हे समकालिन कविहरु हो !
आउ लेखौ एउटा विशुद्ध कविता;
जुन कवितालाई
जो कोहिले सुने पनि आफ्नै लागोस ।
भो नसुनाउ नारा !
भर्खरै सुनेर आएको छु ;
नारै लगाउन जन्मेकाबाट घोचपेच र दाउपेच ।
भर्खरै खुलामञ्चमा कुर्लदै थिए, नारेहरु ।
म सुन्न चाहन्छु
नारा विनाको विशुद्ध कविता ।
हे मार्गदर्शकहरु हो !
चेतनाका उज्यालाहरु हो !
उसले जनै लगाएको
तिमिलाई हेप्न होइन,
नत तिमिले नलगाएको
उसलाई गालीगर्न नै हो ।
यही हो साास्कृतिक विविधता ।
हाम्रो देश जहाा
जाई, जुही, चमेली
सुनाखरी, लालुपाते, सयपत्री,
लालीगुराास सागै फुल्छन् ।
फुलहरु त्यसै राम्रा
आखिर रङ्गिचङ्गी फुलहरु उनेरनै बन्छ माला ।
तिमी आफ्नो मौलिक कविता लेख ।
उ उसको आफ्नो संस्कृति लेख्छ ।
म मेरो भेषभुषा लेख्छु ।
उनी नारी हुनुको गर्व लेख्छिन ।
सबै हामी एकै मैदानमा बसेर
देशका कविता लेखौ ।
अनि परिचित गरााउ
विश्व सामु हाम्रो विविधता ।
उ तगाधारी खत्तम भन्छ ।
अर्को सेता मगुराली व्यर्थको भन्छ ।
उ हिन्दु ढोगी भन्छ ।
उ अरुलाई पाखण्डी भन्छ ।
जब चेतनशिल कविहरु
एक आपसमा लड्छन भने
सोच त जहाा तिम्रा कविता मार्गदर्शन बन्छ ,
त्याहा तिम्रो नाराले कति वैमनस्यता पैदा गर्ला ?
हे कवि !
यो तिमिले बुझाउन जरुरी छ की –
यो समाज अनेक जातको साझा हो ।
अनेक जात, अनेक धर्म, अनेक कलासंस्कृति,
अनेक वर्ण, अनेक भेषभुषा, अनेक चाड पर्व
तर एक नेपाल र हामी नेपाली ।
नारा तिम्रो क्षेत्रभित्र पर्दैन ।
आवेगमा लेखिएको कविताको आयु
कतिहोला र ?
रिसमा ऐना फोरेपनि
रिस मरेपछि आफुलाई हेर्न त्यही चाहिन्छ ।
हे कविहरु हो !
नारा होइन कविता लेखौ ।
पुगौ बस्ती बस्तीमा
चेतना, सह–अस्तित्व, बन्धुत्वका कविता लिएर
नकी नारा अनि आरोप प्रत्यारोप लिएर ।
(स्रोत : Kantipur – Saptahik)