~मदन दुलाल~
बेमौसमी बाजा बजेको बेला
सिमाना हरपल टुटेको बेला
भयो अब नजिस्काउ
मेरो देश दु:खेको बेला।।१
मातृत्व र भातृत्व लुकेको बेला
एकताको गाँठो फुकेको बेला
भयो अब नसोध
स्वाभिमानी शिर झुकेको बेला।।२
नभुक्ने कुकुर भुकेको बेला
ढुकुटी सारा लुटेको बेला
भयो अब नजिस्काउ
बिकाशको मुहान सुकेको बेला।।३
भ्रष्टहरूले देश ढाकेको बेला
बुद्धिमा बिर्को लागेको बेला
भयो अब नसोध
पुर्खाले हामीलाई थुकेको बेला ।।४
– मदन दुलाल
ललाई,भूटान
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )