~बिक्रम सुब्बा~
मसंग दुइटा स्वस्थ्य आँखा छन्
मलाई एउटा भए
दुनियाको कालो सेतो हेर्न पुगिहाल्छ
तिमी एउटा आंँखा लैजाउ
कतै बेच
त्यसले शिरबन्दि किन ?
मसंंग दुइवटा लगनशील हात छन्
मलाई एउटा भए
जिन्दगीको कविता लेख्न पुगिहाल्छ
एउटा हात तिमी लैजाउ
कतै बेच
त्यसले रंगिविरंगी चुराहरु किन ?
मसंग एक मुठी चोखो मुस्कान छ
जो मेरो ओठमा बेलायक देखिन्छ
बिक्ला कि कतै बजारमा लैजाऊ बेच
र सपनासंग मिल्दो रभ्को एउटा पछ्यौरा किन ?
मसंग एउटा फूल जस्तो खुशीको विरुवा छ
जो मेरो छातीमा सप्रिन सकेको छैन
कुनै सौखिनले फुलदानीमा सजाउन किनिदेला कि ?
लैजाउ सौखिनहरुको प्रदेशमा बेच
त्यसैले रहर जस्तो गुन्यो चोलो किन ?
कतै नबिकेको
मसंग एक गाग्रो पसिना छ लैजाऊ
त्यसले कपाल नुहाइदेऊ
बग्दा बग्दै पनि नसिद्धिएको
मसंग दुइ थोपा आँशु छ लैजाऊ
त्यसले गोडा धोइ देऊ ?
राक्षसहरुबाट मुस्किलले जोगाइराखेको
मसंग अलिकति शुद्ध रगत छ लैजाऊ
अक्षतासंग मुछेर निधारमा लगाइ देउ
सम्पत्तिको नाममा मसंग यही कविता छ लैजाऊ
पछयौरामा दाइजो हालिदेऊ
मसंग आर्शिवादको एउटा ताजा थुुगा छ लैजाऊ
शीरमा राखि देउ
र तिम्रो तर्फबाट यति थपिदऊ
युद्ध शुरु भैसकेको हुनाले
उसको प्यारो अंकल
गरिबीको मोर्चा छोडेर
छोरीको विवाहमा आउंनै सकेन !
(स्रोत : Freenepal)
एकदम राम्रो लाग्यो धेरै मार्मिक छ कस्तो मन खानी