बाल कथा : सागर र ब्याँग

~विनय कसजु~Binay Kasaju

आकाश कालो बादलले ढाकेको थियो । बेलाबेलामा बादल गर्जन्थ्यो र विजुली पनि चम्कन्थ्यो । पंधेराका भ्यागुताहरु अंध्यारो ओढार र कुनाकाप्चाबाट निस्केर पोखरीको डिलमा बसेर ठूलोठूलो स्वरले बात मारिरहेका थिए । उनीहरु धेरै पानी पर्यो भने संसार जलले ढाकिन्छ । अनि प्रलय हुन्छ । प्रलयमा कोही पनि बाँच्दैन भन्ने गफ गरिरहेका थिए । अचानक मुसलधारे पानी पर्न थाल्यो । पानी सँगै एउटा ठूलो भ्यागुता पंधेरामा यति जोडले खस्यो कि पानीमा धेरै बेरसम्म छाल उठिरहृयो । प्रलयको थालनी पो हो कि भनेर सबै भ्यागुताहरु बेतोडले आआपmनो ओढारतिर कुलेलम ठोके ।

पँधेराको पानी चल्न छोडेपछि भ्यागुताहरु हिम्मत गरेर फेरि बाहिर निस्के । उनीहरुले पँधेराको डिलमा एउटा नयाँ भ्यागुता देखे । पँधेरामा बस्ने भ्यागुताभन्दा त्यो भ्यागुता बेग्लै थियो । उसको जिऊ निक्कै ठूलो थियो र रंग पनि फुस्रो थियो । उसका आँखा गाजल लाएकाजस्ता राम्रा थिए । आपmनो वरिपरि धेरै भ्यागुताहरुलाई देखेर त्यो जंगी भ्यागुताले भन्यो, ” हेलो ।

पँधेराका भ्यागुताहरुले कसैले नमस्ते, कसैले जदौ, कसैले स्वस्ती त कसैले सलाम गरेर पाहुना भ्यागुताको स्वागत गरे । उनीहरु सबै पाहुना भ्यागुता कहाँबाट आएको, नाम के हो, के जात र थरको हो, कुन धर्म मान्छ आदि कुरा जान्न उत्सुक थिए ।
पाहुना भ्यागुताले आपmनो परिचय दिँदै भन्यो, “मेरो नाम सागर हो । मेरो घर हिन्द महासागरमा बंगालको खाडी नजिक छ । समुद्रमा चल्ने आँधीबेरीले मलाई उडाएर बादलमा पुर्यायो र म बादलसँगसँगै यहँा आएको हुँ । सागरको कुरा सुनेर सबै जना छक्कै परे । उनीहरुको मनमा एकै चोटी थुप्रै प्रश्नहरु आए । जस्तै महासागर भनेको के हो – त्यहाँ कति पानी हुन्छ – उ कसरी त्यहाँ पुग्यो – उसले नेपाली भाषा बोल्न कसरी जान्यो – ऊ कुन जातको हो – उसको बिहे भएको छ कि छैन – इत्यादि । उसले सबै सवालहरुको मेलैसँग जवाफ दिने कोसिस गर्यो ।

महासागर कत्रो हुन्छ र त्यहाँ कति पानी हुन्छ भन्ने कुरा पंधेराका भ्यागुताहरुलाई बुझाउन सागरलाई निक्कै धौधौ पर्यो । समुद्रमा बस्ने हृवेल, र्सार्क माछा, अक्टोपस, मुगा, शंखे किराजस्ता जीवहरु, भाँतीभाँतीका पानी जहाजहरुको बारेमा त उसले बुझाउनै सकेन । पंधेराको नजिकै एउटा ठूलो ढुंगा थियो । भ्यागुताहरु बेलाबेलामा त्यहाँ बसेर घाम तप्दै गफ गर्थे । सागरले समुद्रमा कुनै कुरा कति ठूलो हुन्छ भनेर बताउँदा उनीहरुले त्यही ढुंगालाई देखाउँदै सोध्थे, “के त्यो जीव त्यो ढुंगाजत्रो हुन्छ – सागर कसरी समुद्रमा पुग्यो र कसरी उसले नेपाली कुरा गर्न जान्यो भन्ने सोधाइको उसले बडो रमाइलो जवाफ दियो । उसको भनाइ अनुसार उसकी बजै नेपालबाटै गएकी हुन् । धेरै वर्षघि नेपालमा धेरै पानी परेर पँधेरा पोखरी र खोलानालाहरुमा निक्कै पानी भरियो । ठूलो बाढी आयो । पँधेरामा बस्ने उसकी बजै पनि बाढीमा बगेर ठूलो नदीमा पुगिन् । नदीले बजैलाई बंगालको खाडीमा पुर्यायो । महासागरको एउटा टापुमा बस्ने भ्यागुतासँग उसको बिहे भयो । उनीहरुबाट हजारौँ सन्तान जन्मे । यसरी सागर उनको नातिको रुपमा जन्मेको हो ।

