मनको घाऊ, धुन आउँदैन।
अचेल मलाई, रुन आउँदैन।
फूलभित्र केशरी, चुम्ने कसरी,
भवराँजस्तो,भुनभुन आउँदैन।
फूलभन्दा लाग्छ,पातको माया,
काँडा वरिपरी, छुन आउँदैन।
गजल गाउने,त्यो परकै कुरा,
कोइलीजस्तो,गुनगुन आउँदैन।
उज्यालो एक,उपहार सबैलाई,
सस्तो आज चाँदी,सुन आउँदैन।
बहस होला ठुलै,रात ककस्को,
ज्योतिपुञ्ज एक्लो,जुन आउँदैन।
मनको घाऊ, धुन आउँदैन।
अचेल मलाई, रुन आउँदैन।
२०६४।सुरेश ज्योतिपुञ्ज
(स्रोत : नेपाली गजल गुगल ग्रुप )