ती आँखाहरूमा
प्रेम छल्किरहेछन्
प्रेम त मुटुमा हुन्छ-कोहि बोल्यो
आँखामा त आकर्षण!
सायद प्रेम नै पो हो कि गाजलले छोपेको?
‘कता हो! म चोकमा’
आफ्नै आँगनजस्तो प्यारो
यो चोक
उनी हुँदा
सबै आफ्नैजस्ता
पसल, गाडिहरु, ठेलागाडा, पानीपुरी
अहँ म पानीपुरी खान्न
तिमीले खाउ धेरै
‘किन म धेरै स्वीट हुनथालेँ?’
हैन वेट घट्छ!
सायद एक्लै हाँसेछु।
खोई के भन्ने अरु
मलाई गफ गर्नै आउँदैन
‘उस् गफाडि!’
ठिकै त हो
च्याटमा, मेसेजमा
औँलाहरु बोलेरै थाक्दैनन्।
बतास आउँछ
एक झप्को
बतास बनि त्यो कपाल
चलाइरहन मन लाग्छ
हात त्यसै हल्लिएछ
‘के भो?’
केहि हैन।
‘….हेण्डसम,सलमानजस्तै’
व्यंग्यझैँ लाग्ने,
हाँस्नै सरम लाग्ने
‘हैन सत्य हो!’
‘कसम त्यस्तै लाग्छ’
ऐना हेर्छू
ठ्याक्कै तिमीजस्तै
फुर्काइदिन्छ!
आफैंको विश्वास लाग्दैन आजकल
सायद प्रेम आँखामै छ
ऐनामा पनि!
सपनामा बोलाउँछु
सुतिरहन्छु, निदाइरहन्छु
अहँ जानै दिन्नँ
सताइदिन्छु
‘प्लीज! कलेज जानुछ’
ओहो!घाम लागिसकेछ
हतार गर्छु
ढिलो नै हुन्छ
रातभरि फेसबूक
अनि बिहान दौडधूप
-आमा कराउनुहुन्छ।
फेरी उहि हिजोजस्तै
आजको बोरिङ दिन।
उफ्!!
तुप्चे,नुवाकोट
(स्रोत : Suresh Badal’s Facebook )