~विष्णुविभु घिमिरे~
कोरा सम्झौताहरु च्यापेर आँखामा
मान्छे म्रल सडक र गोरेटोबीच
एउटा, एउटा पार्थक्यहरुमा
एउटा, एउटा ब्यँग्यहरुमा
उपहास ओढेर अपजसहरुको
केवल दृष्टिबोध अलमलिएर
केवल धृष्टताहरु मनभरि छापेर
प्mयूज गएका भ्रमका तारहरुमा आफूलाई जेल्याएर
छलिरहेछ मान्छे हुनुको अर्थ
मन छैन मान्छेसँग
मनहरु हराएका छन्
मन भेट्न मान्छेहरु दगुदैै छन्
मोटरबाट
हवाईजहाजबाट
पैदल,पैदल
सबै सबै मनहरु खोज्दै छन्
मन छैन भने भावना पनि हुँदैन
मन छैन भने विश्वास पनि हुँदैन
मन छैन भने अब केही पनि हुँदैन
क्र्म उपक्म हो जन्मनु र मर्नु
जन्मनु सम्झौता हो मृत्युसँग
बाँच्नु सम्झैता हो अपजस् र मृत्युसँग
देख्छु कसैको मनभित्र गतिलो घर छैन
खिया परिसकेको जीर्ण मनको घर
त्यसले कुनै बतास छेक्न सक्दैन
अब यहाँ
कुनै विश्वासको ईँट, काठ र छाना छैन
अलिकति इतिहास बोकेको जगसम्म छैन
अब एउटा मामुली भूईँचालो पर्खेको छ
त्यो जुनसुकै रुपमा नष्ट हुन सक्छ
अब मान्छे
जुनसुकै रुपमा छरपष्ट हुन सक्छ।
(स्रोत : Freenepal)