यतै फाट्यो उतै फाट्यो टालेँ जिन्दगीलाई
गर्नसम्म माया गरेँ साले जिन्दगीलाई
सुनेँ संघर्ष नै हो जिन्दगीलाई प्यारो लाग्ने
जानी–नजानी संघर्षको खाल्डोमा हालेँ जिन्दगीलाई
कहिलेकाहीँ यस्तो लाग्थ्यो चियर्स हो कि जिन्दगानी
दिमाग पागल बनाई–बनाई पालेँ जिन्दगीलाई
आँखा उघार्दा चारैतिर फोहोरमात्र देखिन्छ
साँच्चै फोहोर हो कि भनी फालेँ जिन्दगीलाई
यतै फाट्यो उतै फाट्यो टालेँ जिन्दगीलाई
गर्नसम्म माया गरेँ साले जिन्दगीलाई
(भउमनपा–१२, नौरंगे)
(स्रोत : Echitwanpost)