वाहिर झिमझिम पानी परिहेको थियो । अलिअलि हुस्सु पनि लागिरहेको थियो । माघ महिनाको समय त्यसमा पनि झिम झिम पानी परिरहनाले जाडो हुनु त स्वभाविक नै थियो । केटाकेटीहरूलाई मात्र नभएर ठूलावडालाई पनि जाडोको महसुस भरहेको हुँदो हो । त्यसैले अलि जाडो भएरै होला कथा सुन्नेमा आज अरु दिन जस्तो केटाकेटीको त्यति चाप थिएन । कथा सुन्नलाई आज छोरी पुनम, छोरा राहुल र उनीहरूका केही साथीहरु गरी जम्मा पाँच–छ जना केटाकेटी मात्र भेला भएका थिए ।
तराईको जाडो भन्नु मात्र छ । चिसो पनि कम्तीको हुदैन त । चिसोमा त हुस्सु र कुहिरोले पनि उतिकै सताइरहन्छ । यो कस्तो तराई हो ? तराई हो कि त्राही हो यो ? वुढापाकाले यसो भन्ने गरेको उसले आफ्नै कानले सुनेको थियो । आज उसले आफै अनुभूत गरिरहेको छ ।
चिसो भएकै कारणले आज राजीव पनि कही गएको छैन । पानी परिरहँनाले घुम्न जाने पनि त कुरै भएन । हुन त ऊ प्राय विदाको समयमा घरमा भेटिन्नथ्यो पनि । यदि भेट्टिगयो भने पनि केटाकेटीहरूसंग खेलिरहेको हुन्थ्यो । वच्चावच्चीहरू संग वच्चावच्ची झैँ वनेर रमाइरहेको हुन्थ्यो ऊ । उलाई पनि स–साना केटाकेटी संग खेल्न भने पनि औधी मन पर्दथ्यो ।
केटाकेटीहरू पनि ऊ भने पछि हुरुक्कै हुने गर्थे । भेट्यो कि झुम्मिजान्थे । राजीव अंकल आज त एउटा कथा नभनी हुँदै हुँदैन भनेर ढिप्पी गर्न थाल्छे । भेटे पछि छाड्नै मान्दैनथे ।
यसरी उलाई केटाकेटीले नछाड्नुको कारण भनेको उसको कथा वाचन नै हो । ऊ कथा भन्नमा त्यत्तिकै मायीर ठानिन्छ । उसको कथावाचनमा सायद जादु मिसिएको हुन्थ्यो क्यार । त्यसैले त केटा केटीहरू उसको कथाको जादुमा लठ्ठिएका होलान् । उसंगै झुम्मिएका होलान । भेटे पछि छाड्नै नमानेका होलान् ।
उसले पनि आफ्नो फुर्सदको समयलाई कथा सुनाउनमै खर्चदै आएको थियो । र अहिले पनि । कथा त उसको समय विताउँने एउटा गतिलो माध्यम नै वनिसकेको छ । अझ कथा त उसको लागि एउटा अभिन्न मित्र जस्तै वनेको छ भन्दा पनि अत्यूक्ती नहोला ।
उसकोे कथाको जादुले केटाकेटीलाई मात्र होइन उसकी आफ्नै धर्मपत्नी लतालाई पनि राम्ररी लठ्याएको छ । मोहित पारेको छ । उनी पनि राजीवका कथामा त्यतिकै प्रभावित छिन । लतालाई पनि उसले भनेका कथा त्यतिकै मन पर्छन । त्यसैले विदाको दिनमा श्रीमान कही पनि नगइदिए हुन्थ्यो । घरमै वसेर कथा भनिदिए हुन्थ्यो भन्ठानछीन । त्यसैले आज लताको मन फुरुङ्ग भएको छ । दिनभरि घाम लाग्लाई आकाश उघ्रिए झैँ, उनको मन पनि प्रफुल्लित भएको छ ।
