाँले पनि सालिन्दा स्वस्थानी ब्रत लिएर नियमनिष्ठापूर्वक शालीनदीमा पूजाआजा गर्ने गरेकी छ । यो सब त्यसैको सुखद परिणाम हुनसक्छ । पोहोरै पनि शिवरात्रीका बेला राजवाडबाट आएको सिद्ध जोगीले उसलाई देख्नासाथ राजयोग परेको छ, बहुतै उच्च ओहोदाको सम्मान मिल्नेछ भनेको थियो । अब भने उसलाई हात्तीक्रीडाको अर्थ लाग्न थालेजस्तै भयो ।
‘क्वाइँssय ….. क्वाइँssय ….’ गर्दै ऐरावत फेरि लाडिलो स्वरमा करायो । सुँड उसका निकट पु¥यायो । उसले सुँड सुम्सुम्याइदियो । ऐरावतले सुँडको मुखले हौदातिर संकेत ग¥यो । शायद ‘हौदामा बस’ भनेको हुनसक्छ भन्ठान्यो उसले । संभवतः ऐरावत स्वस्थानीकथाको झंै नवराजको खोजीमा आएको हुनसक्छ, तर … ⁄ सोच्दासोच्दै द्विविधामा प-यो र अनि ‘जे त होला’ भन्ठान्दै आना दलकाहरूसँग भन्यो, “यसले मलाई लान खोेजेजस्तो छ । म हौदामा बस्छु । मिलेसम्म तिमीहरू पनि बस्नु तर जोरजबर्जस्ती नगर्नू । हामीले ऐरावतका इच्छाअनुसार चल्नुपर्दछ ।”
दलका सदस्यहरूले नाइँनास्ती गर्ने कुरै थिएन, सहमति जनाए ।
ऊ सरक्क मचानबाट ओल्र्यो । ‘के हो ? कसो हो ?’ भन्ठानेर ऊ बन्दुक भिरेरै ओल्र्यो । ‘विना बन्दुक क्षत्रिय र शिकारीको काँध शोभा दिंदैनन्’ भन्ने स्वर्गीय जिज्युबुबाज्यूको महावाणी पनि सम्झ्यो उसले र ऐरावतका पिठ्यूँमा कसिएको हौदामा सरक्क बस्यो ऊ । अरूहरू पनि चढ्न खोज्दै थिए, सुँडले छेक्दै आपत्ति जनायो ऐरावतले र जुरुक्क उठिहाल्यो । ‘तिमीहरू आनै बन्दोबस्तले आऊ’ मात्र भन्न भ्यायो उसले ।
प्रफुल्ल मुद्रामा कान हल्लाउँदै सुँड नचलाउँदै ऐरावत अगाडि लम्क्यो । अरू हात्तीहरू फेरि अघिकै झैं स्कर्टिङ गर्दै लम्के अगाडि पछाडि । आरण्यक क्षेत्र समाप्त भएपछि केही हात्तीहरू स्कर्टिङ पंक्ति छाडेर सरक्क छेउ लागे । अब ऐरावतका अघिल्तिर दुई र पछिल्तिर दुई हात्तीहरू मात्र थिए । अब यी हात्तीहरू राजमार्गमा पुगे । साँघुरो राजमार्ग, तुरुन्तै ट्राफिक जाम भइहाल्यो सडकमा विना माहुते हात्तीको सवारी । बीचमा हौदामाथि ऊ एक्लै बसेथ्यो, छत्तरी ओढेर । राजमार्गका दुवै किनारमा नरनारीहरूको पटेर लस्कर कौतूहलपूर्ण मुद्रामा शोकाकूल उभिएझैं लाग्थे । ठाउँ ठाउँमा सौभाग्यवती गृहलक्ष्मीहरू हातमा नैवेद्य–प्रसादसमेत पूजाका थाली लिई बसेथे र परैबाट फूलअछेता पर्सेर पूजा गर्दथे, मस्तक नुहाएर ढोग गर्दथे । हात्तीले सुँड लम्काएको छ भने प्रसादको दुनो–बोहोतो पनि अर्पण गर्दथे भने कतिपय ठाउँमा त युवायुवतीहरूले उसलाई देख्नासाथ मुन्टो बटारेथे र ‘यस्तालाई पो राजा मान्नुपर्ने ⁄’ भन्दै खिसीट्युरी गरेथे । ‘एक मन त बजियाबजिनीहरूलाई सुइँक्याइदिऊँ कि’ जस्तो नि लागिरहेथ्यो उसलाई तर ‘जोशमा होश गर्नू’ भन्ने सद्वचन