बेपत्ताः दरबारका कलाकृति
नारायणहिटी दरबार संग्रहालय चहारेर बाहिर निस् िकसकेपछि चित्रकार विजय थापाको मनमा प्रश्न उब्जियो, खोइ कता गए दरबारका कलाकौशल ? कलाका सोखिन पूर्ववर्ती राजाहरू र तिनका सदस् यहरूले कला प्रदर्शनीताका खरदि गरेर यही दरबारमा झुन्ड्याएका बहुमूल्य अनगिन्ती चित्रहरूको फेहरस्ि त आयो, उनको स् मृतिमा । विभिन्न बहानामा कलाकारले उपहारस् वरूप दिएका चित्र पनि कति थिए कति ? दरबारमा गएरै चित्र कोर्नेहरू पनि थिए । अनि, विदेशबाट फर्किंदा उपहारका रूपमा वा खरदि गरेर ल्याएका प्रसिद्ध चित्रकारका कला पनि उनले देखेनन् । आखिर कहाँ होलान् ती चित्र ?
विजय थापाका तमाम प्रश्नहरू नारायणहिटी दरबार परसिरमा अनुत्तरति रहे । संग्रहालयमा परण्िात नारायणहिटी दरबारका १९ कक्ष -खोपी)मा झुन्ड्याएका एक दर्जनजति नेपाली कलाकारका चित्रकलामा नै थापाले मन बुझाउनुपर्यो । जहाँ उनी आफूले सिर्जित कला एउटा पनि पाएनन् । नारायणहिटीमा आफ्नो मात्र चित्र ४६ वटाभन्दा बढी हुनुपर्ने उनी अड्कल गर्छन् । पूर्वराजा महेन्द्रको पालामा कम्तीमा उनका ३६ वटा चित्र दरबार पसेका थिए । राजा महेन्द्रको कृतिउसैका लागिका निम्ति उनले यी चित्र बनाएका थिए । अर्का राजा वीरेन्द्रका पालामा छवटा र राजा ज्ञानेन्द्रका पालामा चारवटा चित्र दरबार पुगेको पनि उनले हिसाब टिपेका छन् । राजा वीरेन्द्रका कला गुरुसमेत रहेका उनी आफ्ना कला हाल बन्द रहेका खोपीहरूमा हुनसक्ने झीनो आशा गर्छन् । उनका अनुसार बर्दिया, चितवन र लुम्बिनी नामका खोपीहरूमा प्रशस् त चित्रकला छन् । ती खोपीहरू अझै आममानिसका लागि खुला गरएिका छैनन् । पूर्वराजा ज्ञानेन्द्रको पालामा ती खोपीहरूमा आफ्नै सल्लाहमा चित्र झुन्ड्याउन लगाएको उनी बताउँछन् । तर, नारायणहिटी संग्रहालयका एक कर्मचारीको भनाइ पत्याउने हो भने थापाको आशाको अर्थ छैन । ती कर्मचारीका अनुसार बर्दिया र लुम्बिनी खोपीमा थापाका एउटा पनि चित्र छैनन् । चित्र हुनुपर्ने भनिएका ठाउँमा फोटोहरू झुन्ड्याएका छन् । चितवन खोपीमा भने थापाको एउटा चित्र झुन्डिएको छ, हात्तीको चित्र अंकित । थापा प्रश्न गर्छन्, “तत्कालीन राजा ज्ञानेन्द्रले खरदि गरेका चारवटा चित्र उनैले लगे पनि अरू ४१ वटा चित्रचाहिँ कता बेपत्ता भए ?”
विजय थापा मात्र होइन, नाम चलेका प्रायः सबै सर्जकहरूका कला नारायणहिटी संग्रहालयमा छैनन् । स् थापित धेरै चित्रकारहरू राजा महेन्द्र, वीरेन्द्र वा उनका सन्तानहरूले आफ्ना कला खरदि गरेर लगेको बताउँछन् । राजपरविारका सदस् यहरू हरेकजसो स् थापित कलाकारको चित्रकला प्रदर्शनीमा पुग्थे र रोज्जा चित्र खरदि गरेर दरबार पुर्याउँथे । चित्रकला प्रदर्शनी गर्ने धेरै कलाकार उनीहरूको आगमनको प्रतीक्षामा हुन्थे । अमर चित्रकार, लैनसिंह वाङ्देल, कर्णनरसिंह राणा, स् िकप ग्रुप -इन्द्र प्रधान, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर र शशि शाहको समूह) आदिको त उनीहरूले धेरै चित्र संग्रह गरेको खुल्न आएको छ । अहिलेका विश्वप्रसिद्ध नेपाली चित्रकार लक्ष्मण श्रेष्ठ र विश्वप्रसिद्ध भारतीय चित्रकार एमएफ हुसैनको चित्रकला पनि दरबारमा रहेको धेरैको अनुमान छ ।
चित्र र मोल
