स्रष्टा परिचय : राम थापाका लोकप्रिय गीतहरु

~टीका भण्डारी~ Tika Bhandari

# ऋतुहरुमा तिमी हरियाली बशन्त हौ (अरुण थापा – बिबिसि सर्वेमा सातौं स्थानमा परेको गीत )

# चुमेर किन छोड्यौ हातहरु (सुनिता सुब्बा ),

# आँशु जस्तो हो (भक्तराज आचार्य )

# लेकाली हे हे चोयाको डोको (लोक गीत, रामथापा र साथीहरु) ,

# झट्ट कपाल कोरन सान्नानी (राम थापा र साथीहरु) ,

# तिमीलाई अचेल कहाँ भेटुँ (प्रेमध्वज प्रधान )

# जुनी जुनीलाई मेरी उनिलाई (रबिन शर्मा) ,

# कुन देशकी चरी हौ तिमी (हिक्मत माली )

# पानीको रिमझिम बर्षातको बेला ( प्रकाश श्रेष्ठ),

# मेरो याद अझै आउँछ भने (ओमविक्रम बिष्ट),

# तिमी यसै लजायौ (रबिन शर्मा),

# सुन सुन सुन मेरा साथि ( तारा थापा ),

# कति बस्छ्यौ ओडी लाजको घुम्टो (पबित्रमान शाक्य ),

# कुन बेला टेक्यौ ( तारा थापा ),

# फूल झरे पनि (रबिन शर्मा- तारा थापा ) आदि संगीतकार राम थापाका लोकप्रिय गीतहरु हुन् !

संगीतकार राम थापाको जन्म बि. स. २०१५ साल भाद्र २ गते काठमान्डौ जिल्लाको कमल पोखरीमा पिता हस्तबहादुर थापा तथा माता हीराकुमारी थापाका पुत्ररत्नकारुपमा भएको हो ! उनि हेटौंडाको भिमफेदिबाट कला संगीतको क्षेत्रमा केहि गर्ने उदेश्य बोकेर २९ – ३० सालतिर काठमाडौँ आएका हुन् ! जीवनमा सोचे भन्दा धेरै गरे उनले तर ५० वर्षको अल्पायु मै २०६५ साल मङ्सिर ५ गते लिबर, किड्नी र लंग्समा आएको खराबीकाकारण नै निधन भयो ! श्रीमति रजनी थापाले उनको निधन पछि संगीतकार रामथापाका सिर्जनाहरुको संरक्षण र तिनको प्रचार प्रसार गर्ने कार्यलाई निरन्तरता दिएर श्रोतामाझ रामथापालाई जिवन्त बनाइ राखेकी छिन ! यसमा धन्य छिन उनि ! राम थापा हामी बिच नभएता पनि उनिद्वारा संगीतबद्ध एबं संकलीत लोक सङ्गीतले संगीतप्रेमीहरुको हृदयमा गहिरो स्थान बनाएका छन् ! नेपाली आधुनिक सङ्गीतमा सिङ्गो जीवन खर्चीएका थापाले संगीत सम्बन्धि पुस्तकहरु पनि लेखेकाछन ! गीतारसम्बन्धी आधारभूत जानकारी समेटिएको उनको ‘गीतार गाइड’ पुस्तक धेरै बिक्री भएको पुस्तक हो ! उनि रेडियो नेपालका जागिरे कलाकार पनि थिए ! रेडियो नेपालको संगीत महाशाखा अन्तर्गत सातौँ तहको अधिकृतस्तरका उनि बरिष्ठ संगीत संयोजक पदमा रहेर रेडियो नेपालको सांगीतिक विकासमै खटिएका थिए ! उनले सांगीतिक जीवनमा १५० लोक गीत तथा २०० आधुनिक गीतमा संगीत दिएका छन् ! उनिद्वारा संगीतबद्ध ‘ऋतुहरुमा तिमी हरीयाली बशन्त हौ’ बोलको अरुण थापाले गाएको सदाबहार आधुनिक गीतले विश्व प्रसिद्ध प्रसारण संस्था बिबिसीको सर्वेमासमेत उत्कृष्ट दश भित्र स्थान सुरक्षित बनाएको थ्यो ! उनले ‘नेपाली तारा’ रियालिटी सोको प्रथम र दोश्रो सृंखलामा नव प्रतिभाहरुको गायन निर्णायकरुपमासमेत कार्य गरेका थिए !

