बाल कथा : अटेरी घडीहरु

~विनय कसजु~Binay Kasaju

राती बाह्र बजे बूढो पेण्डुलम घडीलाई बाह्र पटक ट्वांग ट्वांग घंटी बजाउन निक्कै गाह्रो पथ्र्यो । जाडोमा त झन उसको घण्टीको आवाज दमको रोगीले ध्यारध्यार गरेजस्तै सुनिन्थ्यो । घरपटीले उसको त्यो दिक्कलाग्दो आवाज सुनेको भए उसलाई उहिले नै बुंइगलमा मिल्काइसक्थे हेालान् वा कवाडीलाई बेचिसक्थे कि ।

तर त्यो बूढो घडीको रवाफ अझै घटेको थिएन । हरेक रात बाह्र बजे त्यो बूढो घडी बाह्र पटक खोक्थ्यो । त्यसपछि घडीहरुको मिटिङ सुरु हुन्थ्यो । त्यो घरमा भएका सबै घडीहरुले अनिवार्य रुपमा मिटिङमा भाग लिन्थे ।

घरमा भाँतीभाँतीका घडीहरु थिए । कुनै युरोपमा बनेका, कुनै जापानमा अनि कुनै भारतमा बनेका थिए । धेरैजसो घडीहरु घरबेटीका छोराछोरीको जन्म दिनमा साथीहरुले उपहार दिएका सस्ता खालका थिए । कुनै घडी पन्ध्रपन्ध्र मिनेटमा कराउँथे, कुनै आधा घण्टामा अनि धरैजसो घडीहरु हरेक घण्टा मिठो स्वरले समय बताउँथे । केही घडीहरु लाटाजस्ता बोल्दै नबोल्ने पनि थिए । कुनै घडी दम दिएर चल्थे भने धेरैजसो घडीहरु बेटूीले चल्थे । पेण्डुलम भएको घडी एउटामात्रै थियो ।

विभिन्न खालका घडीहरुमध्ये दम दिएर चल्ने र युरोपमा बनेका घडीहरुको बेग्लै सान थियो । तिनीहरु कोही स्विट्जरलैण्ड त कोही इंग्लैडमा जन्मेकोमा गर्व गर्थे र अरुसँग बोल्दा इज्जत घटेको ठान्थे । तर बेटूीले चल्ने नयाँ घडीहरु भने ती उच्च कुलमा जन्मेको भनी घमण्ड गर्ने घडीहरुलाई टर्ेर्दैनथे । उनीहरुले भनेको कुरा काट्न पाउँदा उनीहरुलाई मज्जा आउँथ्यो ।

त्यो घरमा एउटा रोबोट मेसिन पनि थियो । त्यसको भित्र पनि एउटा घडी थियो । घडीकै अनुसार त्यो रोबोट चल्ने गथ्र्यो । तर त्यसको अनुहारमा सुइ वा अक्षरहरु नभएको हुनाले अरु घडीहरुले त्यसलाई घडी नै ठान्दैन थे । त्यसैले उसलाई रातीको मिटिङमा बोलाउँदैनथे । तैपनि ऊ घडीहरुको मिटिङमा भाग लिने गथ्र्यो । खास गरी बूढो पेण्डुलम घडीको कुरा सुन्दा उसलाई बडो मज्जा आउँथ्यो । अब कति दिन सुन्न पाइएला र उसको कुरा – यसैले बेलैमा सुनिराख्नु पर्छ भन्ने ऊ सोच्थ्यो ।

