राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा मिल्काइसक्थे हेालान् वा कवाडीलाई बेचिसक्थे कि ।
तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक रात बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि घडीहरुको मिटिङ सुरु हुन्थ्यो । त्यो घरमा भएका सबै घडीहरुले अनिवार्य रुपमा मिटिङमा भाग लिन्थे ।
घरमा भाँतीभाँतीका घडीहरु थिए । कुनै युरोपमा बनेका, कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए । धेरैजसो घडीहरु घरबेटीका छोराछोरीको जन्म दिनमा साथीहरुले उपहार दिएका सस्ता खालका थिए । कुनै घडी पन्ध्रपन्ध्र मिनेटमा कराउँथे, कुनै आधा घण्टामा अनि धरैजसो घडीहरु हरेक घण्टा मिठो स्वरले समय बताउँथे । केही घडीहरु लाटाजस्ता बोल्दै नबोल्ने पनि थिए । कुनै घडी दम दिएर चल्थे भने धेरैजसो घडीहरु बेटूीले चल्थे । पेण्डुलम भएको घडी एउटामात्रै थियो ।
विभिन्न खालका घडीहरुमध्ये दम दिएर चल्ने र युरोपमा बनेका घडीहरुको बेग्लै सान थियो । तिनीहरु कोही स्विट्जरलैण्ड त कोही इंग्लैडमा जन्मेकोमा गर्व गर्थे र अरुसँग बोल्दा इज्जत घटेको ठान्थे । तर बेटूीले चल्ने नयाँ घडीहरु भने ती उच्च कुलमा जन्मेको भनी घमण्ड गर्ने घडीहरुलाई टर्ेर्दैनथे । उनीहरुले भनेको कुरा काट्न पाउँदा उनीहरुलाई मज्जा आउँथ्यो ।
त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो । त्यसको भित्र पनि एउटा घडी थियो । घडीकै अनुसार त्यो रोबोट चल्ने गथ्र्यो । तर त्यसको अनुहारमा सुइ वा अक्षरहरु नभएको हुनाले अरु घडीहरुले त्यसलाई घडी नै ठान्दैन थे । त्यसैले उसलाई रातीको मिटिङमा बोलाउँदैनथे । तैपनि ऊ घडीहरुको मिटिङमा भाग लिने गथ्र्यो । खास गरी बूढो पेण्डुलम घडीको कुरा सुन्दा उसलाई बडो मज्जा आउँथ्यो । अब कति दिन सुन्न पाइएला र उसको कुरा – यसैले बेलैमा सुनिराख्नु पर्छ भन्ने ऊ सोच्थ्यो ।
मिटिंगमा छलफलको विषय सँधैजसो उही हुन्थ्यो । पाका घडीहरुले आआपmनो अनुभव सुनाउँथे । खास गरी बूढो पेण्डुलम घडीको अनुभव निकै पुरानो र रोचक हुन्थ्यो । उसको कुरा जहिले पनि “म बीर शम्शेरको दरबारमा छँदा” भन्ने वाक्यबाट सुरु हुन्थ्यो । नेपालमा घण्टाघर बनाउँदा नमुनाको रुपमा ऊ नेपाल आएको हो भन्ने उसको दाबी थियो । तर अरु घडीहरुले उसको कुरा पत्याउँदैन थे । तैपनि उसले यो कुरा भन्न कहिल्यै छाडदैनथ्यो । राणा दरबारभित्र हुने रोचक तथा सनसनीपर्ूण्ा घटनाहरु सुनाउन पाउँदा उसलाई आनन्द लाग्थ्यो । त्यस्तै अरु घडीहरुले पनि उहिलेका कुरा सुनाउँथे । तर बेटूीले चल्ने आधुनिक घडीहरुसँग त्यति धेरै अनुभव थिएन । उनीहरुसँग रमाइला कुरा पनि थिएन । यसैले तिनीहरु उहिलेका कुरा खुइलिए भनेर बूढाहरुको कुरालाई उडाउँथे ।
मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन । ठिटा घडीहरुले अनुशासनको पालन उतिसाह्रै गर्दैनथे । बूढा घडीहरुको भनाइ के थियो भने घडीको मुख्य र एकमात्र काम नै मानिसलाई समयको जानकारी गराउनु हो । यदि त्यो कर्तव्य पूरा गर्न सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ हुँदैन । तर तन्नेरी घडीहरु भने समय दिनेमात्रै हाम्रो काम होइन, मिठो संगीत सुनाउनु र राम्रो भएर कोठा सजाउनु पनि घडीको काम हो भन्थे । घडीहरुको मिटिङमा यो विषयमा निक्कै चर्काचर्की छलफल हुन्थ्यो । यदि मिठो संगीत सुनाउने र कोठा सजाउने काममात्रै गरेर ठिक समय दिनसकेन भने घरपटीले त्यस्तो घडीलाई घुर्यानमा मिल्काउनसक्छ भनेर बूढा घडीहरुले ठिटा घडीहरुलाई कहिले सम्झाउँथे, त कहिले तर्सर्ााथे ।
