~कृष्ण वस्ती~
शिरमाथि लगाएर चन्द्रमाको ताज ।
हेरिरहुँ जस्तो लाग्यो आफ्नै मुहार आज ।।
गाजलुको घुम्टो खोली उनले मलाई हेर्दा ।
आफैंसँग लाग्यो मलाई पैलोपल्ट लाज ।।
मान्छे पनि हिउँचुलीझैं खुल्नसक्दो रैछ ।
हिर्दयमा हिउँचरीले गरेपछि राज ।।
पानीमाथि पुल हाली बगाइदियौ दूरी ।
मनैबाट उड्यो मेरो विरहको बाज ।।
(स्रोत : Ourbiratnagar.net)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.