नारायणहिटी दरबारमा कलाकौशल कति थिए होलान् ? यसको अनुमान गर्न अत्यन्तै गाह्रो छ । किनभने, हरेकजसो कलाकार आफूहरूको कला राजा, रानी वा उनका परविारले मन पराएर खरदि गरेको सुनाउँछन् । केहीचाहिँ राजाको जन्मोत्सवमा उपहार दिएको बताउँछन् । उनीहरूका भनाइमा त्यहाँ मास् टर तेजबहादुर चित्रकार, चन्द्रमान मास् के, रामानन्द जोशी, लैनसिंह वाङ्देलदेखि लक्ष्मण श्रेष्ठसम्मका चित्रकला थिए । राजा महेन्द्रको पालामा सात वर्ष दरबारको इन्जिनियरका रूपमा कार्यरत शंकरनाथ रमिाल अधिकांश कलाकारले दरबारमा आफू सिर्जित कला दिएर साइनो गाँसेको बताउँछन् । दरबारका भित्ताहरू कलाकारका सिर्जनाले भरभिराउ देखेको अनुभव उनको छ । उनका अनुसार, अहिलेका विश्वप्रसिद्ध चित्रकार लक्ष्मण श्रेष्ठका कला पनि दरबारमा थिए । उनीसँग तत्कालीन राजपरविारको गहिरो सम्बन्ध थियो । भन्छन्, “लक्ष्मण राजासँग लन्च गर्थे, मुम्बई बस् ने उनले गरेको फोन सीधै राजाले उठाउँथे ।” लक्ष्मणलाई राजा महेन्द्रले नेपाल ल्याउन धेरै प्रयत्न गरेको शंकरलाई अझै स् मरण छ । भन्छन्, “उनका कला अवश्यै थिए दरबारमा ।”
विश्व बजारमा अहिले लक्ष्मणको चित्रको मोल दुईदेखि पाँच करोड रुपियाँसम्म छ । तर, शंकरको भनाइमा दरबारमा सबैभन्दा बढी चित्रचाहिँ अमर चित्रकार र लैनसिंह वाङ्देलका थिए । चित्रकला बजारमा चित्रकार र वाङ्देलका चित्रको माग धेरै रहेको कला संग्रहकर्ताहरू बताउँछन् । उनीहरू प्रसिद्ध कलाकार रहेका र जीवित पनि नरहेकाले बजारले उनीहरूलाई खोजेको हुनसक्ने कलाकार शान्तकुमार राईको अड्कल छ । सानै क्यानभासमा रहेको भए पनि वाङ्देलको चित्रको मोल एक लाख रुपियाँभन्दा कम थिएन । कला संग्रहकर्ता तथा सिद्धार्थ आर्ट ग्यालरीकी प्रमुख संगीता थापाको बुझाइमा वाङ्देलको चित्र अमूल्य भइसकेको छ । जसले जतिमा खरदि गर्न सक्यो, त्यसको दाम त्यति नै हुने उनको मूल्यांकन छ । तर, तिनै वाङ्देलका कला तत्कालीन दरबारमा एक सयभन्दा बढीको संख्यामा रहेको उनका निकटस् थहरू बताउँछन् । वाङ्देलका शिष्य चित्रकार हरबिहादुर खड्का एक्लैले ०२२ देखि ०४६ सालसम्म आफ्ना गुरुका ४८ वटा कलाकृति दरबारमा पुर्याएको दाबी गर्छन् । राजा-रानीको हरेक जन्मोत्सवमा वाङ्देल सधैँ चित्र उपहार दिन्थे । ०२२ भन्दा अघि र ०४६ पछि पनि उनका कला त्यत्तिकै संख्यामा दरबार पसेको हरबिहादुर लख काट्छन् ।
वाङ्देलको चित्र बोकेर दरबार जाँदा हरबिहादुरले अरू धेरै नामी कलाकारका चित्र पनि दर्ता हुन आएको पाउँथे । कलाकार मनुजबाबु मिश्र भने दरबारमा आफ्ना धेरैवटा चित्रकला रहेको हाकाहाकी सुनाउँछन् । कति गएका छन् त दरबारमा उनका कला ? भन्छन्, “तीस जोर -६० वटा) चित्र मैले पनि दरबार पठाएको छु ।” उनको भनाइ पत्याउने हो भने घरमा चुलो बल्न समस् या हुनेबित्तिकै उनी चित्र बोकेर दरबार पुग्थे, पारश्रिमिक थाप्न । मनुजबाबुका चित्रकला पनि कला बजारमा महँगा मानिन्छन् ।
स् िकप ग्रुप चित्रकला क्षेत्रमा चर्चित र स् थापित कला समूह हो । बजारको हिसाबमा पनि यो समूहको कला महँगो छ । कलाकार इन्द्र प्रधान बितेपछि यस समूहमा वत्सगोपाल वैद्य, कृष्ण मानन्धर र शशि शाह छन् । यो समूह कति महँगो रूपमा स् थापित थियो भन्ने कुराका लागि कृष्ण मानन्धरको एउटा उदाहरण काफी छ । उनका अनुसार ०२८ सालको एउटा प्रदर्शनीमा दरबारका केही सदस् य आएर २५ हजार रुपियाँ गोटाका चार चित्र खरदि गरेर लगे । भन्छन्, “त्यतिबेला नयाँबानेश्वरमा प्रतिरोपनी १० हजार रुपियाँमा जमिन पाइन्थ्यो ।” महँगो समूहका रूपमा समेत नाम कमाएको स् िकपका कला दरबारमा कति पसे होलान् ? उनीहरूका हिसाबमा कम्तीमा २८ वटा चित्र दरबार पुगेका छन् । तत्कालीन राजा-रानीहरूले प्रदर्शनीबाटै चित्र खरदि गरेर लगेको पनि उनीहरूलाई सम्झना छ ।