“जाडोमा त मकै भट्मास पो खानु पर्छ होला, कि कसो श्रीमती महोदय ?” उसले ठट्यौली पारामा यसो भनेको हुन्छ । उसले ठट्यौली पारामै भने पनि उसको यो मकै भट्मास खाने आसय हो भन्ने कुरा लतालाई पनि राम्ररी थाहा छ । । पानी परेको वेलामा मकै भट्मास खाने उसको यो कुनै नयाँ वानी हैन । यो उसको पुरानै आदत हो । अझ भन्नु पर्दा यो उसको नानी देखिकै वानी हो ।
‘एकछिन पख्नुहोस है म लिएर आइहाल्छु ।’ भन्दै लता भान्सा कोठामा पस्छिन र चाँडै गरेर एक घान मकै र एक घान भट्मास भुटेर ल्याउँछिन । सवै जना मकै भटमास खान थाल्छन । मकै भटमास मक्याउँदै उसको कथा भन्ने कार्य सुरु हुन्छ ।
उसले कथा भन्न मात्र के आँटेको हुन्छ ‘राजीव अंकलले कथा भन्न थाल्नुभयो ।’ भन्दै तलामुनि भाडामा वस्ने केटा केटीहरू पनि माथि उक्लिहाल्छन । छिनमै अरु छिमेकका केटाकेटीहरू पनि भेला भैहाल्छन । हेर्दा हेर्दै कोठा सिनेमा हल जस्तै अट्टाई नअट्टाई हुनपुग्न्छ । कोठामा खुट्टा सम्म अटाउने ठाउँ रहँदैन ।
‘एक पटक एउटा ठूलो सम्ंमेलनको आयोजना गरिएको थियो ।’ उसले कथा भन्न सुरु गर्छ । ‘उक्त सम्मेलनलाई अन्तराष्ट्रिय ताला सम्मेलनको नाम दिइएको थियो । सम्मेलनमा विभिन्न देशबाट ताला विशेषज्ञ अर्थात चावीका वैज्ञानिकहरूको सहभागिता गराइएको थियो । त्यहा सवै खाले चावीका वैज्ञानिकहरू विभिन्न देशबाट भेला भएका थिए । सम्मेलनको मुख्य काम भनेको एउटा सर्वमान्य तालाको निर्माण गर्नु थियो । समय सुहाउँदो तालाको एउटा मोडेल तयार गर्नु थियो । संमेलनमा व्यापक वहश हुन्छ । विचारहरूको मन्थन गरिन्छ । सवैले आ–आफ्नो धारणा राख्छन । आ–आफ्नो मत प्रकट गर्छन । अन्त्यमा लामो समय लगाएर एउटा तालाको मोडेल तयार गरिन्छ ।’
पानी झनै दर्किन थाल्छ । ‘वरण्डाका कपडा पो भिजे कि ?’ भनेर लता वरण्डा तिर हेर्छीन । पानीसंगै हावा पनि चलिरहेकोले सुकाएका कपडा भिजाउने पक्का पक्की भए पछि उनी उठेर वरण्डातिर लाग्छिन । आफ्नो अनुपस्थितीमा पनि कथा भन्ने कार्यले सुचारु पो पाउने हो कि भन्ने डर लतालाई लागिरहेको हुन्छ तर उनको मनासयलाई वुझेरै राजीवले उनी आउञ्जेल सम्म कथा भन्ने काम रोकिदिन्छ ।
लता हतार हतार गरेर कपडा उठाएर कोठामा थन्क्याउँछीन र हुर्रिदै कथा वाचन कक्षमा आउँछीन । उनी आए पछि पुनः कथा भन्ने काम सुरु हुन्छ ।
