~डा. मधु कृष्ण श्रेष्ठ “माधुर्य”~
ब्रम्हाण्डमा सबैभन्दा अस्थायी कुरो समय हो। समय सेकेन्ड सेकेन्डमा मरिरहेको हुन्छ । भविष्य वर्तमानमा परिणत हुँदै भूत भएर मरिरहेको हुन्छ र भूत नै भविष्य हुँदै वर्तमान भएर जन्मिरहेको हुन्छ( यस कुरालाई हामीले स्विकार्न सकिरहेका छैनौँ)। यो नै प्रकृतिको प्रकृया हो, जीवनको क्रम हो। वास्तवमा समय सेकेन्ड, मिलिसेकेन्ड, घण्टा, दिन, महिना, वर्ष, दशक, शताब्दिमा नाप्न सकिने कुरो होइन, कुनै कुरो नाप्नको लागि त कहाँ देखि नाप्ने भन्ने शुरुवात थाह हुनु पर्छ। शुरुवात अथाह छ । त्यसैले मान्छेले आप्mनो सजिलोको लागि रचेका ती सबै नाप र इकाइहरुलाई केवल सापेक्षित मान्न सकिन्छ ।
समयको वर्तमान अनन्त छैन, ब्रम्हाण्ड आफैँमा अनन्त छैन, मेरो देशको भौतिक फैलावट अनन्त छैन, कम्प्युटरको क्षमता अनन्त छैन, तपाईँका कोठाका वस्तुहरु अनन्त छैनन् , कपालका रौँहरु पनि अनन्त हुन सक्तैनन् ।
अथाहको भौतिक रुप हो अज्ञानता । अज्ञानता नै ू अनन्त ू को आविष्कारक हो, जन्मदाता हो। अज्ञानताको ढुकुटीबाट ू अनन्त ू भन्ने शव्द हटाउने बित्तिक्कै त्यो पँगु हुन्छ र त्यस्को महिमा ढलमलाउन थाल्छ। दुवै शव्दहरु ू अ ू बाट शुरु भएका छन् , अझ कसो भएनन् एक अर्काका पर्यायवाची शव्दहरु?अज्ञानताको आँखाले ब्रम्हाण्डलाई पनि अनन्त देख्ने हुनाले मानव निर्मित भीमकाय दूरबीन ू हव्वल ू ले दूर प्रकाश वर्षका सम्पूर्ण ब्रम्हाण्डीय पिण्डहरु देखाएन भनेर गाली गर्नु पनि निरर्थक देखिन्छ।
पहिलो कुरा त ब्रम्हाण्डको सबै कुरा बुभ्mन सक्ने र सम्पूर्ण ब्रम्हाण्ड देख्न सक्ने गरी मान्छेको सृष्टि भएको देखिँदैन। पानीको थोपामा समुन्द्रको र मरमाणुमा ब्रम्हाण्डको सँरचना प्रतिविँिम्वत छ । बुभ्mन सक्नेलाई यही ू मोडेल ू नै पर्याप्त छ। मानिसलाई चाहिने सबै कुरा पृथ्वीमै दिइएको छ। पृथ्वीमा के छैन र मँगल ग्रह चाहार्दै हिँड्छौँ? सबै कुरा भएकोले नै पृथ्वी पूर्ण छ, यस अर्थमा रसायन शास्त्री मेन्डेलिभको पेरियोडिक टेबिल चाहीँ कहिल्यै पनि पूर्ण हुन सक्दैन। त्यहाँ अनुपस्थित करोडौँ अन्य तत्वहरु पनि अज्ञानताकै गर्भमा हराउनुको परिणति हो भन्दा अतिश्योक्ति नहोला।
सँसारमा बिद्यमान मानवीय समस्याहरुको समाधानमा लाग्ने प्रकृयालाई धर्म भनिन्छ । धर्मको आ आप्mनै वर्गिकरणहरु हुन सक्लान् । युद्द, आतँक, हातहतियारको विकास र अन्तरिम अनुसन्धानमा खर्च भैरहेको ब्यर्थको खरबौँ डलरलाई भोकाहरुको मुखमा भोजन, नाँगाहरुको आड०मा एकसरो लुगा, रोेगीहरुको लागि औषधीमूलो र बालबालिकाहरुका लागि पाठ्यपुस्तकको रुपमा परिवर्तन गर्ने प्रकृयालाई शताब्दिको बौद्दिक धर्म मान्न सकिन्छ । सँवेगमा झारिएका आँसु र प्रेमी प्रेमिकाको प्रेम झैँ धर्म पनि अनन्त हुन सक्दैन।
मान्छे आप्mनो चेतना एवँ अन्य विशिष्ट गुणहरुले गर्दा जन्तु वनस्पती वा निर्जीव बस्तु भन्दा पृथक देखिएको मात्र हो। निर्जीव वस्तुहरुको लागि हामी केही पनि हैनौँ।
