कथा : छोरी नै जन्माउ है तिमी

~धनबहादुर मगर~Dhana Bahadur Magar

‘अहो ! यो ठाउँमा त बिल्डिङ पो बनिएछ |’

‘ए ! दुई वर्ष भइसक्यो |’

‘बोजु खै नी ?’

(आवेसिँदै राज्जोले भनिन्) ‘बोजु मरिन् | बोजु मरेर त्यो जमिनको लागि छोराहरूको झगडा भा’को |’

सुनेर ‘थुक्क ! छोराहरू’ भने मनमनै |

म चुप्प लागेको देखेर ‘यस्तो एक कोठाको बिल्डिङ त बनाउनुको दुःख मात्रै’ – यो घर देखाउदै भनेको सुने | सडकमा वाहनहरू गुडिरहेको थियो | सबै चर्को स्वरहरूलाई जितेर मैले स्पष्ट सुन्नेगरी मेरो मन बोलिरह्यो | ‘ नाथे छोराको जात | छोरी एउटै पनि भएको भए ………|’

यो ठाउँमा म नौलो | तै पनि राज्जोको काममा हात बाढ़्न हिँडेको थिए त्यो दि भारतको जनगणना गर्दै | ठुस्किएको दिन | हुस्से चारैतिर | चिसो-मनै चिस्साउने | राज्जोको साथी भएर जनगणना गर्न घर-घर चहार्दै गर्दा बोजुकहाँ पुगेका थियौँ |

हुस्सेले ढाकेका सडक किनारमा थुप्रै बिल्डिङरूको चेपमा रहेको मैलो सानो एक कोठे घर बोजुको बासस्थान | त्यो दिन भित्रबाटै चुकुल लगाएको थियो | सदा यस्तै बन्द हुन्छ’रे त्यो दैलो | तीनपल्ट जति ढकढकाएपछि खोलियो बोजु बस्ने घरको दैलो | दैलोको च्वाँइ… –सँगै भाँसिएको स्वरमा ‘को हो?’ सुन्यौ | भित्रै पस्ने ईशारा प्राप्त भएपछि राज्जोले ‘पासौ’ भनि अनि हामी दुवै भित्र पस्यौ | कोठाको भित्रपिट्टको दृश्य अति दयनीय लग्यो मलाई | राज्जोले चर्को स्वरमा प्रश्न गर्न लागि म कोठाको दृश्य नियाल्न थालेँ | तेलका तर पनि राखिएका चार-पाँच पोलिथिन जरहरु धुलो र ध्वाँले टाटे बनेका | एउटा सानो तीन ढुङ्गे चुह्लो खरानीले भर्ना लागेको, केहि भाँडाकुडा धुलोले ढाकिएका डढेका तर चिसा | लुगाहरू छरपस्ट मैलोले काति परेका तर जाडो महिनाको चिसो छेक्ला जस्तो नदेखिने |

‘जाउ’ राज्जोको शब्द सगैँ झस्केँ बोकेको क्यामेरा झिके झोलाबाट अनि देखाउदै क्यामेरा बोजुको नजिक गई ‘फोटो खिचौँल ?’ भनि लेन्स मिलाई मैले फ्लाससगैँ एउटा फोटो खिचेँ |दिनभरिको काम सिद्याएर बेलुकी त्यै फोटोलाई फोटोसपमा श्यामस्वेत बनाई फ्रेम पनि लगाएर फेसबुकमा अपलोड गरेँ | हप्तादिनभरमा त्यो फोटोले सयौ राम्रा कमेन्टहरू पाये | जसमा ‘फोटोजेनिक बोजु’,’सुन्दर’ धेरैले लेखेका थिए |

जीवनका घामछाया र हुरी-बतासले कोरिदिएको नक्सा टाँसेर कष्टकर वर्तमान बोक्ने मान्छेको अनुहार पनि ‘फोटोजेनिक,सुन्दर’ हुदोरहेछ | म सोँच्दै थिँए |

साताको छवटा साँझ म त्यै बाटो भएर डेरा फर्कन्छु | त्यो बाटो भएर प्रतेक हिडाइमा मैले कहिले बत्ति बलेको देख्थेँ |कहिले४ ध्वाँ आइरहेको त कहिले अँध्यारो | कुनै-कुनै दिन दुइटा अगुल्ठो जोडेर तापिरहेको देख्थेँ धुवाँ धेर केहि थुप्रो तातो खरानी |
देखिन छाडिएपछि सम्झाउनी कतैबाट नआउनजेल बिर्सने मान्छेको स्वभाव | त्यै बाटो भएर हिडेँ मँ ओहोर-दोहोर | याद गर्न छाडिएपछि आफै-आफै अलिपछि बिर्सिएछ पनि |

‘राज्जो … ’

‘हजुर’ केहि भाँडाकुडाहरू बजिरहेको आवाजसँगै आयो |

‘त्यो बोजु कहिलेदेखि एक्लै बस्थिन् हँ ?’