तपाईंका कलाचाहिँ कति पुगे दरबार ? केही समय गमेपछि चल्तीका कलाकार किरण मानन्धर भन्छन्, “कम्तीमा आठवटा ।” यसमध्ये बनारस पढ्दा तीनवटा र ०४६ को प्रदर्शनीबाट फेर ितीनवटा लगेको चाहिँ उनी कहिल्यै बिर्संदैनन् ।
कलाकार शशिकला तिवारीका तीनवटा चित्र दरबार पुगेका थिए । यसबाहेक एउटा चित्र तत्कालीन अधिराजकुमारी श्रुतिको विवाहमा उपहारस् वरूप दिएको उनीसँग सम्झना ताजै छ । शशिकला थोरै महँगा कलाकारमध्ये पनि अगाडि छिन् । उनको एउटा कला तीन लाख रुपियाँसम्ममा बिक्री गरेको सिद्धार्थ आर्ट ग्यालरीकी संगीता थापा बताउँछिन् । विदेशी कलाप्रेमीले पनि उनको कलामा धेरै रुचि राख्ने गरेका छन् । जस् तो- केही वर्षअघि साढे सात लाख रुपियाँमा जापानको एक संग्रहालयले उनको कला खरदि गरेको छ ।
कलाकार रागिनी उपाध्याय ग्रेलाका चार चित्र पुगेका छन्, दरबारमा । उनका अनुसार, दुईवटा तत्कालीन रानी ऐश्वर्यले खरदि गरेको र दुईवटा उपहारस् वरूप दिएकी थिइन् । तत्कालीन अधिराजकुमारी श्रुतिका कलागुरुसमेत रहेका गोविन्द डंगोलका कला पनि दरबारमा नहुने कुरै भएन । उनका दुईवटा चित्र थिए दरबारमा तर ती चित्र उनले उपहारस् वरुप दिएको हो कि बिक्री गरेको चाहिँ बताएनन् । कलाकार उत्तम नेपालीका १५ वटा चित्र थिए, दरबारमा । राजा महेन्द्रदेखि आफ्ना चित्र दरबारले खरदि गर्न थालेको उनी बताउँछन् । कलाकार आईभी मल्लले तत्कालीन राजा ज्ञानेन्द्र, रानी कोमल र तत्कालीन युवराज्ञी इन्द्रको पूर्ण कदको चित्र बनाएका छन् दरबारमै । उनले बनाएका यी चित्र अझै पनि संग्रहालयले सजाएरै राखेको छ । तर, उनले कुनैबेला दरबार ओहोर-दोहोर गर्दा देखेका धेरै चित्र चाहिँ अहिले देख्न पाइँदैन । जस् तो- रामानन्द जोशी, वाङ्देल र विदेशी कलाकारका चित्रकलाहरू । उनले दरबारमा कुन-कुन विदेशी कलाकारहरूको कला देखेका थिए, त्योचाहिँ बिर्सिएको बताएर टारे । तर, अहिले एक जना पनि चर्चित विदेशी कलाकारको कला नारायणहिटीमा देख्न पाइँदैन ।
परम्परागत कलाकृति पनि उत्तिकै
परम्परागत कलातर्फ पनि नारायणहिटी निकै धनी थियो । कलाकारसमेत रहेका दरबारका तत्कालीन इन्जिनियर शंकरनाथ रमिालले पनि धेरै परम्परागत कला अर्थात् पौवा चित्र देखेका थिए । कसका कला थिए भन्ने यकिन नभए पनि कलाकारहरूका अनुसार सिद्धिमुनि शाक्यदेखि प्रेममान चित्रकारसम्मका कला थिए नारायणहिटीमा ।
मूर्तिकला पनि ठूलै संख्यामा दरबार पसेका छन् । यसको पछिल्लो उदाहरणका रूपमा छन् पाटनका युवा मूर्तिकार धर्मराज शाक्य । शाक्यको प्रदर्शनी चलिरहँदा ०५७ फागुन २८ गते तत्कालीन युवराज दीपेन्द्रले १२ वटा मूर्ति खरदि गरेर लगेका थिए । भन्छन्, “बुद्ध, जोगिनी, तारा, सिंह आदिका मूर्ति दीपेन्द्रले लगेका थिए ।” दरबारमा खासगरी साना मूर्ति लगिने गरेको पनि उनी बताउँछन् ।
मूर्तिकलाको कुरा गर्दा दरबारमा प्रायः व्यावसायिक कलाकारबाट खरदि गरेको उदाहरण छ । पाटनका धेरै मूर्तिकारहरूबाट विभिन्न देशका अतिथिहरूलाई उपहार दिनका लागि मूर्ति खरदि गरनिे कलाकारहरूको अड्कल छ । “त्यसैले ती मूर्तिहरू सानो आकारका हुन्थे,” धर्मराज बताउँछन् । कलाकार ठाकुर मैनाली भन्छन्, “मूर्तिकलालाई दरबारमा लानेभन्दा निश्चित ठाउँमा राख्ने व्यवस् था मिलाउनू भनिएको हुन्थ्यो ।” तर, दरबारमा सानो आकारमा भए पनि निकैवटा सुनका मूर्तिहरू कलाकार र गैरकलाकारले उपहार दिएको दरबारका एक पूर्वकर्मचारी बताउँछन् । पाटनका केही मूर्तिकारले सुनको लेपनयुक्त मूर्तिकला दिएको पनि उनले देखेको दाबी गरे । तर, त्यस् ता मूर्ति कति थिए र कुन आकारका थिए भन्नेबारेमा चाहिँ उनले केही उल्लेख गर्न सकेनन् ।
कहाँ गए कलाकौशल ?