बाल्यकाल :Ram Thapa

गायक संगीतकार राम थापा बाल्यकाल देखि नै गीत गाउने नाच्ने गर्दथे ! युवक माद्यमिक बिद्यालय पकनाजोलमा ६,७ कक्षा पढ्दा देखिनै स्कुलको कार्यक्रममा गितार बजाउंदै गीत गाएर सबैको जितेका थिए ! स्कुलमा उनि साथीभाईसंग समुहमा या एकल नृत्य पनि गर्थे ! कहिले केटी बनेर पनि नाच्थे ! साना ठुला सबै व्यक्तित्वसंग उत्तिकै मिलनसार उनि बिस्तारै आफ्ना टोलकै केही सिनियर दाईहरुसँग मिलेर गीतार बजाउन थाले। आफै गीतार कर्ड्स खोजेर बजाउने अभ्यास गर्न थाले ! नभन्दै गीतारबादनमा निकै प्रगति गरे ! एकदिन आफ्ना साथि गायक अरुण थापाको गीत रेकर्डमा गीतार बजाउन रेडियो नेपाल छिरे उनि ! त्यहि नै उनको रेडियो नेपाल प्रवेशको ऎतिहाशिक क्षण बन्यो ! उनि पढाईमा भन्दा नाचगानमा बढी ध्यान दिन्थे तर पनि पढाईमा पनि धेरै कम्जोर भने होईनन उनि ! उनले सम्पूर्ण ध्यान सङ्गीतमा लगाउदै भएपनि १४ वर्षको कलिलो उमेरमै २०२९ सालमा युवक माद्यमिक बिद्यालय पकनाजोलमा एस.एल.सी पास गरे । एस.एल.सी पढाई सक्दासम्म गीतारमा कर्ड खोजीखोजी बजाउन सिपालु भईसकेका राम थापाको यो खुबीलाई निगरानी गरिरहेका आफ्ना गुरु भैरवबहादुर थापाले आफ्नो संस्था ‘भैरव नृत्य दल’मा उनलाई समावेश गराए । उक्त समुहमा हरिबंश आचार्य ,मीरा राणा ,जयनन्द लामा ,कृष्णबहादुर लामा ,खेलबहादुर राना,आदि थिए ! टोलटोलमा सांस्कृतिक कार्यक्रम गर्ने यसै संस्थाम रहे थापाले मादल, हार्मोनियम बजाउन र नाच्न सुरु गरे । उनको क्षमता निखारिंदै गयो। उनि खासगरी लोकगायनमा आफुलाई स्थापित् गराउन चाहन्थे ! नभन्दै उनले पहिलो पटक २०३१ सालमा रेडियो नेपालबाट लोक गायनमा स्वर परीक्षा पास गरे । स्वर परीक्षा उत्तीर्ण गरेपछि आफ्नै संकलनमा उनले ‘हाई हाई वनकाली माई’ बोलको गीत रेकर्ड गराए। उनको गीतारबादनलाई पनि राम्रो मानियो ! रेडियो नेपालको रेकर्डमा टेक बेसीसमा काम गर्न थाले ! गीत पनि गाउन थाले रेडियो नेपालमा ! गायिका तारा थापासँग रेडियो नेपालमा गाएको पहिलो गीत ‘ ‘हाई हाई वनकाली माई’ थ्यो उनको ! पहिलो गीत नै चर्चित बनेपछि दिन दुगुना रात चौगुना चर्चा चुलिन थाल्यो रेडियो नेपालबाट ! दैनिकरुपमा उनको स्वर गुञ्जन थाल्यो ‘हाई हाई बनकाली माई’ ! यसपछिका दिनमा उनले कहिलै
फर्केर हेर्न परेन ! यसले रेडियो नेपालसंगको सहयात्रालाई पनि सहज र सार्थक तुल्याई दियो !

