फक्रदो कोपिला भाँचेर नजानु
त्यो डाली रुवाई हाँसेर नजानु
हिमपात सहेरै पर्खेथ्यो ऋतुले
प्रकृतीक उपाहार मासेर नजानु
तोड्फोड छोडेर जोगाऊ सम्पती
सर्वस्व साहु काँ राखेर नजानु
बेबकुफ बनाएँ भनेर रमाई
नक्कली सम्बन्ध गाँसेर नजानु
अरुको आँखा त सकौला छलेर
त्यो निश्छल मनमुटु ढाँटेर नजानु
बाँदरको हातको नरिवल बनाई
चामल दि’पिठो साटेर नजानु
भुसको आगो झै सल्काई झगडा
बडाको सल्लाह काटेर नजानु
घटिया बिचार फैल्याई सर्वत्र
कसैको लैलैमा आँटेर नजानु
महलको लालचा संगाली दिलमा
पैसामा मायाप्रित बाटेर नजानु
(स्रोत : Sirjanakalaharharu )