मान्छे स्वभावैले असन्तोषी हुन्छ, पृथ्वीको सतहमा देखिएको र भेटिएको कुरामा मात्र उस्ले चित्त बुझाउन सकेन। त्यसैले उ अन्तरिक्षतिर हानिएको छ यत्तिखेर, उस्को यो नियमित असन्तोष नै गतिशील प्रगतिको आधार हो, ऊ भित्रको कौतुहलता र जिज्ञासाले नै हरेक नयाँ आविष्कारहरुको जन्म दिने गरेका छन् ( तर कालान्तरमा यो तथाकथित उपलब्धि र विकास यसरी नै नकारात्मक दिशातर्फ तन्किरहेको खण्डमा मान्छेको पहिलो र अन्तिम शत्रु नै मान्छे हुनेछ। यस्का केही सँकेतहरु अहिले नै यदाकदा नदेखिएका हैनन् )। उहिलेको विकासको तुलनामा अहिलेको विकास कच्चा र अनिश्चित पनि छ। आप्mनो शरिरबाट निक्लेको मयलबाट आफूले चाहेको गणेश बनाइन पार्वतीले । अहिले ू क्लोनिँग ू बाट चाहेको जस्तो जीवन बनाउन सक्ने ग्यारेन्टि विज्ञानले दिन सकेको छैन ।
बुभ्mनेलाई वास्ता नगरिएका स साना कुराहरुले पनि केही ठूलै कुरोको गवाही दिई रहेको भान हुन्छ, नबुभ्mनेलाई आँसुको थोपो त के समुदै्रपनि केही होइन। त्यहाँ केवल खाली हुन्छ। अनन्त र भ्याकुम भन्ने कुराहरु अस्तित्वमा भैदिएको भए हामी हुने थिएनौँ र सँभव छ सृष्टि नै असँभव हुने थियो। हामीले सोच्ने गरेको भ्याकुममा एउटा अनन्त बस्तु अट्न सक्छ? अथवा ू अनन्त ू को गहिराईमा भ्याकुमको एक टुक्रे खस्यो भने के हुन्छ? केही पनि हुँदैन, भए पो केही हुन्छ, नभएको कुरो के हुन्छ?
कल्पनाको भौतिक अस्तित्व विज्ञानले पनि स्विकारेको छ, तर त्यो पनि अनन्त छैन, हुन सक्दैन। ….जो अनन्त छैन त्यहाँ विज्ञान छिरेर आप्mनो चमत्कार देखाउँछ । विज्ञान अहिले पृथ्वी बाहिरको अन्तरिक्ष र आप्mनै समस्यामा भौतारिरहेछ ।
सँसार स्थिर र अनन्त छैन, परिवर्तनशील र निश्चित छ, त्यसैले समयको गर्भभित्र वर्तमान अस्थाई भएर पनि नियमित हुन सकेको छ । अज्ञानताको साम्राज्यमा भ्रमहरुउपर शासन गरुन्जेल मान्छेले आफूभित्रको शक्तिशाली सँभावना र आफू बाहिरको सत्य कुरा पहिल्याउन सक्दैन, जीवनको रहस्य बुभ्mन सक्दैन। पृथ्वी बाट केही लिएर होइन केही दिएर जान सकोस् भनेर नै मान्छेको नियुक्ति भएको छ।
प्रत्येक मान्छे निश्चित उद्देश्य (लक्ष) को लागि जन्मेको हुन्छ। पृथ्वीमा जन्मेकाहरु मद्य थोरैले मात्र यो कुरा बुभ्mन सके।
बुभ्mनेहरु बुद्द भएर गए, क्राइष्ट भएर गए, मोहम्मद भएर गए, गान्धी भएर गए, न्युटन भएर गए,शेक्सपियर, देवकोटा, पारिजात….र रोका….भएर गए। प्योतर, पृथ्वीनारायण शाह र अमरसिँह भएर गए। कोही तेन्जिँग र गागारिन भएर गए, कोही रजनिश, कृष्णमूर्ति र साइबाबा भएर गए। राम, कृष्ण, रावण, शिव, पार्वती… भएर गए। भौतिक रुपले जन्तु नै भएर जन्मे पनि बाँदर हनुमान भएर गए( हनुमान र रावणको नाममात्र हटाए पनि रामायण अधुरो हुन्छ)। यो क्म अनन्त र आकस्मिक होइन, निश्चित र नियमित छ । केही भएर जाने अधिकार सबैको छ । आजसम्मको समयको अन्तरालमा कसैबाट यो अधिकार खोसिएको छैन, कसैबाट खोसिने पनि छैन।
यो अधिकार अधिकार मात्र नभएर मानवीय कर्तब्य पनि हो क्यार । यो हाम्रो एक मात्र गन्तव्य पनि हो। मृत्यु जीवनको गन्तव्य होइन, जीवनको नविकरण मात्र हो। प्रकृतिको नियम देवताले पनि पालना गर्दछन् , नत्र अजबयक शुरु हुनेछ ।
जीवनको गन्तव्य जीवन हो, जो आस्था र आशामा बाँच्ने गरेको छ। गन्तव्यमा पुग्ने क्म नै एक मात्र महायात्रा हो जो शाश्वत छ । आउनुहोस् शाश्वत अधिकारको सबैले उपभोग गरौँ, देउरालीमा केही छाडेर जाऔँ। म तपाईँको सुस्वास्थ्य, समृद्दि, सफलताको कामना गर्दछु । यो शुभकामना पनि अनन्त छैन, सार्थक र सफल जीवन पश्चात शुभकामनाको पनि अन्त्य हुनेछ।
अस्तु ।
डा मधु कृष्ण श्रेष्ठ “माधुर्य” (रसिया)
(स्रोत : Freenepal.com)