~डा मधु माधुर्य~
सुनसान वातावरणः न झ्याउंकिरीको आबाज, न चराचुरुंगीको चिरीबिरी,उजाड्प्रायः दृश्यः न हरियाली जंगल,न नदिनाला, खोला र झरनाहरु,शान्त परिवेशः मानौं यो धर्तीमा युद्दको खेतीपाती कहिल्यै भएन।
त्यो बस्तिमा न त गगनचुम्बी घरहरु नै देखिन्थे, न त भीड बजार वा बस्तुहरु नै देखिन्थे। तर अचम्म अचम्मका कृयाकलापहरु यत्रतत्र देख्न पाइन्थ्यो। मान्छेहरु एउटै भाषामा बोल्थे, एउटै पहिरनमा हिंड्थे। एकले अर्को उपर शासन गर्ने तन्त्रको त्यहांं अनुपस्थीति थियो। भौगोलीक सांध र सीमानाको नाम निशाना थिएन। कहिलेकाहीं ममा यस्तो अनुभूति हुन्थ्यो, मानौं म ठूलो चिहानको यात्रामा ब्यस्त छु। शून्य आकाशमुनि शून्य धर्तीको सानो गोरेटोमा हिंडीरहेको थिएं म। एक्कासी बिपरीत दिशामा हिंडीरहेको एकजना मान्छेसंग जम्को भेट भयो। उ एउटा कृत्रिम कुकुरसंग खेल्दै खित्का छाडेर हांसीरहेको थियो। एकछिनपछि अरु दुईचार जना मान्छेहरु थपिए। उनीहरु आ आप्mनै कृत्रिम कुकुर, बिरालो र मूसाहरुसंग खेलीरहेका थिए। त्यो बस्तीमा प्राकृत्रिक जीवजन्तुहरु र मान्छेका बालबच्चाहरु देखिंदैनथे। ती मान्छेहरुको पहिरन देखेर म छक्कै परें। हरेकले रेडीयो एन्टीना जडान गरिएको प्लाष्टीकको टोपी र पांग्रा भएको जूत्ता लगाएका थिए।
एकछिनपछि मौनता भंग गर्दै एक आपसले न्यानो अभिवादन् गर्यौं र पचिय कार्यक्रम शुरु भयो। बिस्तारै वार्तालाप चल्दै गयो र मान्छेहरु थपिंदै गए। निस्तेज घाम आकाशको माझ पुग्नै लागेको थियो। एक्कासी उनीहरुले आ आप्mनो ध्यान आकर्षित गरे….. एउटा विचित्रको चरोे एउटा रुखबाट उडेर अर्कै रुखमा बस्न पुग्यो। पछिमात्र थहा भयो कि मैले देखेका ती हरीया रुखहरु र चराहरु पनि प्लाष्टीबाट बनेका कृत्रिम बस्तुहरु रहेछन्। एकजना बृद्द मान्छेले भने..आज हाम्रो ठूलो पर्व हो, त्यसैे हामी यस पटागिंनीमा जम्मा भएका छौं।
आज हामी यस धर्तीमा स्वतन्त्र दिवस मनाउन गैरहेका छौं। यस्को शुभारम्भ कबिता महोत्सवबाट हुनेछ……..। र उनीहरुको कविताबाटै स्वागत समारोहको थालनी भयोः
बिज्ञानको असंभव तोडेर
हामी इलेक्टेनको पल्लो क्षितिजमा उत्रेका छौं
भौगोलिक सांध र सिमाना मेटेर
हामी यस पटांगिनीमा हाजीर छौं
न त जातपातले छेक्छ हामीलाई
न धर्मले मत्ताउंछ हामीलाई
न कसैलाई थुन्छ राजनीतिले
न मार्छ भोक, रोग र शोकले
स्वतन्त्रताको लाएर मुकुट
भएका छौं बिजयी यस युगको
स्वागतम् सबैलाई आज स्वतन्त्रता दिवसको
निक्कै बेरसम्म ताली बजि नै रह्यो। उन्ले आप्mना अभिव्यक्तिहरु कवितामा पोखे। त्यस्को सार नबुझेर म लाटो भएर बसेको थिएं। फेरि पनि च।ाहरु उड्न थाले बादलबिनाको शून्य आकाशमा। एकछिनपछि आप्mनो कविता लिएर हाजीर भए अर्का युवा बक्ता,
थहा छैन इतिहासको शुरुवात कहांंबाट भयो?