रेडियो नेपालसंगको सानिध्य :

राम थापा २०३१ तिर रेडियो नेपाल आएका हुन् ! उनका अनन्य मित्र सुप्रसिद्ध गायक अरुण थापाले रेडियो नेपाल प्राङ्गड टेकाएका हुन् ! अरुणको एउटा गीतमा गीतार बजाउन रेडियो नेपाल छिरेका राम थापा त्यस पछिका दिनमा केहि वर्ष गीतार बादककैरुपमा क्रियाशील रहे ! यसपछि त सिंगो जीवन नै रेडियो नेपालमा नै बिताए ! उनीभित्रको प्रतिभा क्षमता र कला जति मांझिदै जान्थ्यो त्यति त्यतिनै रेडियो नेपाल ले गहिरोरुपमा समाउँदै लैजान्थ्यो ! हुँदा हुँदै यिनले आफ्नो उमेर र बैंश रेडियो नेपालमै खन्याए ! उनीभित्र कुनै स्वार्थ थिएन केवल एउटा राम्रो सर्जक भन्दा पर ! राम्रा गीतमा संगीत भर्नु र राम्रा मनछुने लोकगीतहरु गाउनु ,नव प्रतिभाहरुलाई माथि उठाउनु , संगीत प्रशिक्षण दिनु , उनका दैनिकी बन्दै गए रेडियो नेपालमा ! कहिले संगीत उत्पादनमा जोडिए ,कहिले आधुनिक कहिले लोक ,कहिले संकलन ,कहिले गामबेशिमा लोकगीतको संकलन ,कहिले टेप लाईब्रेरीको गीत सेटिङ्गमा त कहिले कार्यक्रम संचालनमा कहिले नियमित उदघोषणमा ! राम थापा रेडियो नेपालका एक क्रियाशील राष्ट्रसेवक बने ! उनि गीत रेकर्डमा लागि पछि आफैलाई पनि बिर्सन्थे ,भात पानी ,परिवार बिर्सन्थे ! संगीत उनको नशा थ्यो ! त्यहि नशामा हेलिंदा हेलिंदै रेडियो नेपालको स्टुडियोमा उनको संगीत उनका परमप्रिय मित्र अरुण थापाको स्वरमा रेकर्ड भएको ‘ऋतुहरुमा तिमी हरियाली वसन्त हौ ‘ सन् २००२ मा बि.बि.सी.वर्ल्ड लण्डनले गरेको सर्वेक्षणमा संसारकै १० उत्कृष्ट गीतहरुमध्ये सातौँ स्थानमा पुग्यो जसले सम्पूर्ण नेपाली सङ्गीतकर्मीका साथै नेपालीहरुको पनि इज्जत बढायो ! यस सुखद शंदेशले रेडियो नेपालको पनि गौरब बढेको अनुभुती भो सबैलाई ! करिब ३०० गीतमा स्वर तथा सङ्गीत दिएका थापाका ऋतुहरुमा तिमी हरियाली बशन्त हौ, चुमेर किन छोड्यौ हातहरु, तिमीलाई अचेल कहाँ भेटुँ , जुनी जुनीलाई मेरी उनिलाई , कुन देशकी चरी हौ तिमी , पानीको रिमझिम बर्षातको बेला ,मेरो याद अझै आउँछ भने ,तिमी यसै लजायौ (रबिन शर्मा) ,सुन सुन सुन मेरा साथि , कति बस्छ्यौओडी लाजको घुम्टो ,कुन बेला टेक्यौ , फूल झरे पनि आदि लगायतका दर्जनौ गीतहरु सफल रहेका छन् भने ठेट नेपाली शैलीका साथै विशेषगरी ठटयौली खालका लोक गायककारूपमा पनि सुपरिचित छन् । उनि राष्ट्रिय भावका गीतमा पनि उत्तिकै ससक्त हुन् ! दुई दर्जन बढी स्वदेशगानमा संगीत दिएका छन् उनले ! दिनेश अधिकारीद्वारा रचित ‘पहाड झुक्नु पर्छ आंधी रोक्नु पर्छ’ बोलको गीत राम थापा दिवाकर खंडकाले गाएका छन् जुन सर्बाधिक चर्चित स्वदेशगान हो उनको !

राम थापाले आफ्नो आवाजलाई लोकगीतमा सजाए, रेडियो नेपालको नियमित उदघोषणमा पनि राम्रै गरी स्थान बनाए ! उदघोषण कलालाई पनि राम्रै गरी उपयोग गरेका थिए उनले । २०४७ सालदेखि २ वर्षजति “आञ्चलिक सुस्केरा” नामक लोकगीति कार्यक्रम पनि संचालन गरे रेडियो नेपालबाट । राम थापा रेडियो नेपालमा लोकगीततर्फ प्रतिष्ठित श्रेणीका गायक र आधुनिक सङ्गीततर्फ प्रतिष्ठित श्रेणीको सङ्गीतकारकोरुपमा कार्यरत थिए ।