मिटिंगमा छलफलको विषय सँधैजसो उही हुन्थ्यो । पाका घडीहरुले आआपmनो अनुभव सुनाउँथे । खास गरी बूढो पेण्डुलम घडीको अनुभव निकै पुरानो र रोचक हुन्थ्यो । उसको कुरा जहिले पनि “म बीर शम्शेरको दरबारमा छँदा” भन्ने वाक्यबाट सुरु हुन्थ्यो । नेपालमा घण्टाघर बनाउँदा नमुनाको रुपमा ऊ नेपाल आएको हो भन्ने उसको दाबी थियो । तर अरु घडीहरुले उसको कुरा पत्याउँदैन थे । तैपनि उसले यो कुरा भन्न कहिल्यै छाडदैनथ्यो । राणा दरबारभित्र हुने रोचक तथा सनसनीपर्ूण्ा घटनाहरु सुनाउन पाउँदा उसलाई आनन्द लाग्थ्यो । त्यस्तै अरु घडीहरुले पनि उहिलेका कुरा सुनाउँथे । तर बेटूीले चल्ने आधुनिक घडीहरुसँग त्यति धेरै अनुभव थिएन । उनीहरुसँग रमाइला कुरा पनि थिएन । यसैले तिनीहरु उहिलेका कुरा खुइलिए भनेर बूढाहरुको कुरालाई उडाउँथे ।

मिटिङको अर्को विषय हुन्थ्यो अनुशासन । ठिटा घडीहरुले अनुशासनको पालन उतिसाह्रै गर्दैनथे । बूढा घडीहरुको भनाइ के थियो भने घडीको मुख्य र एकमात्र काम नै मानिसलाई समयको जानकारी गराउनु हो । यदि त्यो कर्तव्य पूरा गर्न सकिएन भने घडी भएर बाँच्नुको कुनै अर्थ हुँदैन । तर तन्नेरी घडीहरु भने समय दिनेमात्रै हाम्रो काम होइन, मिठो संगीत सुनाउनु र राम्रो भएर कोठा सजाउनु पनि घडीको काम हो भन्थे । घडीहरुको मिटिङमा यो विषयमा निक्कै चर्काचर्की छलफल हुन्थ्यो । यदि मिठो संगीत सुनाउने र कोठा सजाउने काममात्रै गरेर ठिक समय दिनसकेन भने घरपटीले त्यस्तो घडीलाई घुर्यानमा मिल्काउनसक्छ भनेर बूढा घडीहरुले ठिटा घडीहरुलाई कहिले सम्झाउँथे, त कहिले तर्सर्ााथे ।

मिटिङमा कसैले वास्ता नगर्ने रोबोटको गुनासो बेग्लै थियो । समय पालनमा उसलाई कसैले पनि उछिन्नसक्तैनथ्यो । उसलाई पनि घडी मानेर अरुसमान व्यवहार गरिनर्ुपर्छ भन्ने उसको दाबी थियो । उसको के पनि भनाइ थियो भने यदि कुनै पनि घडी बिग्य्रो भने उसले मरमत गर्नसक्छ । तर बूढो पेण्डुलम घडी विग्य्रो भने बनाउन सकिन्छ भन्ने कुरामा रोबोट आफैलाई विश्वास थिएन ।

रातभरि करायो दक्षिणा हरायो भनेझैँ ठिटा घडीहरुले मिटिङका कुरालाई पालन गर्ने त के कुरा गंभीरतापर्ूवक पनि लिएनन् । पुरानो घडीहरुलाई नयाँ घडीहरुले टर्ेर्दैटेरेनन् । उनीहरु मौकाबेमौका बज्न र कराउन छाडेनन् ।

यसरी घडीहरुले फरकफरक र गलत समय बताउन थालेपछि घरको काम गडबड हुनथाल्यो । खास गरी भान्छेले बेलामा भान्छा तयार पार्न सकेन । बेलामा खाना नपाके पछि विद्यार्थीहरु ठिक समयमा स्कुल जान पाएनन् । छोरा बुहारीहरु बेलामा अफिस र अरु काममा जान पाएनन् । शान्त स्वभावका घरबेटी र उनकी पत्नीको आराम गर्ने, औषधी र खाना खाने अनि लेखपढ गर्नेे समय पनि गडबड भयो । बेलामा खाना, औषधी र आराम नपाएपछि उनीहरु बिरामी पर्न थाले ।

अटेरी घडीहरुले यसरी हैरान पारेपछि एक दिन घरबेटीले पुरानो पेण्डुलम घडीलाई बाकी राखेर अरु सबै घडी झिकेर बुइँगलमा थन्क्याइदियो ।

