~भुपेन्द्र वीर विक्रम लामा~
त्यो दिन
सन १९७५ मे महिनाको १६ तारीख
विश्वमान चित्रबाट
एउटा सार्वभौम र स्वतन्त्र राष्ट्र
सदाको लागि विलिन गराएर
राष्ट्रघाती लुण्डुप दोर्जेहरु
पराई देशको
दोस्रो दर्जाको नागरिक
बनेको दिन।
त्यही दिन
सिक्किमी जनताको सर्वोच्चताको नाममा
इसाराजिवी कठपुतलीहरुले
धोकापूर्ण प्रायोजित खेल जित्दै
राष्ट्रको नाममा सुरक्षीत
सार्वभौमसत्ता
स्वाधीनता
राष्ट्रियता
स्वाभिमान र
आत्मसम्मान
एउटै बाकस भित्र कैद गरेर
बिस्तारवादीको पाउमा
बिसर्जन गरेको दिन।
हो
त्यही घोर निरासा छाएको दिनको
कालो इतिहास लेखेको
कलमको निपमा
आलो मसि गनाई रहदा
आज पनि फेरि
अर्को एउटा सार्वभौम राष्ट्र भित्र
त्यही बिस्तारवादीद्वारा प्रायोजित
लुण्डुप अवातारहरु सलबलाउँदै छन्
फेरि पनि अर्को एउटा
धोकापूर्ण खेलको सुरुवात भएको छ
जातिवाद, नश्लवाद र क्षेत्रीयतावादको
मुखौटो भित्र
बिचौलिया लुण्डुप अवतारहरु
बिस्तारवादीका दलालहरु
बेच्दै छन कौडिको भाउमा
सार्वभौमसत्ताहरु
स्वाधीनता अनि स्वाभिमानहरु
राष्ट्रियता र आत्मसम्मानहरु
गैरनागरिकहरुको आडमा
बिस्तारवादीको प्रायोजनमा
शक्ति प्रदर्शन गर्दैछन
बिस्तारवादिकै भुमिमा उभिएर
आफ्नै देशको विरोधमा
मानवताको धज्जी उडाउदै
गर्दैछन आफ्नै जनता माथी
नाकावन्दीको नाटकहरु
देखाउदैछन निर्दोषहरु माथी
आतंकवादी रवैयाहरु
केवल
केवल बिस्तारवादी प्रभुको खुशिको निम्ति।
आसा गरौं
फेरि लेखिने छैन
त्यो कालो इतिहास
उदाङ्गो पारिनेछ
देशद्रोही कालो खेलहरु
लुण्डुप अवतारहरुको अनुहारबाट
मुखौटोहरु उतारेर
बाँच्नेछ सारा जनताहरु
सार्वभौमसत्ताको श्रीपेच
माथ भरी सजाएर।।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )