~सुशील सिग्देल~
१
तिमीलाई के थहा कि अग्नि वरिपरिका ती सात फेराहरु,
तिमीलाई बन्दी बनाउन रचिएको जाल थियो भन्ने,
शिकारीलाई त मार्नुसँग मतलब छ, चाहे सडाएरै शिकार किन नप्mयालियोस् ,
तिमी त कुनै मृग वा हरिण पनि भइनौ, जस्लाई उ स्वेच्छाले खान चाहोस् ,
कालीज वा बनको ढुकुुर पनि नभई, सर्वत्रै पाइने एउटी खरायो भयौ,
मासु नभई नहुनेलाई कहिलेकाहीं मासुको रुप धारण गर्दिने मात्र।
२
यो कस्तो बाध्यता हो तिम्रो, आफैंलाई ख्वाउन हरदम शिकारीकै प्रतिक्षामा रहनुपर्ने?
मनका बह उ सामु पोख्ने त कुरै छाडौं, न त्यो उस्ले सुन्छ, न बुभ्mछ नै,
समाजले शिकार गर्ने लाईसेन्स दिएको छ उस्लाई, उस्को आप्mनै भाषा छ,
वर्षको एकपटक आप्mनो शिकारलाई महज उत्सुकतावश हेर्न उ आउँछ,
उस्को शिकारी मन नदुखाउनु तिम्रो उद्देश्य,तन र मन उस्लाई सुुुम्पनु तिम्राृे कर्तव्य,
अनि तिम्रो भावना, चाहना, कल्पना र आकाँक्षालाई लत्याउनु उस्को अधिकार।
३
के नारीको रुपमा जन्मनु अभिशापै हो त?आफूलाई भगवान भनाउनेलाई थाहा होला,
मर्दानगीको प्रत्याभूति शिकारमै छ त? विवशताको बहाना गर्र्ने शिकारीलाई थहा होला,
समस्या समाधानको कुनै उपाय छ? अवश्य छ,
पलपल जिउँदै मरिरहेकि अबलालाई धनको लेपले बचाउन सकिन्न भन्ने,
कसैको सबैथोक लिन चाहने, तर कसैलाई केही दिन नजान्नेले पनि बुभ्mनुपर्र्छ,
” नवरस ” काव्य र महाकाव्यमा भन्दा आप्mनै जिन्दगिका पानाहरुमा पोख्नुपर्छ,
किनकि, जिन्दगीका पानाहरु उल्टोपट्टि पल्टिंदैनन् ,सच्याईनका लागि।
(स्रोत : Freenepal)