मिटिङमा कसैले वास्ता नगर्ने रोबोटको गुनासो बेग्लै थियो । समय पालनमा उसलाई कसैले पनि उछिन्नसक्तैनथ्यो । उसलाई पनि घडी मानेर अरुसमान व्यवहार गरिनर्ुपर्छ भन्ने उसको दाबी थियो । उसको के पनि भनाइ थियो भने यदि कुनै पनि घडी बिग्य्रो भने उसले मरमत गर्नसक्छ । तर बूढो पेण्डुलम घडी विग्य्रो भने बनाउन सकिन्छ भन्ने कुरामा रोबोट आफैलाई विश्वास थिएन ।
रातभरि करायो दक्षिणा हरायो भनेझैँ ठिटा घडीहरुले मिटिङका कुरालाई पालन गर्ने त के कुरा गंभीरतापर्ूवक पनि लिएनन् । पुरानो घडीहरुलाई नयाँ घडीहरुले टर्ेर्दैटेरेनन् । उनीहरु मौकाबेमौका बज्न र कराउन छाडेनन् ।
यसरी घडीहरुले फरकफरक र गलत समय बताउन थालेपछि घरको काम गडबड हुनथाल्यो । खास गरी भान्छेले बेलामा भान्छा तयार पार्न सकेन । बेलामा खाना नपाके पछि विद्यार्थीहरु ठिक समयमा स्कुल जान पाएनन् । छोरा बुहारीहरु बेलामा अफिस र अरु काममा जान पाएनन् । शान्त स्वभावका घरबेटी र उनकी पत्नीको आराम गर्ने, औषधी र खाना खाने अनि लेखपढ गर्नेे समय पनि गडबड भयो । बेलामा खाना, औषधी र आराम नपाएपछि उनीहरु बिरामी पर्न थाले ।
अटेरी घडीहरुले यसरी हैरान पारेपछि एक दिन घरबेटीले पुरानो पेण्डुलम घडीलाई बाकी राखेर अरु सबै घडी झिकेर बुइँगलमा थन्क्याइदियो ।
राती बाह्र बज्यो । बूढो पेण्डुलम घडीले बाह्र पल्ट खोक्यो र अरु घडीलाई मिटिङमा भाग लिन बोलायो । तर त्यो दिन कुनै पनि घडीले मिटिङमा भाग लिएनन् । एक्लो रोबोटमात्रै बूढो घडीको नजिक उभियो । बूढो घडीले सोध्यो, “अरु घडी कहाँ गए -“
“आज त घरबेटी रिसाएर सबैलाई बुइँगलमा राखिदिए । सबैको बेटूी र चाँपी पनि झिकिदिएका छन् । कोही पनि चुँ बोल्न नसक्ने भएका छन् ।” रोबोटले बडो दुःख मनाउ गर्दै भन्यो ।
“मैले त भनेकै हुँ । यसरी अटेरी नहोऊ भनेर कति सम्झाएँ । मानेनन् । आखिर यो दिन पनि देख्नुपर्यो म बूढोले । यसरी म एक्लै बाँच्नसक्तिन होला । तिमी त रोबोट हौ केही उपाय गर्नसक्छौ कि -“
बूढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि पग्ल्यो । तै पनि उसले भन्यो, “खै ती बैगुनीहरुको पनि के भलो गर्ने – मलाई कहिल्यै घडी नै ठान्दैनन् तिनीहरु ।”
रोबोटसँग निहोरा गर्दै बूढो घडीले भन्यो, “त्यसो नभन रोबोट । बैगुनलाई गुनले मार्नुपर्छ । बरु अब उप्रान्त अनुशासनमा बस्छु भनेर कबुल्याएर उनीहरुलाई जीवन दान देऊ ।”
रोबोट बुइँगलमा गयो । उसले त्यहाँ थुप्रिएका घडीहरुलाई हेर्यो । ती घडीहरु मरेका गंगटाका खपटाझैँ भुइँमा फैलिएका थिए । रोबोटले सबैले सुन्ने गरी भन्यो, “तिमीहरु नभएर पेण्डुलम घडी साह्रै पिरोलिएका छन् । उनले तिमीहरुको हालचाल बुझ्न र सकिन्छ भने सबैलाई व्युँताउन उनले मलाई पठाएका हुन् । हुन त तिमीहरुले मलाई घडी नै ठान्दैनौ । तर पेण्डुलम घडीको कुरा काट्न नसकेर म यहाँ आएको हुँ । यदि तिमीहरुले मलाई पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा गर्र्छौ भने म तिमीहरु सबैलाई ब्युँताउनसक्छु ।”
रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरुको अनुहार चहकिलो भयो । तिनीहरुले रोबोटसँग माफी मागे र अब उप्रान्त उसलाई पनि आफूसरह ठान्ने अनि पेण्डुलम घडीको आदेश पालन गर्ने बाचा गरे ।
राबोटले पनि निस्त्रिmय भएका घडीहरुमध्ये कुनैमा बेट्ी राखेर अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो । उसले ती घडीहरुलाई तिनको पुरानै ठाउँमा सजाएर राखिदियो ।
भोलि बिहान ६ बज्दा सबै घडीले एकै समयमा एकै सुरमा मिठो संगीत बजाएको सुनेर घरपटी छक्क र दंग भयो । उसले रेडियो खोलेर ६ बजेको समाचार सुन्यो । सात बजे बुहारी भान्छामा पसिन् । केटाकेटीहरु स्कुल जान तयार भएर भान्सामा खाजा खान पस्दा सबै घडीले एकै सुर र संगीतमा नौ बजाएर केटाकेटीको स्वागत गरे । सबै घडीले एकै सुरमा मिठो धुन बजाउँदा बूढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो ।
(स्रोत : Binaya Kasajoo’s Blog)