इन्जिनियर शंकरनाथ रमिालका अनुसार, विभिन्न दरबारका लागि भनेर कला खरदि गर्ने गरन्िथ्यो । कला खरदिका लागि भिन्न बजेट छुट् याउने चलन नभए पनि आफ्नो रुचि अनुसारको कला खरदि गर्थे दरबारका सदस् यहरूले । अर्थात्, कुन दरबारलाई कस् तो कला सुहाउँछ भन्ने विचार गरेर खरदि गरन्िथ्यो । सामान्य कलाकारले दिएका कलाचाहिँ प्रायः विदेशी पाहुनालाई उपहारका रूपमा दिइने गरेको शंकरको अनुभव छ ।
“पहिलाको परराष्ट्र मन्त्रालय -शीतल निवास)बाट धेरै कला हराएका छन्,” कला संग्रहकर्ता तथा सिद्धार्थ आर्ट ग्यालरी प्रमुख संगीता थापाका अनुसार शीतल निवासमा दरबारबाटै कला पठाइएका थिए । उनले त्यहाँ धेरै युरोपियन कलाकारका कृति देखेकी थिइन् ।
राजा महेन्द्रका दुई भाइहरू वसुन्धरा र हिमालयकोे मृत्युपछि तिनको सम्पत्ति वीरेन्द्र र ज्ञानेन्द्रले बाँडफाँट गरेको देखिन्छ । तर, त्यसबेला उनीहरूले खरदि गरेको कलाको चाहिँ कुनै हिसाब बाहिर आइपुगेन । जस् तो- वसुन्धराको दरबारमा विश्वप्रसिद्ध भारतीय कलाकार एमएफ हुसैनको चित्र थियो । नाम नबताउने सर्तमा दरबारका एक कर्मचारी भन्छन्, “त्यो चित्र अहिले एक स् वतन्त्र महिला पत्रकारको घरमा छ ।” ती महिलाकहाँ हुसैनको चित्र आफूले पनि देखेको शंकर पनि दाबी गर्छन् ।
कलाकार वा कलाप्रेमी
राजा वीरेन्द्रको परविारमा कान्छा छोरा नीराजनबाहेक सबै सदस् य कलाकार थिए । वीरेन्द्र र उनकी छोरी श्रुतिका चित्र त पहिल्यै सार्वजनिक भएका हुन् । श्रुतिले प्रदर्शनी नै गरेर आफूलाई कलाकारका रूपमा उभ्याइन् । उनका कलागुरु गोविन्द डंगोल भन्छन्, “श्रुतिको प्रदर्शनीमा २८ चित्र थिए ।” विडम्बना त के छ भने श्रुतिका अधिकांश चित्रकला हालसम्म लापत्तै छन् ।
श्रुतिको घरमा गोविन्दले प्रदर्शनीमा राखेमध्येको एउटा चित्र देखेका थिए, दरबार हत्याकाण्ड भएको केही दिनअघि मात्र । अरू २७ चित्रचाहिँ कहाँ होलान् भन्ने जिज्ञासा राखेको गोविन्द सम्झन्छन् । भन्छन्, “दरबारबाट ल्याउनै बाँकी रहेको जवाफ आएको थियो ।” तर, संग्रहालय स्रोतका अनुसार, श्रुतिका पाँचवटा चित्र चाँडै सार्वजनिक हुँदैछन् । संग्रहालयमा खुल्न बाँकीमध्येको श्रीसदनको भर्याङमा ती चित्र राखिनेछ । यति हँुदासमेत उनका २२ चित्रको अवस् था खुल्न बाँकी नै छ ।
तत्कालीन युवराज दीपेन्द्र पनि चित्र कोर्थे । स् कुले जीवनमा उनले चित्र कोर्ने मात्र होइन, सामूहिक प्रदर्शनीमा उनका कला राखिएको सम्झन्छन् मूर्तिकलाका विद्यावारििध तथा कला समीक्षक लय मैनाली । तर, उनका पनि ती चित्रकलाहरू कहाँ छन् ? कसैलाई थाहा छैन । नारायणहिटी संग्रहालयमा परण्िात भएपछि तत्कालीन रानी ऐश्वर्यको पनि चित्र सार्वजनिक भइरहेको छ । राजा-रानीको सयन कक्ष भनिने धनकुटा खोपीमा राखिएको त्यस चित्रमा प्रार्थना गररिहेकी एउटी महिला देख्न सकिन्छ ।
परमात्मासँग आत्माको सम्बन्ध रहेजस्तै
मेरो मन तिम्रो अर्चनामा डुबिरहोस् ।
ऐश्वर्यको क्यानभासमा उनका यी दुई हरफ कविता पनि उल्लेख छ । तत्कालीन राजपरविारका सदस् यहरूले कोरेमध्येको यही चित्र मात्र हाल सर्वसुलभ ठाउँमा छ ।
आजसम्म सबैभन्दा बढी चित्रकला प्रदर्शनीको उद्घाटन गर्नेमा तत्कालीन रानी ऐश्वर्य पर्छिन् । नाम चलेका धेरैजसो कलाकारको प्रदर्शनी उनले उद्घाटन गरेकी छन् । रमाइलो त के हुन्थ्यो भने ऐश्वर्यले उद्घाटन गरसिक्दा नसक्दै वीरेन्द्र पनि प्रदर्शनी हेर्न पुग्थे । धेरै कलाकारको यस् तै अनुभव छ । त्यसैगरी राजा महेन्द्र पनि कलाका सोखिन रहेको कलाकारहरू बताउँछन् । तत्कालीन नारायणहिटी दरबारको डिजाइन गर्दाको स् मरण सम्भिmन्छन् इन्जिनियर शंकरनाथ रमिाल । भन्छन्, “सिनेमा हल र चित्रकला प्रदर्शनी गर्ने हल बनाउन राजाले भनेका थिए ।” त्यसैगरी शिखर शैलीलाई जसरी प्यागोडा शैलीमा ढालिएको छ, यो पनि नारायणहिटी दरबारको उल्लेख्य पक्ष ठान्छन् उनी । महेन्द्रको पालामा कलाकार डीभी चित्रकार, बालकृष्ण सम, अमर चित्रकार, लैनसिंह वाङ्देल आदि उनका मित्रजस् ता लाग्थे, शंकरलाई ।
आफँै चित्र कोर्ने काम नगरे पनि महेन्द्र कला प्रदर्शनी उद्घाटनमा बरोबर गइरहन्थे भन्छन् कलाकार उत्तम नेपाली । महेन्द्र र रत्नले समेत आफ्नो कला प्रदर्शनी उद्घाटन गरेको उनी बताउँछन् । सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक तथा कला संग्रहकर्ता संगीता थापा भन्छिन्, “महेन्द्र चित्रकला कलेक्सनमा रुचि राख्थे ।” महेन्द्रकै जस् तो बानी तत्कालीन रानी ऐश्वर्यको पनि रहेको उनको अनुभव छ ।
तर, दरबारका यी सदस् यहरूभन्दा फरक थिए राजा वीरेन्द्र । नेपाल ललितकला संस् था -नाफा) नक्सालको १२ वर्ष -०२२ देखि ०३४ सम्म) अध्यक्ष भएर बस् दा उनी नियमित रूपमा नाफा गइरहन्थे । ठाकुर मैनाली सम्झन्छन्, “टुलमा चढेर चित्र टाँग्नेदेखि समीक्षासम्म गरेर सुनाउँथे ।”
कलाप्रेमी वा कलाकारहरू सदस् य रहेको राजसंस् था अब इतिहास भइसकेको छ । तर, त्यो इतिहासको प्रतीक बनेर उभिएको नारायणहिटी दरबार संग्रहालयले दरबार परसिरको ७ सय ५० रोपनीमध्ये एक सय १८ रोपनी मात्र उपयोग गर्न पाएको छ । त्यसैगरी ५२ मध्ये १९ वटा कक्ष मात्र हालसम्म खुला छन् ।
आमकलाकारहरू सम्पूर्ण कक्षहरू चाँडै खुला गरेर कलाहरू प्रदर्शनीमा राख्नुपर्ने बताउँछन् । नारायणहिटीमा रहेका कला ढिलो-चाँडो प्रदर्शनीमा राख्दै जाने संग्रहालयका कर्मचारीहरू पनि बताउँछन् । तर, कलाकारहरू संग्रहालयमा परण्िात हुनु पहिलादेखिकै हिसाबकिताब देखाउनुपर्नेमा जोड दिन्छन् । कलाकार किरण मानन्धर भन्छन्, “कलाकारले थाहा पाउनुपर्छ, आफ्नो कला खरदि गर्नेले कहाँ राख्यो भन्ने कुरा ।”
किरणको यस भनाइमा विजय थापा पनि पूर्ण सहमत छन् । तर, कसले कहाँ पुर्याए होलान् ती बहुमूल्य कलाकृतिहरू ? उनी पटक-पटक घोत्लिएका छन् । आर्थिक मूल्यका हिसाबले मात्र होइन, नेपाली कलाकारका परष्िकृत कृतिका कारण पनि ती ऐतिहासिक थिए । कलाकार थापाको जस् तै जिज्ञासा आमजनतामा हुनु अस् वाभाविक पनि छैन । तर, त्यसको उत्तर कसले दिने ?
खोइ वीरेन्द्रका कला ?