‘चावीवाजहरूको संमेलनले मोडेल तयार गरेको ताला आकारले गोलो हुन्छ । सामान्य तालाको भन्दा फरक तरिकाले यो तालामा चावी छिराउने ठाउँ तालाको एकातर्फ राखिएको हुन्छ । तर त्यस तालामा वाहिर देखिने गरी कुनै पनि पेचकिला लगाइएको हुँदैन । तालालाई भित्रैबाट स–साना किलाले मात्र अड्याइएको हुन्छ । आकारलाई छाड्ने हो भने झट्ट हेर्दा यो संमेलनले तयार पारेको ताला र अन्य सामान्य तालामा त्यति अन्तर देखिदैन । तर संमेलेनले भने यसलाई विशिष्ठ तालाको संज्ञा दिन्छ । सम्मेलनले उक्त मोडेलको तालालाई एक नमूना तालाको रुपमा घोषणा गरेको हुन्छ । सम्मेलनले ‘चावीवाज’ नाम दिएर एउटा घोषणा पत्र पनि जारी गर्छ ।’
राजीवले कथा भनिरहँदा सवैजना एकाग्र भएर सुनिरहेका हुन्छन । अझ साना केटाकेटीहरू त मृगका स–सान पाठाले झँै कान ठाडो पारेर कथा सुनिरहेका हुन्छन ।
ऊ कथा भन्दै जान्छ – घोषणा पत्रमा लेखिएको हुन्छ अव वन्ने सम्पूर्ण तालाहरू सम्मेलनले पारित गरेको मोडेल अनुसारका हुनुपर्ने छन । चाविवाजकोे निर्णयलाई सवैले पूर्ण रुपमा परिपालन गर्नु पर्ने छ । घोषण पत्रमा किटानका साथमा यो पनि भनिएको हुन्छ कि ‘अव वनिने तालाहरू गोलो आकारकै हुनु पर्ने छन । चावी छिराउँने ठाउँ पनि मापदण्ड अनुरुपकै नै हुनु पर्ने छ । ताला वनाउँदा वाहिरबाट कुनै पनि पेचकिला देखिन गरी लगाउँन पाइने छैन । अन्यथा त्यस्ता तालाहरूले तालाको मान्यता पाउने छैनन ।’
‘यदि कसैले यो संमेलनको वा ‘चावीवाज’को उल्लङ्घन गरेमा त्यसले कानुन वमोजिम सजायको भागिदार हुनु पर्ने छ’ भन्ने कुरालाई स्पष्ट रुपमा उल्लेख गर्न समेत सम्मेलनले भुलेको हुँदैन ।
ताला सम्मोलनले समाजमा ठूलै तहल्का ल्याइदिन्छ । त्यस पछि सवैले नयाँ मापदण्ड मुताविकको ताला वनाउँन थाल्छन । सवैका घरमा नयाँ मोडेलका तालाहरू भुण्डिन्छन । पुराना सवै ताला मिल्काइन्छन । त्यस्ता ताला प्रयोग गर्नमा अघोषित प्रतिवन्ध जस्तै नै हुन्छ । पुराना ताला वनाउँने कम्पनीहरू त पुरै टाट पल्टिन्छन । धेरैले त यो काम नै वन्द गरेर अन्यत्रै पलायन हुन्छन ।
पानी परिरहेकै हुन्छ । पानी संगै हुस्सु पनि वाक्लिदै गैरहेको हुन्छ । हेर्दा हेर्दै हुस्सुले पुरै वजार ढाकिदिन्छ । घर नजिकै पूर्व पश्चिमको गजधुम्म भएर सुतिरहेको पूर्व पश्चिम राजमार्गको चिल्लो सडकमा गाडीहरू हुस्सु र पानीसंग जुध्दै हूँइकिरहेका छन ।
