शव्दै शव्दको जाल भित्र म नि : शव्द !
साहित्य ,श्रस्टा अनि
भानु तिम्रो सम्झनामा नि : शव्द !
कंचन कोमल र कोकिलकंठ हराए छन की !
गद्य , पद्य , लय
अनि छन्दमा नि : शव्द !
भानु तिम्रो सम्झनामा नि : शव्द !
मेरो वर्णमाला , गुरुजन , पाठशाला र म
पढाई , शिक्षा , ज्ञान अनि वौदिकतामा नि : शव्द !
भानु तिम्रो सम्झनामा नि : शव्द !
पागलवस्ति , भीड़ , मुर्खता , हतियार र यो दुनिया !
मानवता , विचार , सिर्जना र विश्वासमा नि : शव्द !
भानु तिम्रो सम्झनामा नि : शव्द !
शकुनी , रावण , अनि कंशकै कुरा
कुटिल पासा , वैदेहीहरण र लाक्षागृह
युधिस्ठिर , राम र कृष्ण हरु प्रति नि: शव्द !
भानु तिम्रो सम्झनामा फेरी पनि नि : शव्द !
शव्दै शव्दको जाल भित्र म नि : शव्द !
साहित्य ,श्रस्टा अनि भानु तिम्रो सम्झनामा नि : शव्द !
म तिम्रो सम्झनामा नि : शव्द !
भानु तिम्रो सम्झनामा नि : शव्द !
सिडनी , अस्ट्रेलिया |
(स्रोत : Satakosahitya)