~डा.बिनोद मणि बराल~
(१)
अतीत भई बिलाई जाँदा
स्मरण केवल मनमा रहने
उतार चडाव हाँसो र रोदन
अनि बत्ती बलेपछि निभ्नै पर्ने ।
(२)
अँधेरी रात प्रभातको मुहान
औँशी पछि कहिले पूर्णीेमा आउने
पीडा बटुली भविष्य गन्ुुुदा
बास्तविकता नाघी हाँस्नै पर्ने ।।
(३)
किनकि,
कल्पना सधैँ मीठो हुन्छ
यथार्थता तर कठोरै हुन्छ
प्रकृतीको यस्तै घाम छायाँमा
दिनहरु चिप्ँिलदा हत्केलाबाट
जीवनको रेखा त्यहाँ कोरिन्छ ।।।
(स्रोत : Freenepal)