उसले अचानोमा शिर राखिदियो
अनि तराजुमा शरीर राखिदियो
बनाउनेले कस्तो अजिब बनायो
मुटु राखिदियो पीर राखिदियो
हेरौं क–कसले के–के पाउँछन्
गरिबको बस्तीमा मन्दिर राखिदियो
कहिले पुगुँला म गन्तव्यमा
मेरो बाटोभरी भिर राखिदियो
जाउ बचाउ अब त्यो चेहरालाई
आगोको माथि तस्वीर राखिदियो
पत्थरमा ठोकुँ या पत्थरले ठोकुँ
अञ्जानको तकदिर स्थिर राखिदियो
कोहलपुर–२, बाँके
(स्रोत : Nepali Gazal – Facebook)