थहा छैन भोलीको रुपरेखा कस्तो हुने हो?
थुप्रै राष्ट् र महाराष्ट्हरु थिए रे
थिए रे हरिया फांट र बेंसीहरु
हिमाल र नदिनाला थिए रे
देखिन्थ्यो सर्वत्र सुन्दर धर्ती
बालकको संभार नारीले गर्थी
नबुझेर मूल्य त्यो सृष्टिको
बिर्सेर लक्षभाव आप्mनो जीवनको
बांच्ने गर्थे मान्छेहरु पशुसरी
पिएर रगत एक अर्काको नशाभरी
क्रोधको आगो दन्केछ मानव मस्तिष्कमा
बनाएर खेलौना यो डल्लो पृथ्वीको
फुटाएछ अण्डाझैं आणविक घनले
मरेछ त्यो सभ्यता आप्mनै प्रहारले
अब भग्नावशेष टेकेर तेश्रो बिश्वयुद्दको
गर्दैछु प्रतिनिधित्व मानव सभ्यताको
बिर्सेर घनघोर घटना त्यो जघन्य पापको
मेरो शान्तिगीत बनोस् प्रतीक फलीफापको।
बल्ल मैले केही कुराहरु बुभ्mन थालें। सन्तापले निक्कै नै पिरोल्न थाल्यो मलाई। आंखाभरी छचल्किन थाले युद्दका भीषण दृश्यहरु, संहार हत्या, आगलागी, बारुद,बम र गोलीका आबाजहरु। यसैबिचमा उदघोषक मेरो नाम लिएर वाचन् गर्ने कुराको सूचना दिन्छन्। अपूरो कविता लिएर बरबरांउदै म मंचमा ठींड.ग उभिएं। अन्यौलको भावनाले मलाई किंकर्तब्यबिमूढ बनायो। तैपनि सन्नाटालाई भंग गर्दै म बिक्षिप्त पाराले कराउन थालें,
थुनेर कान युगौं युगान्तर
न सुन्यौ तिमीहरुले ऊं शान्ति हाम्रो
गर्वले अन्धा भएछौ प्राविधिक बिकासको
पलाएछ ह्दयमा अपार भ्रान्ति
कति उलटपुलट कति भए क्र््रान्ति
कहिले पाउंछ धर्तीले शान्तिको विश्रान्ति
उन्मत्त शक्ति बनेर सभ्यताको
तिमीले पहिलो बिश्वयुद्द सल्कायौ
बुनेर सपना एउटै साम्राज्यको
तिमीले त दाश्रो विश्वयुद्द दन्कायौ
आज बनेर बेमोल अवशेष तेश्रो बिश्वयुद्दको
कृत्रिम जीवन भोगिरहेछौ बिना ह्दयको
न सुन्यौ ढुकढुकी..सगरमाथाको देश
न सुन्यौ तिमीले बुद्दको शान्ति सन्देश
बनेर वास कृत्रिम सभ्यताको
भत्कायौ पर्खाल मानव गरीमाको
चाहिंदैन मलाई कृत्रिम स्वर्ग सुखको
चाहिंदैन मलाई इतिहास बिनाश र रक्तपातको
म हिजोको हराभरा र जंगली परिवेश भोग्न तयार छु
म सृष्टिको नैसर्गीक आयाम हेर्न आतुर छु
धर्तीमा फेरि पनि फुलोस सयपत्री र गुरांस
फैलाउंदै सौन्दर्य प्रकृतिको छरेर मन्त्रमुग्ध सुवास
कत्ति दुख्छ मन आज बोल्दा यसरी
सक्दिन भुल्न यो घटना स्वप्न जसरी…?
कबिता पूरा बांच्न नपाउंदै भीडमा रुवाबासी शुरु भयो। म त आगन्तुक बनेछु जस्तो लाग्यो यो सभ्यताको। थहा छैन अझै यो सपना थियो वा विपना। सपना भनुं भने यही अपूरो कविता टेबुलमाथि लम्पसार परिरहेछ अझैपनि।
हाल,
मास्को,रसीया
(स्रोत : Freenepal)