पूर्वराजा वीरेन्द्र चित्रकलाका सोखिन मात्र थिएनन्, उनी आफैँ कलाकार पनि थिए । उनले बनाएमध्ये चार चित्र निकै चर्चामा रहे, कुनैबेला । नेपाली कलाकारले बनाएका चित्र अपवादबाहेक कुनै पनि स् वतन्त्र नामले चिनिन सकेका छैनन् । तर, वीरेन्द्रका चार चित्र नामैले चिनिए ।
वीरेन्द्रले बनाएका मध्ये ‘मोती’ नामक चित्र सर्वाधिक चर्चामा रह्यो । दुई औँलाले समातेको ‘मोती’ मात्र होइन, ‘झर्ना’ नामक चित्रको तारपिm पनि निकै भयो । त्यसैगरी, नारायणहिटीछेउको नारायण मन्दिर उतारएिको चित्र पनि सार्वजनिक भयो । तर, वीरेन्द्र साँच्चैका कलाकार थिए भन्ने कुराको पुष्टिचाहिँ ‘मोती’को रंग संयोजन र भारतका लागि तत्कालीन नेपाली राजदूत यदुनाथ खनालको मुहार चित्र मानियो । कलाकार मनुजबाबु मिश्र कुनैबेला खनालले व्यक्त गरेको अनुभव सम्भि“mदै भन्छन्, “बढीमा १० मिनेट लागेको थियो रे त्यो चित्र बनाइसक्न ।”
कुरो ०२१ सालतिरको हो । तत्कालीन युवराज वीरेन्द्र भारत, ग्वालियरका राजाको विवाहमा भाग लिएर फर्किने क्रममा यो चित्र नैनितालमा कोरएिको थियो । चित्रमा स् पष्ट देख्न सकिने निर्भीक रेखाहरूले वीरेन्द्र पारंगत चित्रकार थिए भन्ने समीक्षा छ मनुजबाबुको । उनीजस् तै विचार राख्छन् आमसमीक्षकहरू पनि । यसैलाई आधार मानेर धेरै लेख लेखेका छन् उनका कलाबारे । माथि उल्लिखित वीरेन्द्रका चार चित्रमध्ये यदुनाथ खनालको व्यक्ति चित्र खनाल निवासमै रहेको पनि मिश्र बताउँछन् । तर, अरू तीन चित्र कहाँ छन् ? कसैलाई थाहा छैन । अरू त अरू नारायणहिटी संग्रहालयका सञ्चालकहरूलाई पनि यसबारेमा कुनै जानकारी छैन । पटक-पटकका बैठकहरूमा यसको खोजी गर्ने कुरा उठे पनि हालसम्म नभेटिएको संग्रहालय स्रोत बताउँछ । न त सार्वजनिक भएका कुनै संग्रहालयमा ती चित्र देखिएका छन् । नक्सालस् िथत ललितकला संस् था नाफामा अवस् िथत उनकै नामको वीरेन्द्र कला संग्रहालयमा समेत ती चित्र छैनन् ।
ती चित्रको खोजी र तिनलाई वीरेन्द्र कला संग्रहालयमा ल्याउन कुनैबेला आफूले गरेको पहल त्यसै खेर गएको सम्भिmन्छन्, कलाकार विजय थापा । प्रज्ञा-प्रतिष्ठानको कलाकौशल विभाग प्रमुख भएताका उनले यस् तो पहल गरेका थिए । उनले दरबारमा निवेदनसमेत हालेका थिए । वीरेन्द्रका चित्रदेखि हरेक सामग्री संकलन गरेर राखिने जानकारी दरबारबाट आएपछि उनले यस् तो प्रयास रोके । भन्छन्, “तत्कालीन राजा ज्ञानेन्द्रले हनुमानढोकामा वीरेन्द्रका हरेक सम्झनाहरू राख्ने बताएका थिए । तर, यस विषयमा कुनै पहल भएको पाइएन ।”
वीरेन्द्रका यी चारबाहेक पनि निकै चित्रकला रहेको बताउँछन् कलाकारहरू । जस् तो बेलायतको इटन कलेजमा पढ्दा उनले एक सामूहिक प्रदर्शनीमा केही चित्र राखेको कुरा समीक्षक लय मैनालीले लेखेको पुस् तक कला र कलाकारमा उल्लेख छ । ती चित्रको हिसाब पनि कतै छैन ।
कलाकारका सम्झनामा
शशिकला तिवारी
प्रदर्शनी उद्घाटनका लागि राजा वीरेन्द्रको समय लिन तत्कालीन सचिव चेतबहादुरलाई अनुरोध गरेँ । पछि उनले बुझेर फोन गरे, राजा वीरेन्द्र नआउने रे, रानी मात्र आउने भनेर । म निराश भएँ । फेर िउनले राजाचाहिँ पछि हेर्न आउने भने । त्यो भनाइ सुन्दा चेतबहादुरले ढाँटे भन्ने लाग्यो । नभन्दै प्रदर्शनी उद्घाटन भएको तीन दिनपछि वीरेन्द्र पनि मेरो प्रदर्शनी हेर्न आए ।
कृष्ण मानन्धर