“बजैलाई माइती देशको सम्झना आइरहन्थ्यो । उहाँले नेपालमा पाइने स्वादिला खानेकुरा, किराफटेरंग्राहरुको कुरा हामीलाई सुनाउने गर्नुहुन्थ्यो । अरु कुरा बिर्सर्ेेनि उहाँले नेपाली भाषा बिर्सनु भएन । हामीलाई नेपाली भाषामा नै शिक्षा दिनुभयो । पँधेराका भ्यागुताहरुले सोधेको उसको जात, थर र धर्मको कुरा सागरले बझ्नै सकेन । उसले भन्यो, “हामीलाई बजैले यसबारे केही पनि सिकाउनु भएन । समुद्रमा सबै भ्यागुता बराबरी हुन्छन् । त्यहाँ कोही ठूलो कोही सानो भन्ने हुँदैन । सागरको कुरा सुनेर पँधेराका भ्यागुताहरु निक्कै प्रभावित भए । उनीहरु सबैले सागरलाई आआपmनो दुलोमा बस्न निम्तो गरे । तर उसको जातको ठेगान नलागी कसरी उसलाई घरमा राख्ने – भान्सामा कसरी लैजाने – भन्ने समस्या उठ्यो ।

सागरले भन्यो, “मलाई बस्ने घर चाहिँदैन । समुद्रमा सबै खुला हुन्छ । म पनि यही पँधेराको डिलमा कुनै ढुंगाको कापमा बसुँला । तपाईहरुले चिन्ता लिनु पर्दैन । बरु म कसरी घर र्फकनसक्छु त्यो उपाय बताइदिनु भयो भने गुन मान्ने थिएँ । तर समुद्रमा पुग्ने बाटो पँधेराका भ्यागुताहरुमध्ये कसैलाई पनि थाहा थिएन ।

त्यो साल निक्कै राम्रो वषर्ा भयो । भ्यागुताहरुको बिहे गर्ने साइत वषर्ामा मात्रै जुथ्र्यो । यसैले उनीहरु विहेको काममा जुटे । तन्नेरी छोरा भएका भ्यागुतहरुले राम्री बुहारी खोज्न थाले भने तरुनी छोरीका बाबुआमाहरुले असल केटो खोज्न लागे । तर पँधेराका धेरै जसो तन्नेरी तरुनी भ्यागुताहरु बाबुआमाले रोजेको भन्दा आफैले रोजेर माया पिरती गाँसेर मात्रै बिहे गर्न चाहन्थे । पँधेराका धेरैजसो तरुनी भ्यागुताहरुको आँखा सागरमाथि थियो भने सागरले पनि केही तरुनी भ्यागुताहरुमाथि आँखा गाडेको थियो । कुनैकुनै आमाबाबु भ्यागुताको पनि सागरलाई छोरी दिने मन थियो । तर उसको जातको ठेगान नलागेको हुनाले उनीहरुले मुख खोल्न सकेका थिएनन् ।

एक दिन सागरको भेट पँधेराको मुखियाकी छोरी व्यांगसँग भयो । सागरले ब्याँगलाई बेलाबेलामा लुकीलुकी हर्ेर्ने गथ्र्यो । ब्याँग पनि सागरलाई रुचाउँथी । सागरले उनीसँग बिहेको प्रस्ताव राख्यो । ब्याँगले भनी, “हाम्रो बिहेको कुरा बाआमाले पटक्कै मान्नु हुने छैन ।

“त्यसो भए हामी यो पँधेरा छोडेर मेरै घर महासागरमा जाऔँ र आरामसाथ जीवन गुजारौँ न त । सागरको कुरा सुनेर ब्याँग डर्राई । “कसरी जाने त्रि्रो घर – महासागर पुग्दासम्म म बाँच्नसक्छु कि सक्दिन । मलाई त डर लाग्छ । बरु यो पँधेरा छाडेर अर्को पँधेरामा बस्न गए हुँदैन – ब्याँगले भनी ।

“तिमीले भनेको उपाय एक छिनको लागि त ठिक होला । तर जुन पँधेरामा गएर बसे पनि सबैले हाम्रो जात, थर, धर्म सोध्ने छन् । अनि नेपालमा बस्दासम्म जुन पँधेरामा बसे पनि हाम्रो दुःख सकिने छैन । सागरले शंका व्यक्त गर्यो ।

एक पल्ट धेरै दिनसम्म घनघोर पानी पर्यो । पहाडका पँधेरा, खहरे, खोल्सा, खोला, नदीनाला सबै पानीले भरिए । यही मौका छोपेर सागर र ब्याँग पँधेराबाट उर्लेर निस्केको पानीको भलसँगै पोडी खेल्दै खोल्सामा पुगे । खोल्साको पानीको बेग देखेर ब्याँग डर्राई । उसले सागरलाई बेस्सरी अंठ्याएर सामाती । सागरले पनि ब्याँगलाई फुत्कन नमिल्ने गरी समात्यो र दुबैजना खोल्साको पानीमा पौडी खेल्दै खोलामा पुगे । खोलाको पानी अझै बलियो थियो । सागरले ब्याँगलाई अझै जोडले समात्यो र पानीमाथि बगेको एउटा मुढामाथि चढ्यो । मुढामाथि चढेर दुबैले लामो सास फेरे ।

मुढासँगसँगै उनीहरु महासागरतिर लागे । भोक लाग्दा मुढाको लेऊ, पानीमा बस्ने किरा र नजिकनजिक उडने किराहरु खाएर पेट भरे । महासागरमा पुगेर सागर र ब्याँगले नयाँ जीवन थाले ।

(स्रोत : &ltstrongकान्तिपुर कोपिला २०६० माघ २३ गते प्रकाशित)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.