एउटा बाटो थियो बाढीले भत्काइदियो
एउटा सहयात्री थियो समयले छुटाइदियो
मेरो आसुँ पुच्थ्यो ऊ मेरो धड्कन बुझ्थ्यो
म यात्रामा एक्लै हुँदा ऊ मेरो नजिक हुन्थ्यो
एउटा फूल थियो हूरीले चुँडाइदियो
एउटा सहयात्री थियो समयले छुटाइदियो
म हाँस्दा हाँस्थ्यो ऊ म रुँदा ऊ पनि रुन्थ्यो
कहिले जिस्किन्थ्यो ऊ कहिले म सँग रिसाउँथ्यो
एउटा सपना थियो चट्याङ्ले बिथोलिदियो
एउटा सहयात्री थियो समयले छुटाइदियो
एउटा बाटो थियो बाढीले भत्काइदियो
एउटा सहयात्री थियो समयले छुटाइदियो
हेटौंडा, मकवानपुर
(स्रोत : Satakosahitya)