हे बिधाता,
सक्छस भने मलाई
चरा बनाईदे
ताकि
म खुल्ला आकाशमा उड़न सकूँ,
हरेक टोलमा पुग्न सकूँ,
हरेक घरमा बस्न सकूँ
साना-साना पात र घुस्यान हरु बटुलेर
मेहनत ले आफ्नै सानो गुंड बनाउन सकूँ।
मलाई कसैको बिस्कुन चोर्नु नपरोस
चारो खोज्दा मैले
आफ़ुजस्तै अर्को चरालाई ठुङ्ग्न पनि नपरोस
म आफैं उडेर
बस्ती-बस्ती चहारेर
चारा खोज्न सकूँ
आफ्ना बचेरा का पेट भर्न सकूँ।
मलाई सबैले राम्रो भनुन
सबैले आँखा मा राख्ने नानी बनूँ
कथाम्कदाचित म मरें भने पनि
कठैबरा भनिदिउन
मान्छेका दिल रोएर बोली अबरुद्ध हुनसकोस
शिकारिका बन्दुक रोएर गोली अबरुद्ध हुनसकोस
त्यसैले
हे बिधाता
मलाई चरा बनाइदे।
सुरेश बडाल
तुप्चे,नुवाकोट
(स्रोत : Suresh Badal’s Facebook )