संस् मरणका धेरै पोका-पन्तराहरू छन् मसँग पनि । त्यसमध्ये एउटा संस् मरण छ स् िकप ग्रुपसँगको । सन् १९८९ मा स् िकप ग्रुपको प्रदर्शनी थियो पोखरामा । ऐश्वर्यले उद्घाटन गरनि् । उद्घाटन गरसिकेपछि इन्द्र र वत्स रानीसँगसँगै अघि बढे, झुन्ड्याएका चित्रकलाको बि्रफिङ् गर्दै । सुरक्षाकर्मीलाई छिचोल्न नसक्दा शशिजी र म पछाडि नै छुट्यौँ । केटाहरूले चिट्ठा पारे भनेर गम्दै गर्दा राजा वीरेन्द्र लुसुक्क पछाडिबाट हाम्रै छेउमा आइपुगेका रहेछन् । राजा आउने कार्यक्रम नै नभएकाले छेउमा देख्दा हामी दुवै आत्तियौँ । त्यसपछि हामीलाई पो चिट्ठा परेजस् तो भो ।
संगीता थापा
राजा वीरेन्द्र पछि आएर चित्रकला प्रदर्शनी उद्घाटनमा जान छोडे । यसैबीच पनि कलाकार किरण मानन्धरको सिर्जना आर्ट ग्यालरीको एउटा प्रदर्शनीमा उनी हिँडेर गएका थिए । उद्घाटनमा जान छोडे पनि उनी प्रदर्शनी अवलोकन गर्नचाहिँ जान्थे ।
किरण मानन्धर
सिर्जना आर्ट ग्यालरीको प्रदर्शनीमा आउँदा उनले मसँग धेरै कुरा गरे । त्यसमध्ये महत्त्वपूर्ण थिए चित्र बनाउनका लागि उनले मागेको नेपाली कागज र एकदिन सँगै प्रदर्शनी गरौँ भनेर राखेको प्रस् ताव ।
रागिनी उपाध्याय
प्रदर्शनी उद्घाटनका लागि समय मिलाइदिन मैले राजाका सचिव सागर तिम्सिनालाई अनुरोध गरेँ । त्यसको केही समयपछि सागरले छ महिनापछि मात्र सम्भव रहेको बताए । उनले यसो मात्र के भनेका थिए, मैले प्वाक्क भनेछु, “छ महिनापछि के हुन्छ के कसलाई थाहा छ र ?” यो कुरो ०५७ साल माघको थियो ।
धर्मराज शाक्य
हत्याकाण्डभन्दा केही दिनअघि मात्र मलाई दरबारबाट भगवान् कृष्णको मूर्ति बनाउन अर्डर आयो । त्यसै मुताबिक मैले डिजाइन प्रस् तुत गरँे । बिनाबैना काम थाल्ने पक्षमा म थिइनँ । तर, पछि ढिलै भए पनि बैना लिन आउनु भन्ने खबर आयो । दुई दिनपछि जाउँला भनेर अन्यत्र काममा लागँे । तर, दुई दिनपछि त हत्याकाण्डको समाचार सुन्नुपर्यो ।
केजी रञ्जित
एउटा चित्रकलासहित बिन्ती चढाएको थिएँ, प्रदर्शनी उद्घाटनका लागि । त्यसै मुताबिक भदौमा उद्घाटनको समय मिलेको पत्र आयो, ०५८ जेठ १४ । त्यसकै तयारीका लागि चित्र बनाउन सक्रिय थिएँ । तर, पाँच दिनपछि नै हत्याकाण्डको दर्दनाक समाचार सुन्नुपर्यो ।
विजय थापा
महेन्द्रले सहयोग नगरेको भए म कलाकार भएर मोफसल छिचोल्न सक्दिनथेँ होला । कुरो ०१५ सालको हो । रूपन्देहीको चुलिया जंगलमा हुलका हूल राजाको दर्शन गर्न गएकाहरूसँगै म पनि गएको थिएँ । दर्शन गर्ने क्रममा मैले राजालाई चित्रकला चढाएँ । चित्र हेरेर राजा धेरै खुसी भएछन् । भोलिपल्टै तत्कालीन सवारीमन्त्री भूपालमानसिंह कार्कीले थाहा दिए, बक्सिसमा मैले नगद भारु एक सय रुपियाँ र काठमाडौँ आएर राजालाई भेट्ने निम्तो पाएँछु ।
त्यसपछि मैले दरबार गएर तत्कालीन राजाका प्रमुख निजी सचिव मधुसूदन राजभण्डारीलाई भेटेँ । र, विदेश गएर चित्रकला पढेर फर्किएँ । त्यसपछि नै हो मैले राजा वीरेन्द्रलाई केही समय चित्रकला पढाउने अवसर पाएको ।
पछिल्लोपटकचाहिँ दरबारसँग मेरो अलिक दुःखद समाचार जोडियो । मेरो चित्रकला प्रदर्शनी उद्घाटन गर्न आएकी थिइन् रानी ऐश्वर्य । क्यानभासमा चित्र बनाएर ऐश्वर्यले प्रदर्शनी उद्घाटन गरनि् । प्रदर्शनी सकिएपछि थाहा भयो, उनले क्यानभासमा हस् ताक्षर गर्न बिर्सिएको । देख्नेहरूले कसले बनाएको हो बुझिएन भने । वास् तवमै कलाकार को हो भन्ने प्रमाण भएन । त्यसपछि मैले त्यो क्यानभास ऐश्वर्यको हस् ताक्षरका लागि दरबारका कर्मचारीहरूसँग कुरा गरेर पठाएँ । तर, क्यानभास फर्किएन । फिर्ता लिनेभन्दा भन्दै दरबार हत्याकाण्ड भयो र उनीहरूको निधनसँगै त्योे पनि गायब भयो । मलाई जान्ने इच्छा छ, त्यो पेन्टिङ्मा ऐश्वर्यको हस् ताक्षर भयो कि भएन होला !