संगीतकार थापाले संगीत गरेका सुरुवातिचरणका आधुनिक गीतहरुमा आर. के. राजभण्डारीको रचनामा जयन्ती शर्मा र राम थापाले गाएको ‘साँझ बनि पर्खी’ पहिलो गीतकोरुपमा देखा पर्दछ ! यस्तै बिमला थापाको रचना दिवाकर खंडकाको स्वरमा ‘कल्पनाको नौलो’ ,बिमलाकै शब्दमा पंचनारायण ,अमिर लामा र राम थापाले गाएको ‘आकाशको तारा’ ,कृष्णगोपालको रचनामा बिज्ञान श्रेष्ठले गाएको ‘मेरो हार भयो’ ,राम थापाको शब्दमा दिवाकर खंडकाले गाएको ‘टाढाबाट’ ,सन्तोष बस्नेतको रचनामा दिवाकर खंड्काले गाएको ‘प्रीतिको डोरीले’ ,कृष्णगोपालको रचना दिवाकर खंड्काले गाएको ‘माया मेरी कती’ ,बिमला थापाको शब्दमा प्रकाश श्रेष्ठले गाएको ‘कल्पनाको संसार’ , सुरेन्द्र रानाको शब्दमा क्रमस ५ वटा गीतहरु ‘माया यो आकाश’ (शशि गुरुङ ),’बर्बाद नै गरयौ’ (चेतमान गुरुङ ) ,हेर्न नपाउंदै( रेणु थापा) ,अंधेरो जीवनमा (बिज्ञान श्रेष्ठ) ,चोटहरु छाती( बिज्ञान श्रेष्ठ ),भैरबनाथ रिमाल कदमको शब्दमा बासुदेव मुनालले गाएको ‘निरश मेरो जीवन’ ,डा. कृष्णहरी बरालद्वारा रचित द्वारिकालाल जोशीको स्वरमा गाईएको ‘बाधा परुन जती’ ,ओमबिक्रम बिष्टले गाएको सुरेन्द्र रानाको रचनामा ‘मेरो याद अझै’ ,दिवाकर खंडका र साथीहरुको स्वर सुरेन्द्र रानाको रचनामा ‘हिक्काहरु मुटु भित्र’ ,शोभाकर रिसालको शब्द दिवाकर खंडकाको स्वर ‘आँशुको मात्र हैन’ ,धनेन्द्र बिमलको रचना मनोज गुरुङ्को स्वरमा ‘सपना भनि’,सन्तु व्यथितको रचना तारा थापाको स्वर ‘के भनुँ कथा’ ,बिरेन्द्र पाठकको रचना प्रकाश गुन्जनको स्वरमा ‘नगर माया मायालु’ ,नारायणकुमार आचार्यको रचना बिनोद कुमार श्रेष्ठको स्वरमा ‘मैंले माया तिमीलाई’ श्रीपुरुष ढकालको रचनामा दिवाकर खंड्काको स्वर ‘तिम्रै गालाको अड्डी’ बोलका गीतहरु राम थापाको सांगीतिक जीवनका प्रारम्भिक चरणका आधुनिक गीतहरु हुन् !