राती बाह्र बज्यो । बूढो पेण्डुलम घडीले बाह्र पल्ट खोक्यो र अरु घडीलाई मिटिङमा भाग लिन बोलायो । तर त्यो दिन कुनै पनि घडीले मिटिङमा भाग लिएनन् । एक्लो रोबोटमात्रै बूढो घडीको नजिक उभियो । बूढो घडीले सोध्यो, “अरु घडी कहाँ गए -“

“आज त घरबेटी रिसाएर सबैलाई बुइँगलमा राखिदिए । सबैको बेटूी र चाँपी पनि झिकिदिएका छन् । कोही पनि चुँ बोल्न नसक्ने भएका छन् ।” रोबोटले बडो दुःख मनाउ गर्दै भन्यो ।

“मैले त भनेकै हुँ । यसरी अटेरी नहोऊ भनेर कति सम्झाएँ । मानेनन् । आखिर यो दिन पनि देख्नुपर्‍यो म बूढोले । यसरी म एक्लै बाँच्नसक्तिन होला । तिमी त रोबोट हौ केही उपाय गर्नसक्छौ कि -“

बूढो घडीको टिठलाग्दो कुरा सुनेर रोबोटको मन पनि पग्ल्यो । तै पनि उसले भन्यो, “खै ती बैगुनीहरुको पनि के भलो गर्ने – मलाई कहिल्यै घडी नै ठान्दैनन् तिनीहरु ।”

रोबोटसँग निहोरा गर्दै बूढो घडीले भन्यो, “त्यसो नभन रोबोट । बैगुनलाई गुनले मार्नुपर्छ । बरु अब उप्रान्त अनुशासनमा बस्छु भनेर कबुल्याएर उनीहरुलाई जीवन दान देऊ ।”

रोबोट बुइँगलमा गयो । उसले त्यहाँ थुप्रिएका घडीहरुलाई हेर्‍यो । ती घडीहरु मरेका गंगटाका खपटाझैँ भुइँमा फैलिएका थिए । रोबोटले सबैले सुन्ने गरी भन्यो, “तिमीहरु नभएर पेण्डुलम घडी साह्रै पिरोलिएका छन् । उनले तिमीहरुको हालचाल बुझ्न र सकिन्छ भने सबैलाई व्युँताउन उनले मलाई पठाएका हुन् । हुन त तिमीहरुले मलाई घडी नै ठान्दैनौ । तर पेण्डुलम घडीको कुरा काट्न नसकेर म यहाँ आएको हुँ । यदि तिमीहरुले मलाई पनि घडी नै ठान्छौ र समयको अनुशासन पालन गर्ने बाचा गर्र्छौ भने म तिमीहरु सबैलाई ब्युँताउनसक्छु ।”

रोबोटको कुरा सुनेर हलचल गर्न नसकेर पल्टेका घडीहरुको अनुहार चहकिलो भयो । तिनीहरुले रोबोटसँग माफी मागे र अब उप्रान्त उसलाई पनि आफूसरह ठान्ने अनि पेण्डुलम घडीको आदेश पालन गर्ने बाचा गरे ।

राबोटले पनि निस्त्रिmय भएका घडीहरुमध्ये कुनैमा बेट्ी राखेर अनि कुनैमा दम दिएर सबैलाई सक्रिय बनाइदियो । उसले ती घडीहरुलाई तिनको पुरानै ठाउँमा सजाएर राखिदियो ।

भोलि बिहान ६ बज्दा सबै घडीले एकै समयमा एकै सुरमा मिठो संगीत बजाएको सुनेर घरपटी छक्क र दंग भयो । उसले रेडियो खोलेर ६ बजेको समाचार सुन्यो । सात बजे बुहारी भान्छामा पसिन् । केटाकेटीहरु स्कुल जान तयार भएर भान्सामा खाजा खान पस्दा सबै घडीले एकै सुर र संगीतमा नौ बजाएर केटाकेटीको स्वागत गरे । सबै घडीले एकै सुरमा मिठो धुन बजाउँदा बूढो पेण्डुलम घडीको नमिठो ध्यारध्यार पनि बिलायो ।

(स्रोत : Binaya Kasajoo’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.