लैजाउ सबै
मेरा हात खुट्टा लैजाऊ
खाना लैजाऊ, वस्त्र लैजाऊ
मेरो काट्रो निधारमा छ यो पनि लैजाऊ
मेरो आस्था मस्टिष्कमा छ उखेलेर लैजाऊ
मेरो दर्शन कलेजीमा हस्ताक्षरित छ फुकालेर लैजाऊ
तिमीलाई के चाहिन्छ
र म सँग जे छ, सबै लैजाऊ
तिम्रो सम्पन्नतामा के को कमी छ
खोतली–खोतली त्यही झिकेर लैजाऊ ।
मनमा शाहस छ, धैर्यता छ
मागेर लैजाऊ, खोसेर लैजाऊ, चोरेर लैजाऊ
जसरी सक्छौ त्यसरी लैजाऊ
तर म बाटै लैजाऊ
जे तिमीलाई कमी लाग्छ
त्यही खोजी–खोजी लैजाऊ
म बाट तिम्रो मन शान्त नहुँदासम्म लैजाऊ
लैजाऊ म रहँदासम्म
परन्तु, म रित्तिएको महशुस गर्ने छैन
मेरो शरिर धुजा–धुजा भएपनि
हाडछाला गलेपनि
तन दुख्ने छैन
मन खाली भएको अनुभुति गर्ने छैन
जबसम्म तिमीमा पश्चात्ताप बोध हुनेछैन
मानवताको आभास हुने छैन
मेरो कामको मुल्य हुने छैन
तबसम्म…………।
–पाछाबाङ–६, रोल्पा ।
(रोल्पा समाचार साप्ताहिकमा प्रकाशित)
(स्रोत : Nabin Lochan’s Blog )