खोलाको दर्ुइ किनारामा आँपका दुइटा बोट थिए । आँप फल्ने मौसममा दुबै बोटमा लटरम्म आँप फल्थ्यो । बोटमा आँप हुँदासम्म विहानदेखि साँझसम्म केटकेटी, तन्नेरी र बूढाबूढीहरु पनि बोटमुनि झुम्मिरहन्थे । कोही झोला बोकेर रुख चढथे र पाकेको नपाकेको आँप छानीछानी टिप्थे । तर धेरैजसो मानिसहरु बगरका ढुंगा र दाउराको झटारोले हानेर आँप झार्थे । यसरी आँप झार्दा पाकेकोभन्दा पनि काँचा रस नपसेका बिबिरा आँप धेरै खेर जान्थे ।
गुलियो फल दिने गुनिलो आँपको बोटलाई ढुंगा र झटारोले हानेर हाँगा भाचिदिने काँचा आँप खेर फालिदिने मानिसहरुको यस्तो व्यवहार देखेर दुबै बोटहरु दुखी हुन्थे । तर उनीहरु लाचार थिए । एक साल पश्चिम किनाराको बोटले साह्रै दिक्क भएर पर्ूर्वी किनाराको बोटसँग गुनासो पोख्दै भन्यो, “यस्तो मिठो फल फलाउने हामीलाई ढुंगा र झटारोले हानेर हामीमाथि मानिसहरुले साह्रै अन्याय गर्न थाले । अब हामी कि त फल्नै छाडौँ कि अमिलो फलमात्रै फलाऔँ ।”
उसको कुरा सुनेर पर्ूर्वी बोटले भन्यो, “हेर भाइ, आँप फलाउनु हाम्रो धर्म हो । मिठो गुलियो आँप फलाउने हाम्रो गुणलाई किन व्यार्थमा खेर फल्ने – जहाँसम्म ढंुगा र झटारो हानेर दुःख दिने कुरा छ त्यो आआफ्नो स्वभाव र गुण धर्म हो । मलाई त मानिसहरु मेरो छाहारीमा बसेर आँप चुसीचुसी, हात चाटीचाटी खाएको देख्दा बडो आनन्द लाग्छ । उनीहरुले आँप टिप्न हानेको झटारो मलाई आफ्नै केटाकेटीले सानासाना पाइतलाले हानेर माया गरेजस्तो लाग्छ ।”
दर्ुइ बोटको सल्लाह मिलेन । आँपको मौसम आएपछि दुबै बोटमा आँप फल्यो । पश्चिमको बोटमा पर्ूवकोमा भन्दा थोरै फल्यो । आँप पाक्न थालेपछि मानिसहरु पश्चिमको बोटको आँप अमिलो भएको देखेर छक्कै परे । पर्ूर्वीबोटको आँप भने पहिलेजस्तै स्वादिलो थियो ।
मानिसहरु पर्ूर्वी बोटमा झुम्मिएर ढंुगा र झटारो हानेको देखेर पश्चिमी बोटलाई आफूले थोरै र अमिलो आँप फलाएकोमा ठिकै गरेछुजस्तो लाग्यो । तर त्यो बोटमा कसैले किरा लागेको, कसैले आँखा लागेको त कसैले बोक्सी लागेको अडकल गरेर उपचारको लागि थोत्रा पुराना जुत्ता, फुटेका हाँडी, थोत्रा लुगा त्यसका हाँगामा झुण्डयाउन थाले । कसैले बोटमुनि झारपात र घुर बटुलेर आगो बालेर खर्ुसानी पोलेर धुँवाए । आँपको बोट झन दुःखी भयो ।
केही दिनपछि वषर्ाको मौसम सुरु भयो । बाढी आएर खोला निक्कै उर्लियो । दुबै बोटको फेँदमा खोलाले हानेर बोट नै ढल्ने डर भयो । खोलामा पानी केही घटेपछि मानिसहरु खोलाको किनारामा आँपको बोट वरिपरि भेला भए । उनीहरुले तार जालीहरु ल्याए र पर्ूर्वी आँपको बोटलाई जोगाउन बोटको वरिपरि जाली राखेर त्यसभित्र ढुंगा भरेर बोटलाई बाढीले बगाउन नसक्ने गरी बलियो वाँध बाँधे ।
अमिलो फल दिने पश्चिमतिरको बोटलाई कसैले पनि वास्ता गरेन ।
(स्रोत : Binaya Kasajoo’s Blog)