साथमा उनी नहुँदा
आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन।
बरु औसी नै किन नहोस्
गजमा, शहरमा र साँधमा
सुस्केरा डुल्दा गजकन्दरामा
स्पर्श चल्दा काँधमा
निमेस मै नागेर ग्रह नै
लाग्छ अाइपुगेछु चाँदमा।
जहाँ उनी शित बर्षा गर्दैछिन
केश ओठ र आँखामा
लगाइ चुम्बन ललाटमा, लुट्पुट्याउदै काखमा।
तर नहुँदा उनी पासमा
आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन।
सुरा च्यापेर हातमा चाहर्छु शहरका गल्लिहरु
क्लब, डान्स बार, डिस्कोका
खिरिला कटी र अल्पबश्त्री नर्तकी छुदै
मात्तिने सतरङी बत्तिसँग बज्ने धुन, धुन जस्तो लाग्दैन।
बरु चुरी नै किन नहोस् छन्केको उनको हातमा
चाहे हुन बेहोसीका बर्बराहट रातमा
झन्कार छोड्छ मश्तिस्कमा
तरङ्ग पार्दै मुटुमा
तर साथमा उनी नहुँदा नौमतीको त्यो धुन, धुन जस्तो लाग्दैन।
परी नै ओर्लेर धरतिमा, भन्लिन
यो हिरा, यो मोती, यो रत्न
लेउ अनी अपनाउ मलाई।
बरु बस्छु चार कोठिमा
गुजार्छु चोला उनिसँगै
मिठो-नमिठो बाँढिचुडी रोटीमा
के देखाउछ्यौ सुनको लंका?
साथमा उनी नहुँदा
महल नै किन नहोस् सुन, सुन जस्तो लाग्दैन।
साथमा उनी नहुँदा
आकाशको त्यो जुन, जुन जस्तो लाग्दैन।
(स्रोत : रचनाकारको ब्लगबाट सभार )