भाँडा माझिरहेकै राज्जोले –‘ को बोजु ?’ सोधिन् |

‘ पर हो !त्यो बिल्डिङ बनको छ नी अहिले ? त्याँ को |’

‘चियाको कप यता दिनुहोस् न् |’ ‘धेरै वर्ष अघिदेखि |’ …… ‘किन ?’

‘ए !… छोराहरू चाहिँ ?’

‘दिल्लीतिर | धनी-धनी छ’रे | बिहा गरेर त्यतै बसेको हरे |

‘आमालाई हेर्दैन थियेछ अन्त…?’

‘होला नी ! हामीले त जानेको देखि बोजु एक्लै हो |’

आमालै एक्लै यस्तो अवस्थामा छाडेर जाने नाथेहरू क को धनी धनी छ’रे | मन-मनै राँकिये |

राज्जोले भाँडा धोइसकी माझिएका भाँडाहरू बोलमा हाली बोकेर ‘भित्र रखिदिनुहोस् न’ दैलोमा उभिएर भन्दा म पुनःयथार्थमा फर्की बोल समाउन पुग्छु | ‘ढिलाई ढिलैहोस् छोरा होस्’ भन्ने भनाइ अब पक्कै पुरानो भएछ- लग्यो | बोजुलाई त्यो अवस्थामा देखे मैले त्यो दि तर मागेर खको कहिले देखिन तर | हाम्रो त अफिसमा व्यवस्थापक पनि व्यवस्थापिका छिन् |कहिले हामीलाई उदार हृदय देखाउदै के के बाँटि रहन्छिन् | कहिले आफ्नी आमालाई खुब माया गरेकी कुरा गर्दै हमोलाई सुनाउछिन् |अहिलेक छोरीहरू अर्काकी भित्ता टाल्ने मात्र हुदिन रहेछन् |मनमा सोँच्छु |आज कम्प्युटरमा डेटा इन्ट्री गर्दा मेरा औँलाहरूभन्दा धेर अरुनै के के चलेछ | मोनिटरमा कहिले बोजु कहिले अनुहारै नभएका छोराहरूका आकृति त कहिले हाम्रो कार्यालयकी व्यवस्थापिकाकै अनुहार देखिरहेँ दिन|

साँझमा, झोलामा दुइवटा रसदाना राज्जोलाई , एउटा पान आफैलाई र एकसय ग्राम हरियो खोर्स्नी दुवैलाई बोकी त्यै बाटो लुरुलुरु घर आँए | बाटामा त्यो एक कोठाको बिल्डिङपटि एक नजर लगाएँ | बाटोपटिको एउटै भएको घर जम्मै देखिने खिड्कीबाट अर्की सेतै फुलेकी बोजु हिटलरको तातो ताप्दै बाहिर हेरिरहेकी थिइ |

त्यो नयाँ बिल्डिङले सम्झाएको बोजुको सम्झना मलाई साँझभर आइरह्यो |

‘बोजु मरिन् | बोजु मरेर यो जमिनको लागि छोराहरूको झगर भा’को |’ राज्जोको यो वाक्यले दिएन मलाई आज अबेरसम्म निँद्रा | बोजुको छोरोको रुपमा मँ आफैलाई एकक्षण आमा, घर, उसको मृत्युपछि सम्पतिको झगडामाझ पहिले उभ्याई हेरेँ | बाँच्न सकिन त्यो संसारमा एकैक्षण पनि अनि राज्जोलाई अँगालो हाली ‘छोरी जन्माउ है तिमी ‘ मैले ओँठै नखोली भनेँ |

अँध्यारोलाई धमिलो परि जिरो वाटको बत्तीले मलाई हेरिरहेको थियो | राज्जो मस्त निँद्रामा थिइ | म उसलाई बोजुको रुपमा हेर्दै थिएँ | मलाई अव्यक्त दु:खले चाप्दै थियो | हटाथ ! राज्जोको कम्जोर देखिएको बत्तीमा हात थाम्न म उभिएँ सम्झानाकैसंसारमा |

‘किन सुत्नु नभाको?’

‘सुत-सुत’-को उत्तर दिएँ |

घडी हेरेर ‘साढे बाह्रभएछ सुत्नुहोस्’ भनि कोल्टे फेरी राज्जो पुनः सुति |

धनबहादुर मगर,कालेबुङ

(स्रोत : रचनाकारको ब्लगबाट सभार )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.