हर रात दुख्यो हर दिन दुख्यो
खप्नै गाह्रो भयो मुटु किन दुख्यो !
पीर वर्षौंको लिएर हो कि!
जीवन त मेरो पलपल दुख्यो
चाहनेहरुको भिडमा छु , तै पनि एक्लै लाग्छ किन ?
सबैले जिए झैं जिएकै छु , तै पनि बेग्लै लाग्छ किन ?
हाँस्दा पनि दुख्यो रुँदा पनि दुख्यो
भन्नै गाह्रो भयो मुटु किन दुख्यो!
पीर सबैको लिएर हो कि!
जीवन त मेरो पलपल दुख्यो
जीवन हो संघर्ष लडेकै छु , तै पनि हारै हात किन ?
पीडा कम होला कि सोंचेकै छु , तै पनि खातै खात किन ?
भूत सम्झें दुख्यो भोलि कल्पें दुख्यो
बुझ्नै गाह्रो भयो मुटु किन दुख्यो!
पीर सधैंको लिएर हो कि1
जीवन त मेरो पलपल दुख्यो
(स्रोत : रचनाकारको फेसबुकबाट सभार )