मैले देखेको सपना मैले भोगेको बिपना
निरन्तर जुट्न नसक्दा
फुट्मै रमाउन सक्ने बिपना
मस्तिमै हराउने सपना
ताल मेल मिल्न नसक्दा
कता कता मेरो पित्त जस्तो मन
सम्हाल्न नसकेर सोचाइहरुका चर्के पिङ्मा
अनी भावनाबिहिन कठोर कसाइको तराजुमा
सपना र विपना जोख्नु परेको छ
अनी सँङै डोराउन नसक्दा
मलाई कुनै एक निमोठ्नु परेकै छ
कस्तो विवशता कस्तो वाध्यता
सोचाइहरु सकारात्मक हुँदा हुँदै पनि
सोचाइहरुलाई बङ्याएर निमोठ्न खोज्नेहरु देखि
म धेरै टाढा हुनुछ
बरु यातना आफुले पाए पनि सत्यताको लागि हिंड्नुछ
हजार मुर्खहरुको संगत गरेर चर्चा कमाउनु भन्दा पनि
एक जना सज्जनको संगत गरेर बाच्नुमा शान छ
अब म डराएर होइन
अब म हराएर होइन
अब म लुकेर होइन
अब झुकेर होइन
सपना वा विपना एकलाई निमोठेर भएपनि ईतिहास रच्नुछ
सधैं कति लुकी बस्ने
लुकेर लाखौं मर्छन खुलेर मर्नुछ ।
सपना र विपनाको दोधारमा बाच्नु भन्दा
एकलाई निकालेर म मेरो बाटो तताउनुछ
त्यसैले मेरो बाटोमा तगारो हाल्नेहरु हो
होसियार
त्यो तगारो तिम्रो बाटोमा अजङ्को पहाड बन्नेछ
तिम्रो यमराज बन्नेछ
किन कि सत्यको जित एक दिन हुनेनै छ ।
मित्र लाल पार्दे
महासचिब अन्तराष्ट्रिय नेपाली कलाकार समाज
सचिब गैर अवासीय नेपाली संघ पोल्यान्ड
(स्रोत : Milankosansar)