~सौगात सङ्घर्ष~
हरायौ तिमी
भेटियो होला अर्कै
चट्ट परेको ।
जून हेरेर
भोक मार्न सकिन्न
बिहे गरे’सि ।
झर्छ नि फूल
समय आएपछि
माया झर्दैन ।
सम्झना पनि
आइरहन्छ धेरै
तिम्रो र मेरै ।
तिमीले देख्यौ
आज बन्द कोठामा
को लुटिँदै छ ?
पोखरा
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)
Like this:
Like Loading...
Related
About Sahitya - sangrahalaya
We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.