उसले भने कथा वाचनलाई निरन्तरता दिइरहेकै हुन्छ । –समय वित्दै जादा नयाँ तालाको महिमा पनि हराउँदै जान्छ । चावीवाजहरूको विरोध हुन थाल्छ । घोषणा पत्रको उलङ्घन गर्दै दुई पेच किला भएको तालाको निमाण गरिन्छ । सवैले त्यही तुई पेचकीला भएको नयाँ तालालाई मन पराउँन थाल्छन । घर घरमा तिनै नयाँ ताला झुण्डिन थाल्छन ।
चावीवाजहरूको वैठक बस्छ । नयाँ तालाको वनोट, आकारको मूल्याङ्कन गर्ने काम हुन्छ । नयाँ ताला कंपनीलाई चेतावानी पत्र थमाइन्छ । तर पुरानो ताला र दुई पेच किला भएको नयाँ तालामा त्यति ठूलो फरक नदेखिएकोले त्यसलाई चेतावानीका साथमा तालाको मान्यता दिने निर्णय पनि गरिन्छ । फेरि लामो समयसम्म दुई पेच किला भएको तालाले एकाधिकार रुपमा वजार लिन पुग्छ ।
समय वित्दै जान्छ मानिसमा पुरानो ताला प्रतिको आकर्षण पुनः घट्न थाल्छ । दुई पेचकिलाको साटो तीन पेचकिला भएको ताला वनाइन्छ । चावीवाजहरूको तुरुन्त मिटिङ्ग वस्छ । तर यो तालालाई भने मान्यता दिइदैन । अवैध घोषणा गरिन्छ ।
त्यसैको विद्रोह स्वरुप ताला कम्पनीले पाँचवटा पेचकिला लगाएर अर्को मोडेलको ताला वनाउँछन । जुन ताला गोलो नभएर चारपाटे आकारको हुन्छ । चावी छिराउँने ठाउँ पनि ताला संमेलनले प्रतिपादन गरेको मान्यताको ठीक विपरित हुन्छ । तीनवटा पेचले वनाइएको तालालाई त मान्यता प्रदान नगरेको ‘चावीवाज’हरूको मिटिङ्गले पाँचवटा पेचहरू लगाएर वनाइएको त्यसमा पनि स्वरुप नै वदलिएको तालालाई मान्यता दिने त कुरै आउँदैन । ठीक त्यस्तै हुन्छ । चावीवाजहरूको मिटिङ्ग तुरुन्तै वस्छ । नयाँ तालाको वारेमा निकै वहस हुन्छ । थुप्रै मत भेदहरू उत्पन्न हुन्छन । एकथरिले ताला वनाउनु पर्ने हो यसको वनावटले कुनै पनि प्रभाव नपर्ने विचार राख्छन भने अर्काथरिले परम्परा र सिद्धान्तलाई लत्याएर त्यसमा पनि स्वरुप नै वदलिएर आएको तालाले तालाको मान्यता पाउँन नसक्ने धारणा अगाडि सार्छन । हेर्दा हेर्दै चावीवाजहरूको वीचमा पनि पक्ष र विपक्ष हुन पुग्छ ।
एकथरिले नयाँ तालाको पक्षमा आफूहरूलाई उभ्याउँछन भने अर्काथरिले पुरानै तालाको पक्षमा आफ्नो अडान दोहोर्याइरहन्छन । यसले ठूलो भिडण्तको रुप लिन पुग्छ ।
‘हुन पनि चावी त सुरक्षाको लागि लगाइने वस्तु हो । वनावटमा जस्तोसुकै भएपनि के असर पथ्र्यो र ? वास्तवमा भन्ने हो भने चावी एउटा विस्वास मात्र न हो । यो भरोसाको एउटा प्रतिविम्व मात्र न हो । मान्नेलाई साँचो नमान्नेलाई झुटो भन्ने त उखान पनि छदै छ नि, होइन र ?’