यसपछिका दिनहरुमा संगीतकार राम थापाले धेरै श्रष्टा र गायक गायिकाहरुसंग काम गरे ! गायिका संगीता थापा ,पद्ममावती सिंह ,तारा थापा ,मीरा राणा ,गायक भक्तराज आचार्य (आँशु जस्तो हो, रचना: बिदुर खंडका),अरुण थापा ( यो मनको के ,रचना :सुरेन्द्र राणा ),प्रकाश श्रेष्ठ (यस्तै नै छ यहाँको रित ,रचना :धनेन्द्र बिमल ),अरुण थापा ( ऋतुहरुमा तिमी ,रचना :राजेन्द्र रिजाल ), हिक्मत माली (कुन देशकी चरी तिमि रचना: डा. कृष्णहरि बराल ),रबिन शर्मा (तिमि यसै लजायौ ,रचना :दिनेश अधिकारी ),पबित्रमान शाक्य (कति बस्छ्यौ ओडी लाजको घुम्टो ,रचना :भुषण खरेल ),तारा थापा (कुन बेला टेक्यौ ,श्रीपुरुष ढकाल ),सुनिता सुब्बा (चुमेर किन छोड्यौ हातहरु ,रचना :सुरेन्द्र राना ,प्रकाश श्रेष्ठ (पानीको रिमझिम ,रचना : गगन बिरही ),तारा थापा (सुन सुन मेरा साथि ,रचना: डा. कृष्णहरि बराल ,रबिन शर्मा (जुनी जुनीलाई ,रचना: सुरेन्द्र राना ),प्रेमध्वज प्रधान (तारा टिपुं टिपुं ,रचना : रबि प्राञ्जल ,प्रकाश श्रेष्ठ (मलाई नजरको ,रचना: दिनेश अधिकारी ),सुनिता सुब्बा (हातमा चुरा ,रचना :दिनेश अधिकारी ),रबिन शर्मा (साँझको बेला ,रचना: रबिन्द्र शाह ),मिरा राणा( धेरै धेरै माया छ, रचना: धनेन्द्र बिमल), प्रकाश श्रेष्ठ (बैगुनि छौ भनु भने ,रचना: दामोदर घिमिरे ),रबिन शर्मा तारा थापा (फ़ुल झरे पनि ,रचना : सुबाशचन्द्र ढुंगेल ),प्रेमध्वज प्रधान (तिमीलाई अचेल ,रचना : गगन बिरही ),रबिन शर्मा ,(विश्वाशको पाना भरी, रचना: राजेन्द्र सारा) ,रबिन शर्मा (मनका सबै बोझहरु ,रचना: कृष्णहरि बराल ),जयंतिराज भण्डारी (किन जुधे आँखा, रचना: लय संग्रौला ) यी गीतहरु संगीतकार राम थापाको सांगीतिक जीवनमा सबैभन्दा चर्चित बनेका आधुनिक सुगम संगीतहरु हुन् !

गीतकारहरुसंग राम थापा :