सम्झेर बल्लतल्ल सम्हालेथ्यो आफैंलाई । दिनभरिको बाटो हिँडाएर अपरान्हतिर ती पञ्चगजहरूले उसलाई एउटा ठूलो दरबारमा पु-याएथे । दरबारमा पण्डित–पुरोहितहरू पहिल्यैदेखि स्वस्तिशान्ति र यज्ञहवन आदि गर्दै थिए । उसलाई देखेपछि उनीहरूको अनुहारमा कान्ति छाएझैं देख्यो उसले तर प्रकटमा केही बोलेन ऊ । उनीहरूको क्रियाकर्म, यज्ञहवन हेरिरह्यो । ‘भाग्य मेरो चम्केकै हो’ भन्ठान्यो मनमनै ।
संभवतः सम्पूर्ण विधिविधान सम्पन्न गरिसकेपछि उसलाई मुकुट लाइदिने उपक्रम गर्दै तिनीहरूले सोधे, “आजदेखि हजुर यस देशको राजा बन्नु हुनेछ । ऐरावतले हजुरलाई राजाको रूपमा छनोट गरेर हामीउपर ठूलो गुन लाएको छ । यस राज्यको चलनअनुसार अब उप्रान्त यो राज्य हजुरको र हजुर यस राज्यको हुनुहुनेछ । भन्नुस् हजुरलाई मञ्जुर छ यो कुरो ?”
“गुरु, यो सब के भैरहेको छ । म त एकदम अनभिज्ञ छु । सविस्तार बताउनुस्” उसले अज्ञेयता जाहेर गर्दै सोध्यो ।
उनीहरूले सबै कुरो बताए र ऐरावतले उसलाई राजाको रूपमा छनोट गरिसकेकाले त्यसमा स्वीकृतिका लागि अनुरोध गर्दै फेरि सोधे, “हजुरलाई मञ्जुर छ त ?” सोध्ने व्यक्ति पुरोहितहरूमध्येको मूल व्यक्ति हुँदो हो ।
धेरैथोक स्वस्थानी ब्रतकथाको पोस्तकमा वर्णन गरेजस्तै भएको थियो । लावण्य देशमा झैं त्यस देशमा पनि राजा चाहिएको रहेछ । हुन त ऊ पनि निपुण, देश–देशावर पनि घुमको–देखेको तर आफू समेत सम्पूर्ण देशवासीहरू अचानक टुहुरा बनिसकेको कुरोबाट अनभिज्ञ थियो ऊ । कति दुर्भाग्यपूर्ण र दुःखद कुरो । थाहा होस् पनि कसरी ⁄ ऊ त शिकारको सौखिन, शिकार खेल्नमै मस्त थियो ।
“के भन्नुहुन्छ, हजुर ?” उही पुरोहितले सोधेथ्यो फेरि ।
“गुरु, यो राज्य मेरो त ठीक छ तर म यस राज्यको भन्नुको आशय के हो ?” मुकुट धारण गर्ने प्रफुल्लताले उल्लसित मनले किञ्चित् असहमति जनाउँदै सोध्यो उसले ।
“अब हजुरको आनो भन्ने केही रहँदैन । जसरी यो राज्य अब हजुरको भयो, त्यसैगरी अब हजुर यस राज्यको हुनुभयो । यस गणराज्यको चलन यस्तै छ ।” मूल पुरोहित जुम्ला हात पार्दै विनीत स्वरमा बोले ।
“अनि मेरा बन्धु–बान्धव, इष्टमित्र, मातापिता, जहान–परिवार नि ?” सशंकित हुँदै सोध्यो उसले ।
“उहाँहरू सबै राज्यको हुनुभयो । हजुरको पिताज्यू राजपिता, माताज्यू राजमाता, भार्या रानी हुनुभयो, छोराहरू राजकुमार भए, छोरी राजकुमारी ।” मूल पुरोहितले भने ।
“अनि मेरो घर–बड्डला, जेथाजिमिन, स्वर्णआभूषण र विशाल वैभव ?” उसको शंका झन् झन् सल्किंदै गयो ।
“ती सब पनि राज्यका भए । राज्यचाहिँ हजुरको भयो । यत्रो राज्य, यो वैभव ⁄ यस्तो भोग पाउन त प्रारब्धमै हुनुपर्छ । ऐरावतले हजुरलाई त्यसै छानेको होइन । ऐरावत आफैं पनि विलक्षण प्रतिभा भएको हात्ती हो र यो हात्तीहरूको पनि राजा हो– गजराज ⁄” गुरु पुरोहितले भने ।