उसले कथा भनिसक्न नपाउँदै श्रीमतीको यस्तो विचार निस्कन्छ । उनी लामो समय देखि मौन भएर वसिरहेकी थिइन । लामो समय पछि मात्र उनले मौनता तोडेकी थिइन । लामो समय सम्म दविएर रहेका उनका मनमा भावहरू छचल्किदै हुन्छन । छताछुल्ल वनेर पोखिने वाटो खोज्दै हुन्छन । तर केटा केटी भने शव्दविहिन भएर कथा सुनिरहेका हुन्छन ।
लताको विचारसंग राजीवको पनि सहमती रहन्छ । टाउको हल्लाउँदै ऊ कथा वाचनलाई निरन्तर रुपमा अगाडि वढाइरहन्छ ।
राजीवका कथाका श्रोत भनेका हजुरबा नै हुन । हजुरबा दिनहँु जस्तो उसलाई कथा सुनाउँनु हुन्थ्यो । त्यसरी हजुरवाले कथा भन्दा कथा सुन्नेहरूमा राजीव, उसकी दिदी रमा र अन्य साथीहरू हुने गर्थे । ऊ भने कथा भनेपछि त्यतिखेर हुरुक्कै हुने गर्दथ्यो । हुन पनि हजुरबाले भन्ने गरेका कथाहरू त्यतिकै रोचक तथा ज्ञानवद्र्धक हुन्थे । सुनिरहुँ लाग्ने खाल्का हुन्थे । कथा सुन्न वसे पछि नसिद्धिीउन्जेल सम्म कोही पनि डगमनाउँदैनथे ।
हजुरबा वितेको पनि आज थुप्रै वर्ष भैसकेको छ । हजुरबा नभए पनि हजुरबाको वेजोडको कथा वाचन शैली उसको मानसपटलबाट अझै पनि ओझेलिन सकेकै छैन । थुप्रै संझनाहरू अझैँ पनि ताजै छन ।
आफू सानै छँदा हजुरबाले सुनाएका कथाहरू पनि उसलाई भर्खरै सुनाए जस्तो लाग्दछ । ती कथाहरू उसले आजसम्म पनि विर्सेको छैन । हजुरबा बढी मात्रामा लोक तथा परिकथाहरू सुनाउँनुहुन्थ्यो । त्यस्ता कथाहरूमा राजकुमार राजकुमारीका साथै परिहरू नै मुख्य पात्रहरु हुन्थे । राजकुमारले राजकुमारीलाई राक्षसबाट वचाउथ्यो । राजकुमारी राजकुमारसंग प्रभावित हुन्थी र उनीहरू विच प्रेम सम्वन्ध वन्थ्यो । अन्तमा उनीहरू विवाह वन्धनमा वाधिन पुग्थे ।
हजुरबाका अरु कथाहरू पनि त्यस्तै त्यस्तै हुन्थे । त्यस्तै भावहरूबाट प्रभावित हुन्थे ती कथाहरू ।
हुनत हजुरबाले अरुखाले कथाहरू पनि नसुनाउनु भएको होइन । हजुरबाले सुनाएका कथाहरूमा– राजामहाराजाका कथा, साहु महाजनहरुका कथा, भुत–पिचासका कथा आदि आदि । त्यसवेला राजीवका साथीहरू लोक तथा परिकथाहरू नै वढी मात्रमा सुन्न मन पराउँथे । तर उसलाई भने अन्य खाले कथाहरू नै वढी मात्रामा मन पर्दथ्यो । उसलाई पछि मात्र थाहा भयो कि हजुरबाले सुनाउँने गरेका ती अन्य खाले कथाहरूलाई आजभोलि सामाजिक कथा भनिदा रहेछन भनेर । अथवा यस्ता कथालाई केहीले सर्वहारा वर्गका कथाहरू हुन भनेको पनि उसले सुनेको थियो ।
हजुरबाले त्यतिखेर भनेका थुप्रै कथाहरू मध्ये चावीवाज कथा उलाई ज्यादै मन पर्दथ्यो । त्यसैले हजुरवाले उसलाई त्यो कथालाई दोहो¥याई तेहे¥याई कन सुनाउँनु परेको थियो ।
हजुरबाकै प्रेरणाले गर्दा उसमा पनि कथा पढ्ने वानीको विकास हुन्छ । अरुका कथा पढ्दै, सुन्दै जादा पछि पछि ऊ अफै पनि कथा लेख्न थाल्छ । कथा भन्न थाल्छ । आज आएर एक उत्कृष्ठ कथा वाचक भएको पनि त्यसैको प्रतिफल हो । यसरी कथा लेख्दा होस वा पढ्दा होस । अथवा अरुलालाई कथा सुनाउँदाहोस उसलाई समय वितेको पत्तै हुँदैन । कथा वस्तु भित्र आफूलाई ढालेर हेर्दा उसलाई त्यतिकै मनमा आनन्द पनि प्राप्त हुने गर्दछ ।
