~प्रमोद श्रेष्ठ~
सरकार !!
धेरै तमासा नदेखा
सक्छस भने देखा तेरो तागत
ठोक गोली निदारमा
निकालिदे मेरो गिदिहरु
हान गोली मेरो छातिमा
छरपस्ट बनाईदे मेरो कलेजो-आन्द्राहरु
म तयार छु सहिद बन्न
होईन भने मेरो माग पुरा गरिदे,
-मलाई सुनको बुटाले सु-सज्जित संविधान चाहिन्छ
सक्छस मलाई सुनको संविधान दिन……….?
प्रमोद श्रेष्ठ – खोटाङ
(स्रोत : Janaboli )