“यी कुरा त मलाई राज्यले दिएका होइनन्, पुख्र्यौली पेवा हुन् ।” उसले विमति जाहेर ग¥यो ।
“तर ती राज्यभित्रै आर्जित हुन्, त्यसैले राज्यकै हुन् । जब हजुर राज्यकै मालिक हुनुभयो भने त्यति जाबो कुरामा पनि …, हात्ती छि¥यो, पुच्छर अड्कियो किन पार्नु ⁄” मूल पुरोहितले फेरि पनि सम्झाउन खोजे ।
अरू पण्डितहरूले तिनकै कुरामा सही थापे ।
ऊ बडो असमञ्जसमा प¥यो । मुकुट लगाऊँ, आनो भन्नु केही नरहने भो, नलगाऊँ नवराज हुन नपाइने भो ⁄ द्विविधामा उसले यताउता हेरिरह्यो । त्यसैबेला उसको नजर परबाट त्यतै आइरहेको नरनारीहरूको समूहमा प¥यो । त्यो समूह नजिक आएपछि देख्यो उसले अबिरमा रड्डिएका ती त बडो हर्षउल्लासमा मग्न भएर उसैको जयजयकार गर्दै झन् झन् उसका नजिक आउँदै थिए । ती सब स्वजन थिए– मातापिता, बन्धु–बान्धव आदि । ती सबलाई आनै आँखाले देखेपछि आनै कानले आनो जयजयकार सुनेपछि उसको मन झन् पुलकित र आल्हादित भयो र प्रसन्न चित्तले आदेश दियो, “मञ्जुर छ, शास्त्रका सम्पूर्ण विधिहरू पूरा गर्नु ।”
सब विधिविधान सुसम्पन्न भयो । मूल पुरोहितले मुकुट पहिराइदिए । जयजयकार भयो । शंखघण्ट बज्यो । अभिवादन चढाए सबले । अबदेखि ऊ त्यस गणराज्यको राजा भयो । ‘अब त तिमीहरू सबै मेरा अधीनमा भयौ ।’ गम्यो मनमनै, “हेरौंला, तिमीहरूको पाइन ।”
यसरी ऊ त्यस देशको राजा भयो । ऐरावतले छानेको राजा भएकोले ऊ ऐरराज भनी चिनिन थाल्यो । तर अचम्म मान्यो उसले किनभने राजा त भयो ऊ तर जनताहरूमा कुनै उत्साह छाएन, उमड्ड आएन । उनीहरू त शोकबाट या त उठ्न सकेका थिएनन् या त उसलाई हृदयदेखि स्वीकार गर्न सकिरहेका थिएनन् । ‘यो संक्रमणकाल हो । एउटा स्थिति भोगिरहेकाहरूका लागि तुरुन्तै अर्को स्थिति स्वीकार्न सुरु सुरुमा असहज त हुन्छ नै तर बिस्तारै बिस्तारै सब ठीक भइहाल्छ ।’ आफन्तहरूले सल्लाहसुझाव र हौसला दिए ।
दानदक्षिणाले उसले गुरु र पुरेतका मन जित्यो, पदपगरी गुथाएर भाइ–भारदारका मनमा आसन जमायो, दयामाया देखाएर गरिब दुःखीका मनमा पस्यो, सरसल्लाह, छलफल–बादविवादको सौहाद्र्रताबाट बुद्धिजीवीका मन छाम्यो । इतिहास खोतलेर उसले बुद्धिजीवीहरूलाई लिच्छविको गणतन्त्रदेखि संसारका कुना कुनामा अहिले अभ्यास भैरहेको असल र उन्नत प्रजातन्त्रका उदाहरण दिई गणतन्त्रको बखान पनि सुनायो । जनताका इच्छा विपरीत कुनै शासनव्यवस्था टिक्ने त के चल्नै सक्दैन भनी उही टिप्पणी गरिदिन्थ्यो ।
“आहा ⁄ हाम्रा ऐरराज कति ज्ञानी ⁄ कस्तो खुला हृदयका ⁄ कति महान् ⁄⁄⁄” भन्न थालेथे जनहरू । यसरी ऊ जनजनका मनमा पनि पसेथ्यो ।
