तुँवालो हो……।तुँवालो हो …॥
तुँवालो जस्तै
उन्को त्यो मनमा
किन मधुरो छु म
कोशेली जस्तै त हो यो जीवन
यात्रामा बोकेर हिड्दै छु म ।
कागजको टुक्रा सम्झेर मलाई
कंैचिले टुक्राउदै हिड्छन्
समुन्द्रहौ तिमी भन्छन् सबैले
पौडीएर उनिहरुनै अगाडि पुग्छन्
तर म आफै पौडिदै छु आज
किनारामा पुग्न आटेको छु म ।
तुँवालो हो……।तुँवालो हो …॥
तुँवालो जस्तै
उन्को त्यो मनमा
किन मधुरो छु म
कोशेली जस्तै त हो यो जीवन
यात्रामा बोकेर हिड्दै छु म ।
पहाड संझिन्छन् कसैले
कुल्चिन्दै मलाई उकाली चढ्छन्
देउराली हांै तिमी भन्छन्
पुूलपाती चडाउदै अगाडि पुग्छन्
तर म आफै यात्री भएको छु आज
आफ्नै गन्तब्यमा हिड्दै छु म ।
तुँवालो हो……।तुँवालो हो …॥
तुँवालो जस्तै
उन्को त्यो मनमा
किन मधुरो छु म
कोशेली जस्तै त हो यो जीवन
यात्रामा बोकेर हिड्दै छु म ।
(स्रोत : Kabitaharu )