साउन भित्रिएको खुशियालीमा
गमक्क परेका छन् आजभोलि
बगैँचाका बाह्रमासे फूल
बिहानको भुकभुके उज्यालो
… धर्तीमा नओर्लिदै
तिनले पुगिसक्नु पर्छ
भगवान शिवको चरणमा
लीन हुन
हरियो पहिरनमा सिँगाररिँएर
बिहानको मन्द मन्द
हावाको झोका बटुल्दै
जव युवती पूजाको सामाग्री
जुटाउँने क्रममा बगैँचामा प्रवेश गर्छे
तव
तयार हुनु पर्छ फूलले
युवतीको इच्छाको खातिर
भगवान शिवको चरणमा
लीन हुन
रातभरि तुसारोले निर्मातापूर्वक
हान्ने थप्पडको प्रभा नगरि
अँध्यारोमा एककाँटी सलाईको
धिमा प्रकास साक्षी राखेर टप… टप…
चुँडेर लान्छे तप तप आँसु चुहाउँदै युवतीले
कति कठोर छ? यो नियतीको नियम
आफ्नो इच्छाको लागि अरुको
बाँच्ने हक अधिकार खोसिदासम्म पनि
मुकदर्सक बनेर रमिता हेरिबस्छ समय
चुपचाप.. चुपचाप….
कति कठोर छ? यो नियतीको नियम
७/२०/२०११
गीता थापा (दोषी)
(स्रोत : sathisangamankakura )