मैले धेरै पटक भनिसकें
कति पटक लेखेरै दिइसकें
बारम्बार समझाई – बुझाईरहें
छोरी भएर आमासंग बिबाद नगर
जे हुनु भैसक्यो, शायद जे हुनुथियो त्यही भयो
अब धेरै बिबाद होइन सामान्य संबाद गर
सुन्ने क्षमता नै घटिसक्यो बरु जातै परिबर्तन गर |
मेरो इच्छा र बिचार नसुन्ने भए
मेरो आबस्यकता र चाहना पूरा नगर्ने भए
भाबना र मर्मलाई नसुन्ने भए
किन आमा बन्ने रहर गर्नु भो
मलाई आफ्नो बाबुको नाम सोध्न किन बंचित गर्नु भो !
यदि, पूजा – आरती नै नगर्ने भए मंदिर किन बनाउनु पर्यो !!!
आमा, सृजना, कल्पना र गबेषणा
अतित, भूत या अभूत
तिमी बुझ्दिनौ यिनको किमर्थ , मूल्य र कामना
तिमीलाई थाहा छैन यिनको सम्मान र संरक्षण
तिमी अबोध छौ
त्यसैले, तिमीलाई बोध हुन्न यिनको बिशेष ‘दर्शन’ !!
मलाई आकाश जितनु छैन
मलाई समुन्द्र तर्नु छैन
मलाई केबल मेरो जन्म बुझ्नुछ
चाहे जात परिबर्तन गरेर होस
चाहे लिंग परिबर्तन चाहे सम्प्रदाय
न कुनै अर्थ छ जिजीबिषाको ममा
कसैको मान – संरक्षण गर्नुको बदला
अपमान – अन्याय नगरी
मलाई केबल मेरो जन्म बुझ्नु छ
त्यसका लागी
जात-सम्प्रदाय मात्र किन इतिहास नै फेर्नु छ |
hkafle71@yahoo.com
हरिप्रसाद काफ्ले “शैब” / बोस्टन अमेरिका
(स्रोत : Milankosansar)