~विनय कसजु~
कछुवा गुफामा बस्थ्यो । सबैको कुरा सुन्थ्यो । तर धेरै बोल्दैनथ्यो । उ तपस्वीले झैं धेरै दिनसम्म केही नखाई बस्न सक्थ्यो । उसलाई अरु जनावरहरुले दार्शनिक मामा भन्थे ।
एक दिन उसले बाटामा प्याजको एउटा ठूलो डल्लो भेट्टायो । गुफामा ल्याएर उसले प्याजलाई ओल्र्टाई पल्र्टाई हेर्यो । एकातिर बोकाकोजस्तो झुस्स डाढी माथितिर चराको चुच्चो जस्तो तीखो टुृप्पो । चिल्लो । हर्ेर्दैमा राम्रो । के जीव होला यो भनेर कछुवा निक्कै घोरियो ।
धेरै बेरसम्म चिन्तन गर्दा पनि थम्याउन नसकेपछि उसले विचार गर्यो, “विद्वानहरुको चाला बडो विचित्रको हुन्छ । बाहिर जस्तो देखिन्छ भित्र त्यो हुँदैन ।” यसकारण उसले भित्र खोलेर हर्ेर्ने निधो गर्यो ।
उसले प्याजको बाहिरको पातलो बोक्रा च्यात्यो । भित्र बाक्लो नरम कुरा देखेर ऊ अलि खुशी भयो । उसले त्यो पत्र पनि फाल्यो । भित्र त्यस्तै अर्को पत्र देखियो । “यो त बडो रहस्यमय जीव रहेछ”, भन्दै झन उत्सुक हुँदै उसले प्याजका पत्रहरु एकएक गर्दै खोल्न थाल्यो ।
आखिरमा केही नभेटाएपछि कछुवाले त्यो प्याजका बोक्राहरुको रासलाई मनमनै प्रणाम गर्दै भन्यो, “संसार यस्तै रहेछ ।”
(स्रोत : Binaya Kasajoo’s Blog)