संगीतकार राम थापाले आफ्नो सांगीतिक जीवनमा धेरै गीतकारहरुसंग काम गर्ने अवसर पाए ! सुरुवातका दिनहरुमा उनले गीतकार आर.के.राजभण्डारी ,बिमल थापा ,कृष्णगोपाल श्रेष्ठ ,सुरेन्द्र राना ,सन्तोष बस्नेत ,भैरबनाथ रिमाल ,कृष्णहरि बराल ,शोभाकर रिसाल , धनेन्द्र बिमल ,सन्तु व्यथित ,बिरेन्द्र पाठक ,नारायणकुमार आचार्य ,श्रीपुरुष ढकाल ,सरोज कार्थक ,बिदुर खंडका ,दैबज्ञराज न्यौपाने ,जीवन भण्डारी ,दिनेश अधिकारी ,धर्मराज अर्याल ,गगन बिरही ,रामबिक्रम सिजापती,शुशिला रायमाझी ,जिवनसिंह भण्डारी ,किरण के.सीका.गीतमा संगीत गरेका छन् ! त्यसपछिका दिनहरुमा ,कुमारी रेश्मा ,पुरुषोत्तम पोख्रेल ,राममणी रिसाल ,राजेश लामिछाने ,नारायण अधिकारी ,भुषण खरेल ,ध्रुबगोपाल पराजुली ,उत्तम श्रेष्ठ ,कृष्णहरि बराल ,रबि प्राञ्जल ,रबिन्द्र शाह ,सचिन उपाध्याय ,सुजाता श्रेष्ठ ,ईन्दकान्त कार्की ,सुबाशचन्द्र ढुंगेल ,रमासिंह ,शम्भु थापा ,पुरुसोत्तम सापकोटा ,पुरेन्द्र अर्याल ,नवराज शर्मा पौडेल ,दामोदर घिमिरे ,बीबी थापा ,प्रतिमा लामिछाने ,राजेन्द्र सारा ,शम्भु थापा ,नरेन्द्रजंग बस्नेत ,सम्प्रश अधिकारी ,कृष्ण मल्ल ,क्षेत्रप्रताप अधिकारी ,लय संग्रौला ,,नारायण अधिकारी ,लेखराज शाह ,माधव सागर ,दृष्या गुरुङ ,विष्णुराज लुईटेल ,राजकुमार थापा ,गौतम तिमीला ,बुद्धबिर लामा ,,नरेन्द्रराज प्रसाईं ,भिमराना जिज्ञासु ,लक्ष्मीराम श्रेष्ठ ,रमेश पौडेल ,जस्ध्वज गुरुङ ,करुणा महत ‘मुस्कान’ ,पाण्डव सुनवार ,बेदबहादुर कुँवर ,केशवराज राजभण्डारी ,बासुदेव मुनाल ,टिका उप्रेतीसंग काम गरे जसका गीतमा आफ्नो सिङ्गॊ जीवन सर्जककारुपमा समर्पण गरे ! यिनै गीतकारहरुका गीतमा संगीत दिंदा दिंदै यीनि हामीबाट सदाका लागि टाढीए यद्यपी उनका ति कतिपय कालजयी श्रिजनाहरु नेपाली नेपाली सांगीतिक आकाशमा गुन्जी नै रहेकाछन् ! राम थापाले आफ्नो सांगीतिक जीवनमा धेरै गीतकारहरुसंग काम गर्ने अवसर पाए ! सुरुवातका दिनहरुमा उनले गीतकार आर.के.राजभण्डारी ,बिमल थापा ,कृष्णगोपाल श्रेष्ठ ,सुरेन्द्र राना ,सन्तोष बस्नेत ,भैरबनाथ रिमाल ,कृष्णहरि बराल ,शोभाकर रिसाल , धनेन्द्र बिमल ,सन्तु व्यथित ,बिरेन्द्र पाठक ,नारायणकुमार आचार्य ,श्रीपुरुष ढकाल ,सरोज कार्थक ,बिदुर खंडका ,दैबज्ञराज न्यौपाने ,जीवन भण्डारी ,दिनेश अधिकारी ,धर्मराज अर्याल ,गगन बिरही ,रामबिक्रम सिजापती,शुशिला रायमाझी ,जिवनसिंह भण्डारी ,किरण के. सी.क गीतमा संगीत गरेका छन् भने त्यसपछिका दिनहरुमा ,कुमारी रेश्मा ,पुरुसोत्तम पोख्रेल ,राममणी रिसाल ,राजेश लामिछाने ,नारायण अधिकारी ,भुषण खरेल ,ध्रुब गोपाल पराजुली ,उत्तम श्रेष्ठ ,कृष्णहरि बराल ,रबि प्राञ्जल ,रबिन्द्र शाह ,सचिन उपाध्याय ,सुजाता श्रेष्ठ ,ईन्दकान्त कार्की ,सुबाशचन्द्र ढुंगेल ,रमासिंह ,शम्भु थापा ,पुरुसोत्तम सापकोटा ,पुरेन्द्र अर्याल ,नवराज शर्मा पौडेल ,दामोदर घिमिरे ,बीबी थापा ,प्रतिमा लामिछाने ,राजेन्द्र सारा ,शम्भु थापा ,नरेन्द्रजंग बस्नेत ,सम्प्रश अधिकारी ,कृष्ण मल्ल ,क्षेत्रप्रताप अधिकारी ,लय संग्रौला ,,नारायण अधिकारी ,लेखराज शाह ,माधव सागर ,दृष्या गुरुङ ,विष्णुराज लुईटेल ,राजकुमार थापा ,गौतम तिमीला ,बुद्धबिर लामा ,,नरेन्द्रराज प्रसाईं ,भिमराना जिज्ञासु ,लक्ष्मीराम श्रेष्ठ ,रमेश पौडेल ,जस्ध्वज गुरुङ ,करुणा महत ‘मुस्कान’ ,पाण्डव सुनवार ,बेदबहादुर कुँवर ,केशवराज राजभण्डारी ,बासुदेव मुनाल ,टिका उप्रेती संग काम गरे जसका गीतमा आफ्नो सिङ्गॊ जीवन सर्जकका रुपमा समर्पण गरे ! यिनै गीतकारहरुका गीतमा संगीत दिंदा दिंदै यीनि हामी बाट सदाका लागि टाढीए यद्यपी उनका ति कतिपय कालजयी श्रिजनाहरु नेपाली नेपाली सांगीतिक आकाशमा गुन्जी नै रहेकाछन्

राम थापाको संगीतमा गीत गाउने गायक गायिकाहरु :

