नेपाल आमा रुवाएर ,पीडामा डुबाएर ,जनतालाई फसाएर!
देशको रक्षा गर्छौ भन्नेहरु हो ,
आफु बहिस्कृत हुन सक्ने अवस्थाको ख्याल गर
जनतालाई रोबट बनाएर बैज्ञानिक हुन खोज्नेहरु ,
जनता तिम्रा गुलाम छैनन् अत्याचार सहन गर्ने !
मानसिकता सँग खेलवाड गर्नेहरु हो ,
आफू पनि तिरस्कृत हुन सक्ने अवस्थाको ख्याल गर !!
सुन संगीतको धून संगै ओछ्यान छोड्नेहरु !
शिशमहलमा बसेर गरिबलाई ढुंगा हान्नेहरु ,!!
जनताको सोझोपनको फाइदा कहाँ सम्म लुट्छौ ,
गरिब बाबु आमाको छोरालाई शहिदको संज्ञा दिएर,!
एसिडमा चोबेर सिद्धान्त डढाउनेहरु हो ….
आफू पनि नांगिन सक्ने अवस्थाको ख्याल गर !!
लिम्बुवान ,खम्बुवान मगरात ,थारुहट नानाथरी ,
सुन एउटै परिवारलाई हजारौ अनुहार दिनेहरु !
शान्तिद्वीप बाल्ने ढोंगमा युद्धको शुरुवात गराउनेहरु ,!
लडाइँ र आतंकले झुपडी थोत्रि सके .,
हिंशाको नङ्ग्राहरु फिजाएर संघियताको कुरा गर्नेहरु हो ..
आफू पनि टुक्रिन सक्ने अवस्थाको ख्याल गर !!
हाम्रो अस्तित्वलाई चुनौती दिन्छन् ,
आफैलाई नचिन्ने नरभक्षी राक्षसहरु !
हाम्रो देश टुक्र्याउने योजनामा छन् ,
कुर्चीप्रेमी विस्तारवादी तत्वहरु !!
जनताको भावनासंग दोहोरी खेल्नेहरु हो …..
आफू पनि दन्त्यकथा हुन सक्ने अवस्थाको ख्याल गर !!
(स्रोत : sathisangamankakura )