जे छ उन्नाइस खोपीमा
कास्की बैठक
खासगरी राजदूतहरूले ओहोदाका प्रमाणपत्र चढाउने ठाउँका रूपमा प्रयोग भएको ।
हाल त्यहाँ राजा पृथ्वीनारायणदेखि ज्ञानेन्द्र शाहसम्मका पूर्ण कदका चित्र रहेको । वीरेन्द्रसम्मको चित्र अमर चित्रकारले बनाएका । पछिल्ला राजा ज्ञानेन्द्रको चाहिँ आईभी मल्लले बनाएको ।
म्याग्दी
दुईवटा दृश्य चित्र । ज्ञानबहादुर श्रेष्ठले बनाएका । मयुर र डाँफेको पि्रन्ट चित्र ।
पर्वत
विभिन्न व्यक्तिहरूले चढाएका एक सय थान जति हस् तकलाहरू । सगरमाथाको एक थान फोटो । अन्धकार रातमा जंगलमा चितुवाले पानी खाइरहेको अस् पष्ट अर्को पनि एउटा फोटो । भित्तामा टाँसेर राखिएको जरायोको टाउको ।
रुकुम
विदेशी राष्ट्र प्रमुखहरूलाई भेट्ने ठाउँ । कपालबाट बनाइएको वीरेन्द्र र ऐश्वर्यको चित्रकला । एउटा बन्द घडी । एउटा विदेशी चित्रकला र कलाकार हीरालाल डंगोलले बनाएका आठवटा चराका चित्र ।
दैलेख
नारायणहिटीमा गएर सुत्ने विदेशी राष्ट्रप्रमुखहरूको मितिसमेत उल्लिखित फोटोहरू । डीभी चित्रकारको एउटा चित्र ।
बैतडी
राष्ट्रप्रमुखका श्रीमान्/श्रीमती सुत्ने दुई कोठा । दुईवटा विदेशीका चित्रकला ।
अछाम
राष्ट्रप्रमुखका आफन्त सुत्ने कोठा । १९७४ मा वीरेन्द्रले कणर्ालीमा मारेको गोही । साथै, इन्डोनेसियाका कलाकारको कला ।
बाजुरा
अतिथिहरूले खाने ठाउँ । विदेशी कलाकारका छ थान चित्रकला ।
जुम्ला
शशिकला तिवारीले बनाएको फूलको चित्र ।
बन्द हुम्ला बैठकअगाडि कलाकार शशि शाहको एउटा चित्रकला ।
डोल्पा
चामत्कारकि सिसा भएको हल । -भित्र बस् नेले बाहिरको सबै देख्ने तर बाहिरकाले भित्रको केही नदेख्ने ।)
तनहुँ
०४७ सालको संविधान घोषणा भएको ठाउँ । बाघको छाला ओछ्याएको ।
गोरखा
सिंहासन । आठवटा पौवा चित्र ।
मुगु
त्रिभुवनले प्रयोग गर्ने सामग्री । जस् तो- टेबल, कुर्सी, पुस् तक, डायरी, कलम आदि ।
अघि बढ्दै गर्दा गँैडाको खाग । र, १९६४ मा महेन्द्र र वीरेन्द्रले सिकार गरेका बाघ । १९६८ मा निर्मित फर्निचरहरू ।
लमजुङ
एक सयजति पाहुना अट्ने रात्रिभोज गर्ने ठाउँ । यसलाई बेङक्वटहल पनि भनिन्छ ।
गुल्मी कक्ष
चित्रकार तेजबहादुरको हिमालको चित्र ।
धादिङ
भित्ता खोपेर बनाएको कमलको फूलमा देवी । श्रीयन्त्र । इस् वी संवत् १९७२ मा बंगाली चित्रकारले बनाएको कला ।
धनकुटा
राजा-रानीको सयन कक्ष । ऐश्वर्यले बनाएको एउटा चित्रकला । राजपरविारका अन्य सदस् यका फोटोहरू ।
त्रिभुवन कक्ष
त्रिभुवनको पाँच र दस वर्ष हँुदाको फोटो, उनीसँग सम्बन्धित अन्य सामाग्रीहरू । अघि बढ्दै जाँदा एउटा नक्सा । नक्साको नाम ‘द म्याप अफ हेवन’ । इस् वी १९६९ मा रवीन्द्रले नेपाल र नेपाली परचिय खुल्ने गरी बनाएको कलात्मक भित्तेचित्र ।
धनुषा बैठक
पदक वा उपाधि दिन प्रयोग हुने कक्ष । पूर्वरानी वा महारानीहरूका चित्र ।
नारायणहिटी संग्रहालयका पछाडि अन्नपूर्णद्वारमा बुद्धिरत्न बज्राचार्यले बनाएको बुद्धको मूर्ति ।
-५२ मध्ये हालसम्म
source: ekantipur