कलकल निर्मल छहराका गीत हजुर लेख्नै बाँकी छ
गुराँस फुल्ने पखेरुको बर्णन हजुर गर्नै बाँकी छ
पखपख नुम्बर हिमाल माया प्रीत गाँस्नै बाँकी छ
लजाइ–लजाइ दुधकोशी सागरलाई चुम्न आतुर छ
सुनाखरी चाँप चिमल फुल्न हजुर अझै बाँकी छ
पखपख कोकिल तिमी मधुर गीत गाउँनै बाँकी छ
डाँफे मुनाल हरिणको रंग हजुर भर्नै बाँकी छ
मधुवन र झोरेनीका गीत हजुर कथ्नै बाँकी छ
पखपख कोकिल तिमी गीतमा शुर लाउनै बाँकी छ
March 8, 2014
(स्रोत : रचनाकारको ब्लगबाट सभार )