सांगीतिक जीवनमा उनको संगीतमा गीत गाउने गायक गायिकाहरुको लामै सुची छ रेडियो नेपालमा ! प्रेमध्वज प्रधान ,फत्तेमान,भक्तराज आचार्य ,मीरा राणा ,तारा थापा ,रबिन शर्मा ,दिवाकर खंडका ,संगीता थापा ,बिज्ञान श्रेष्ठ ,अरुण थापा, ,पदमावतीसिंह ,प्रकाश श्रेष्ठ ,सरोज कार्थक ,तारा थापा ,टीका भण्डारी ,प्रकाश पाठक ,बिनोदशुन्दर श्रेष्ठ, चेतमान गुरुङ ,गौतमराज कर्णिकार ,भैरब खकुरेल ,कृष्णगोपाल ,जयंतिराज शर्मा ,शशि गुरुङ ,रेणु थापा ,बासुदेव मुनाल ,द्वारीकालाल जोशी ,मनोज गुरुङ ,ओमबिक्रम बिष्ट ,हिक्मत माली ,प्रफुल्ल श्रेष्ठ ,विश्वमणि पोखरेल ,ज्ञानु राणा ,पबित्रमान शाक्य ,सुनिता सुब्बा ,जुजुकाजी रंजित ,महेशराज ठाकुर ,सुनिल ज्ञवाली ,सुवर्ण श्रेष्ठ ,दीपतारा ताम्राकार ,निलम श्रेष्ठ ,सुदेशराज शर्मा ,ईना श्रेष्ठ ,ईश्वर श्रेष्ठ ,रत्ना बराल ,दानप्रसाद गिरी ,पूर्ण परियार ,सिताराम ताजपुरिया ,आनन्द कार्की ,उषाकिरण अधिकारी ,लोचन भट्टराई ,सुमन मुखिया ,अजित थापा ,शितल पुन ,शुनिल शर्मा ,लक्ष्मी श्रीजन बजगांई ,पुर्ण परियार ,ठुले राई ,रोशन गुरुङ ,यम बराल ,शुष्मा श्रेष्ठ ,अमिर लामाले रेडियो नेपालका रेकर्डहरुमा संगीतकार राम थापाको संगीतमा आधुनिक गीत गाएका छन् ! यिनै कलाकारमध्येबाट गाईएका कतिपय गीतहरु कालजयी प्रकृतीकासमेत बनेका छन् ! त्यसो त राम थापाले रेडियो नेपाल बाहिर खासगरी म्युजिक नेपालमा पनि धेरै गीतहरु रेकर्ड गरेका मात्र छैनन धेरै एल्बमहरु समेत प्रकाशित गरेका छन् ! ९ वटा व्यंग्य गीत सम्बन्धि एल्बम समेत प्रकाशीत् गरेका छन् भने डेड दर्जन जति आधुनिक गीतका सोलो एल्बमहरुसमेत म्युजिक नेपालबाट प्रकाशित गरेका छन् ! ति मध्ये कुनै एल्बम त बर्षकै उत्कृष्ट सेल्स रेकर्ड भएका एल्बम पनि छन् उनका ! अर्थात व्यावसायिक दृष्टीकोणबाटसमेत राम थापा श्रोतामाझ एक सफल संगीतकार तथा गायक हुन् जसका संगीत र स्वरहरु गाउँमा पहिले क्यासेट अहिले सिडी र युटुबबाट समेत सुन्ने गरिन्छ !

दुखको अवस्था :

संगीतकार राम थापाका पुत्र ‘निषाद’ आइ.एस.सी.पढ्दै थिए ! फाइनल परिक्षा तैयारी चल्दै थ्यो ! ल्याब परिक्षणमा एसिडको परिक्षण र
प्रयोग गर्ने क्रममा ख्यालख्यालमै निशाद्को ज्यान गयो ! एक थोपा एसिड टेष्ट आफ्नै जिब्रोले गर्ने धृष्टताकारण उनि कहिलै फेरी फर्केर आउन सकेनन ! दुई सन्तानका पिता रामथापा र उनको परिवारलाई मात्र होईन सारा बिद्यालयका बिद्यार्थी शिक्षकहरुलाई रुवायो दर्दनाक घटनाले ! छोराको यस्तो सम्बेदनात्मक एबं कहालीलाग्दो दुर्घटना पछी रामथापा गहिरो चोटमा परे ! केहि मद्यपानको लत पनि बढ्दै गयो उनीमा ! पारिवारिक रिक्तता र सुन्यतालाई मेटाउने अरु कुनै अस्त्र थिएन उनिसंग ! यसले पनि उनको जीवनमा बिचलन ल्यायो !

