मन खुशी छैन मेरो उच्छ्ववासले छाति खुम्चायो
निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो
तन रुझाउने झरी पर्यो मन रुझाउन आँशु
डुबी सक्यो संसार मेरो कुन खुशीमा हाँसु
आँशु थामी क्षितिज हेरे तिम्रै याद आयो
निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो
म रु‘या होइन भन्छु मनलाई ढाँट्न नमिल्ने
मनभरि पीडा राखि यो ओठमा हाँसो नमिल्ने
मैले धेरै माया गरे बद्ला घात दियो
निठुरताको बियोगमा कोमल मन साह्रो रुवायो
July 13, 2011
(स्रोत : रचनाकारको ब्लगबाट सभार )