कमाउछे धन उस्ले रातीको संसारमा
अनौठो निलो डाम देखिन्छ अनुहारमा
अशिक्षा, अज्ञानता हो की ? वाध्यता
आफ्नो शरिर वेचि रहिछे वजारमा
जिन्दगीको गोरेटो खन्न नसकेरै होला
आफ्नै खुट्टामा हान्छे वन्चरो हतारमा
छापा मारिएछ हिजो मध्यरातमा फेरी
त्यसैले वनेछ समाचार सवै अखवारमा
प्रश्न चिन्ह उठाई रहदा यही समाजले
उभिई रहिछे जीवनको अन्तिम हारमा
-पोखरा
(स्रोत : सम्मोहन साहित्यिक पत्रिका)