मेरो बिचारमा राम थापा :

संगीतकार राम थापा एक राष्ट्रसेवक कर्मचारीमात्र नभएर श्रोताको मनमा बस्न सफल लोक गायक ,आधुनिक सुगम संगीतका संगीतकार ,संगीत सम्बन्धी सामग्री लेखक ,लोक गीतका संकलक , एक सफल नृत्यकार र नयाँ पुस्ताका लागि एक पथ प्रदर्शक समेत हुन् ! उनले मेरो संकलनमा पनि गीत गाएका छन् ,उनीसंग ईलाम फिक्कलको एउटा लोक गीत संगै गाएको छु रेडियो नेपालमा । उनको संगीतमा पनि आधुनिक गीत गाएको छु ,उनका दर्जनौं गीतहरुमा एक कालखण्डमा बाद्यबादनमा सहकार्य गरेको छु ,बीसौं वर्ष एउट्टै संस्था भित्र सुख दुख घाम पानी एउट्टै छाना मुनि संगै बिताएका छौँ ! उनि सरल ,शिष्ट ,नम्र , हार्दिक ,मित्रवत थिए ! संगीतमा जुझारु र सदा क्रियाशील थिए ! उनीमा दम्भ घमण्ड थिएन , उनि बुढानिलकण्ठ स्कुल ,राजदरबार र सिंहदरबार भित्रको रेडियो नेपालमा संगीत सम्बन्धि एकसाथ काम गरेका संगीतकर्मी हुन् तर त्यसको सुईंको कसैले पाउन्दैन थिए ! उनि श्रोताका प्रिय रेडियो उद्घोषक पनि हुन् ! नेपाली संगीतमा कहिले पाश्चात्य त कहिले हिन्दुस्तानी संगीतको गहिरो प्रभाव परिरहेको परिप्रेक्षमा राम थापा यी दुवै धारबाट अलग रहे ! न उनका संगीतलाई पप,रक , हिपप, र ज्याज शैलीले नै छोयो, न त हिन्दुस्तानी संगीतका अनेकन बहुरंगी सांगीतिक शैलीहरूले नै प्रभाव पार्यो ! कतिपयले उनका संगीतलाईसमेत लोक गीत जस्तो पनि भने तर उनले आयातित संगीतमा रमाउनु भन्दा बरु लोके ,पाखे,झ्याउरे जे भनिन्छ मलाई त्यहि ठिक भन्ने प्रतिक्रिया हांसी हांसी दिईरहे ! आखिर उनको यहि सोच र त्यसानुसारको सिर्जना नै जीतकोकारण बन्यो जीवनमा ! नेपाली आधुनिकताको नाउँमा खोक्रो आधुनिकतामा रमाउनेहरुलाई यिनले सधैं पछाडी पारे ! यिनले संगीत गरेका कतिपय गीतहरु कालजयी प्रकृतीका पनि छन् र कतिपय समसामयिक दृष्टिकोणबाट उत्कृष्ट छन्,केहि व्यावसायिक पनि लाग्छन ! समाजमा बिक्ने र टिक्ने दुवै खाले गीत संगीत गरे यिनले ! कतिपय हेर्ने गीतहरु पनि बनाए !राम थापा नेपाली संगीतका बहुप्रतिभाशाली श्रष्टा हुन् ! आफुले हात राखेको प्राय सबै विधामा सबल र सफल देखिएका छन् ! आफूमाथि परेको पारिवारिक बज्रपातबाट (छोराको सन्दर्भ ) माथि उक्लन नसक्नु र त्यसबाट सृजित र बिकसित थप घटनाक्रमहरुलाई व्यवस्थापन गर्न असमर्थ हुनु नै उनको जीवन अल्पायुको कारण बन्यो ! राम दाई हाम्रो उच्च सम्मान छ, भौतिकरुपमा तिमी यस धर्तीमा नरहेता पनि तिम्रा सिर्जनाहरुले तिमीलाई युगौं युगसम्म नेपाली सांगीतिक धर्तीमाजिवितनै बनाई राख्नेछन् ! तिम्रा ति श्रोतानुकुलका सुमधुर सिर्जनाहरु रहुन्जेल अजर र अमर बनिरहने छौ ! जय होस् तिम्रो अजेय सांगीतिक यात्राको ,जय होस् तिमि एक बहुप्रतिभाशाली अमर श्रष्टाको !

आज(November 20) प्रसिद्ध संगीतकार गायक स्व. राम थापाको स्मृती दिवश , हार्दिक श्रद्धान्जली सहित… उनको वास्तविक जीवन कथा प्रस्तुत छ।

टीका भण्डारी
_________
गायक संगीतकार
उप -निर्देशक ,रेडियो नेपाल

(स्रोत : रचनाकारको फेसबुकबाट सभार )

This entry was posted in स्रष्टा परिचय and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.