नबिर्सिने सङ्लो नाता,जोडनु थियो उनिसँग
नतर्सिने जीवनयात्रा,मोड्नु थियो उनिसँग
जुनि जुनि एकै हुने,जिन्दगीको उकालीमा,
पीर ब्यथाको ति पहरा,फोड्नु,थियो उनिसँग
चाहिदैन दुख्ने काँडा,मीठो हाम्रो पिरतीमा,
नओइलाउने फूल्को बेर्ना गोड्नु थियो उनिसँग
सफलताको अनुभुती हुने रै छ उनको सथमा
सौभाग्यको रातो घुम्टो ओड्नु थियो उनिसँग
बाजागाजा डोलीसँग हाम्रो मिल्ने जोडीसँगै
जन्मघरको त्यो आँगनी छोड्नु थियो उनिसँग
(स्रोत : Quickkhabar )