एकदिन अचानक ऐरावत बिरामी भयो र तुरुन्तै त्यसको इहलीला समाप्त भयो । ऐरावतको मृत्युबारे नानाथरी अफवाह फैलियो । ‘अब कस्तो ऐरावत आउने हो ? कहिले आउने हो ?’ खुल्दुली खेलिरह्यो तिनका मनमा । साता बित्यो, महिना बित्यो, ऋतु बित्यो, वर्ष बित्यो । हात्तीसारमा कुनै ऐरावत आएन । जनजनका मनमा चिसो प¥यो । यो भेउ पाएर ऐरराजले भने, “हामीले काल सुहाउँदो व्यवहार–रीति बसाउनुपर्छ । चौपायाले दोपाया छान्ने हैन दोपायाले जगत्माथि शासन गर्ने हो । म त ऐरावतकै छनोट हुँ, त्यसैले मेरो छनोट ऐरावतकै छनोटसरह हुनेछ । हाम्रो राजकुमार जत्तिको विलक्षण प्रतिभा यस मुलुकमा अर्को हुन सकोइनन्, त्यसैले मेरा उप्रान्त यस धरतीका ऐरराज हाम्रा जेठा राजकुमार हुनेछन् ।” यसरी उसले नयाँ चलनको थालनी गरिदियो ।
जनजन स्तब्ध भए । ‘ऐरावतको परम्पराको हाम्रो गणतन्त्र मासियो पो ।’ बुज्रुकहरूले गुनासो गरे । सल्लाह–साउती चल्न थाल्यो जनजनमा । ऐरराजले यसको पनि भेउ पायो । त्यसैले एकदिन उसले दरबार बसायो ।
सबै भेला भए– सभाभवनमा । दरबार सुरु भयो । “ऐरावतको गणतान्त्रिक परम्परालाई युगकाल सुहाउँदिलो पारेर हामीले आधुनिकीकरण गरेका छौं । यसमा हाम्रा जनता, बुद्धिजीवीहरूको राय के होला ? शासनव्यवस्था जनताकै रायबमोजिम चलोस् भन्ने हाम्रो मनसुवा हो ।” उसले भन्यो ।
“यहाँ छलप्रपञ्च भएको छ । जनताको मतको कदर हुने परम्परा मासिएको छ ।” नवजवान बुद्धिजीवीले असहमति जाहेर ग¥यो ।
“राम्रो, एकदम राम्रो विचार ⁄” नवजवानको विचारको सराहना गर्दै उसले थपडी बजायो क्ल्याप, क्ल्याप, क्ल्याप ⁄
थपडीको आवाजसँगै छन्द्रड्ड आवाज आयो । अर्को क्षण त्यस नवजवानको शिर भुइँमा गुँडुल्कियो, धड धड्याम्म ढल्यो । सबैले माथि सिलिङतिर हेरे । सबैको शिरमाथि चमचमाउँदो तलवार हावाको स्पर्शले हलुका हल्लिइरहेको थियो, धार तल्तिर फर्केको तलवार अब झर्क कि तब झैं भान हुन्थ्यो । सबका सब स्तब्ध भए ।
“चर्को उत्तेजनाले नवयुवकले मानसिक सन्तुलन गुमाएको हुँदो हो, सरकार । आगे, सरकारको जो विचार ⁄” सेतै फुलेका एकजना बृद्ध पुरोहितले भने, “नराम्रो चलनको सुधार र राम्रोको निरन्तरता संसारको रीत नै हो ।”
“त्यै त, जनइच्छा मुताबिकको हाम्रो गणतान्त्रिक अभ्यास मन नपर्नु पर्ने त कुनै कारण छैन ।” ऐरराजले भन्यो ।
“सरकारको जय होस् ।”
सभाले ऐरराजको जय जयकार ग-यो– तुमुल ध्वनिका साथ । त्यसै क्षण केही खैलावैला पनि भयो । ऊ मुसुमुसु हाँसिरह्यो ।
सभा विसर्जन भयो । सभाभवनभित्र शिरविनाका केही धडहरू लडिरहेका थिए । छेउमा शिरहरू छट्पटाइरहेका थिए– मानो धडमा जोडिनका लागि बल गरिरहेका होऊन् ।
त्यस मुलुकमा नयाँ चलनको थालनी भैसकेको थियो ।
(स्रोत : वेदना साहित्यिक त्रैमासिक, पूर्णाङ्क ६५, वर्ष २९, अंक १, असार २०५९ )