आजभोलि त झन उसले पनि हजुरबाले झँै गरेर केटा केटीहरूलाई वरिपरी राखेर कथा सुनाउँने गरेको छ । सवैलाई गोलो घेरामा राखेर आफू विचमा वसेर हजुरबाले झँै कथा भन्ने गरेको छ उसले पनि । हुन त उसको उमेर भने हजुरबाको जस्तो कहा भएको छ र ? हजुरबाको अवस्था पुग्न उसले अझै थुप्रै वशन्तहरू पार गर्नु पर्ने हुन्छ । हजुरबाको ठाउँमा पुग्न थुप्रै खुट्किला उक्लन वाँकी नै छन ।
तर हजुरवाले कथा भन्दा र आज उसले कथा भन्दाको समयमा भने ठूलै परिवर्तन आएको देखिन्छ । त्यति खेर हजुरबाले कथा भन्दा राजकुमार राजकुमारीका अर्थात परिहरूका कथा नै वढी मात्रमा सुनिन्थे । अन्य कथाका श्रोताको कमी हुन्थे । तर आजभोलि ठीक त्यसको उल्टो भएको छ । आजभोलि त्यस्ता कथाका तुलनामा अन्य कथाहरू वढी मात्रमा सुनिने गरेका छन ।
त्यसो हुनुमा उसको तर्क रहेको छ –परी कथाहरू वढी मात्रमा काल्पनिक हुने गर्छन । सवै घरका बुढापाकाको मुखबाट त्यही कथालाई दोहोर्याई तेहेर्याईकन आ–आफ्नो ढङ्गबाट परिमार्जित गरेर भनिने गरिन्छन । जस्ले गर्दा केटाकटीहरूमा भ्रम पैदा हुने गर्छ । तर अन्य खाले कथाहरू त्यसरी परिमार्जन गरेर भन्न सकिदैन । जसले भने पनि त्यसमा कुनै फरक पर्दैन ।
राजीवले सुनाउँने गरेका कथामा तिनै हजुरबाले सुनाएका अधिकांक्ष पुराना कथाहरू । तिनै पात्रहरू पर्दछन । कहिलेकाही त उसले पनि ती कथाहरुलाई दोहोर्याई, तेहेर्याईकन पनि सुनाउनु पर्दछ । कलिला वालसुलभ मष्तिस्कले ती कथाको मर्म वा आसयलाई वुझे कि वुझेनन त्यो ऊ जान्दैन । त्यसो त ऊ आफूले सुनाएका कथाहरूको मर्म यो हो, यसले दिन खोजेको सन्देस यो हो भनेर भन्न रुचाउँदैन पनि । यसरी कथाको मर्म वा आसय भनिदिदा ती कलिला वालवालिकाको मष्तिस्कले सोच्नै पाउँदैनन । उनीहरुले आ–आफ्नो धारणा वनाउन पाउँदैनन । वालवालिकाले आ–अफ्नै तरिकाले, आ–आफ्नै चेतनाको स्तर मुताविक सोच्न पाउनु पर्छ । त्यही अनुसारको धारणा वनाउन पाउनु पर्छ भन्ने उसकोे वुझाई छ ।
राजीवले आज चाविवाजका साथसाथै अरुपनि थुप्रै कथाहरू सुनायो । सवैले कथा चाख मानेर सुन्छन । कथा भन्ने र सुन्ने क्रम लामो समय सम्म जारीरहन्छ । यसरी कथा भन्ने र सुन्ने क्रम चलिरहँदा रात परेको कसैलाई पनि पत्तै हुँदैन । वाहिर पानी पनि अघि नै पर्न छाडिसकेको हुन्छ । चिसो पनि अलि कम भैसकेको हुन्छ ।
‘लौ वितेछ’ भन्दै लता खान पकाउन भनेर भान्सा कोठातिर दौडिन्छिन । त्यस पछि केटाकेटी पनि निस्किन्छन् । आ–आफ्नो विध्यालयको गृहकार्य गर्नमा व्यस्त हुन्छन् ।
।। इति ।।
(स्रोत : तेह्रथुमबाट प्रकाशित हुने एक मात्र ‘विकसन’ साहित्यिक पत्रिका )