एक्कासि !
सगरमाथा हुँदै आएको तुफानले
मेरो घरको छानो उडायो
मलाई कुनै दुख्ख लागेन
एउटै हाँगामा सँगै थियो
काँडा र फूल
त्यो फूल कहाँ पु¥यायो
मलाई कुनै दुख्ख लागेन
आफू भोकभोकै बसेर
जोगाएको थिएँ अनिकालमा बीउ
बाली सखाप बनायो
मलाई कुनै दुख्ख लागेन
भुमरी बनेर उड्दै गयो
सडकमा धूलो
चंगाझैँ माथि–माथि उड्दै गए
झरेका फूल, पात र कसिंगरहरु
त्यही कसिंगरमा थियो
स्कुले नानीको
च्यातिएको एउटा कापीको पन्ना
तुफानको कुनै सिमाना हुन्न भन्छन्
कहाँ पु¥यायो होला
त्यो कापीको पन्ना
मलाई दुख्ख लाग्यो
म बेस्मारी रोएँ
किनभने
त्यसमा देशको नक्सा थियो ।
(अर्घाखाँची)
(स्रोत : Echitwanpost)